Thursday 10 September 2015

।। देह शूद्र हाे, मन वैश्य हाे र परमात्मा ब्राह्मण हाे ।। ओशो




देह शुद्र हो । मन वैश्य हो । परमात्मा ब्राह्मण हो । 

यसैले ब्रह्म परमात्मा को नाम हो । ब्रह्मबाट नै ब्राह्मण बनेको हो ।

सत्गुरु ओशोले शुद्र, वैश्य, क्षत्रिय र ब्राह्मणका सम्बन्धमा दिनुभएको यो अत्यन्तै महत्वपूर्ण प्रवचनलाई भावानुवाद गरेर प्रस्तुत गरेको  छु । आजको नेपाली समाज जहाँ जात र धर्मको सहि परिभाषा पनि नबुझी भैरहेको यो द्वन्द्वपूर्ण अवस्थामा यस विषयको सहि अर्थ बुझ्न सारै जरुरी छ । हामी सामान्य जनको बोधको समस्थिती भन्दा माथिको तहको बोधको स्थितिमा रहेको महामानव ओशोका कुरा अत्यन्तै सान्दर्भिक हुनेछ भन्ने विश्वासका साथ ओशोको यस धम्मो सनन्तनो प्रवचन श्रृखला नं १२ बाट प्रस्तुत छ यो प्रवचन अंशको भावानुवाद ।

देह शुद्र हो ।
किन ? किन भने देहमा अरु केहि विशिष्ट कुरा नै छैन । देह को आकांक्षा कति छ रु खानु, पिउनु,  भोग गर्नु, सुत्नु । जीउनु र मर्नु । देहको आकांक्षा कति छ रु शूद्रको एक सिमा हुन्छ । जो देहमा नै बाँचेको हुन्छ, त्यहि नै शुद्र हो । शुद्रको अर्थ हुन्छ देहको साथमा तादाम्य । म देह हूँ रु यस्तो भावदशा शुद्र हो ।

मन वैश्य हो ।
मन खाँदै र पिउदैमा मात्र सन्तुष्त हुँदैन । केहि अन्य पनि चाहिन्छ । मन अर्थात अन्य अन्यको भोक र चाह । शुद्रमा एक प्रकारको सरलता हुन्छ । देहमा ज्यादा सरलता हुन्छ । देह केहि ज्यदा माग गर्दैन । पेट भरि खान पुगोस् । बस्, शरीरको माग सिदा र सादा हुन्छ , थोरै हुन्छ, सिमित हुन्छ । देह केहि यस्तो माग गर्दैन, जो असम्भव छ । देहको असम्भवमा कुनैै चाह नै छैन । देह बिलकुल प्राकृतिक छ ।

 त्यसैले म भन्नेगर्छु कि सबै शुद्र नै जन्मन्छन् , किन भने सबै देहको रुपमा जन्म लिन्छन् । जब अन्य अन्य को वासना उठ्न थाल्छ, तब उ वैश्य बन्दछ । वैश्यको मतलव हो मलाई अझै चाहिन्छ , म यतिबाट सन्तुष्ट छैन  ।

हेनरि फोर्ड आफ्नो वृद्धावस्थासम्म पनि नयाँ नयाँ व्यवसाय खोलि नै रहे । कसैले उनको वृद्धावस्थामा , उनको मृत्युको केहि दिन अघि सोधेका थिए कि हजुर अझैपनि व्यवसाय खोल्दै हुनुहुन्छ रु हजुरका यत्रा धन्धाहरु छन्, के आवश्यकता छ अन्य नयाँ व्यवसाय खोल्नुको ?

फोर्ड त्यस समय बिस्तारामा परिसकेर, मर्ने अवस्थामा पनि नयाँ व्यवसाय खोल्ने कसरत गर्दैैहुनुहुन्थ्यो । अनि फोर्डले भन्नुभएको थियो कि, म जान्दिनँ कसरी रोकिउँ । म रोकिन नै जान्दिनँ । म सायद मृत्यु नहुदासम्म रोकिन सक्दिनँ होला । यो गतिको एक मात्र औषधी मृत्यु नै हो ।

यो अवस्था वैश्यको नै हुन्छ । उ सधैंभरी  अन्य अन्यको मृग तृष्णमा परिरहन्छ । जे जति छ त्योभन्दा अझै धेरै । यति छ त अझ हुनसक्छ । सानो घर भए , अब अझै ठूलो घर , जति धन छ त्यो भन्दा अझै धेरै धन । पद भए त्यो भन्दा ठूलो पद ।

देह शुद्र हो , र सरल छ । शुद्र सदानै सादा हुने गर्छ । मन बहुत चालु, चलाख, होशियार, हिसाबी किताबी हुन्छ । यो सारा दौडधुप मनको हो । मन सजिलै राजी हुँदैन । मन व्यवसायी हुन्छ । फैलिरहन चाहँन्छ । कहीँ रोकिने विश्रामस्थल नै जान्दैैन । त्यो त आफ्नो व्यापार बढाउन मात्रै जान्दछ । र बढाउँदा बढाउँदै मृत्युको मुखमा पुग्दछ ।

आत्मा क्षत्रीय हो ।
किन रु किन भने क्षत्रीयलार्ई शरिरको आवश्यकता पुरा होस् भन्नेचिन्ता नै हुँदैन । आवश्यक परे ऊ शरिरका सबै चाहको तिलांजली दिन पनि तयार हुन्छ । र क्षत्रीयलाई अरु अरु कुनै सामाग्रीको चाह पनि हुँदैन । र यदि कुनै क्षत्रीयमा यस्तो गुण देखएमा उ वैश्य हो , क्षत्रीय होइन ।

क्षत्रीयको अर्थ नैै हुन्छ संकल्पको अविर्भाव । प्रबल संकल्पको अविर्भाव । महासंकल्पको अविर्भाव । र महासंकल्प या प्रबल संकल्पकोलागि एक चुनौति हुन्छ, कि म को हुँ रु र मलाई जान्न सकूँ १ भन्ने चाह ।

शुद्र शरीरलाई जान्न चाहँन्छ । र त्यहिमा नै सिमित भएर जीउँदछ । वैश्य मनको साथमा दौडिइरहन्छ , र मनलाई जान्न यत्न गरिरहन्छ । क्षत्रीय, म को हूँ , भन्ने कुरा जान्न चाहँन्छ । जुन दिन तिमीभित्र यो प्रश्न उठ्न सुरुहुन्छ , जान्नु कि म अब क्षत्रीय हुने मार्गमा छु । अब एक नयाँ यात्रा सुरु भयो , अन्र्तयात्रा सुरु भयो ।

पक्का पनि तिमीलाई थाहा छ कि यो देशमा जति पनि ज्ञानी भए , सबै क्षत्रीय थिए । बुद्ध , माहाविर , राम , कृष्ण । सब क्षत्रीय थिए । किन रु हुनु त सबै ब्राह्मण हुनु पर्ने हो । तर थिए सबै क्षत्रीय । किन भने ब्राह्मण हुने सर्वप्रथम सर्तनै क्षत्रीय हुनु हो । र यो जरुरी पनि छ । जस्ले जन्मनासाथ आफूलाई ब्राह्मण सम्झन्छ, त्यो मान्छे नराम्रोसँग भ्रममा परेको मान्नु पर्छ । उस्लाइ वास्तविकता कहिल्यै थाहा हुँदैन ।

र जस्ले आफूलाई जन्मसिद्ध ब्राह्मण सम्झन्छ र सोच्दछ आफू जन्मले नै ब्राह्मण भएकाले सबैभन्दा माथि छु र मैले केहि गर्नुपर्दैैन । त्यो वास्तवमा महाअभागी हो किन भने उस्ले संकल्पको यात्रा र साधना गर्ने अवसर नै प्राप्त गरेन ।

यस भूमिका महाज्ञानीहरु क्षत्रीय थिए । हिन्दुहरुका अवतार, जैनहरुका तिर्थंकर, बौद्धहरुका बुद्ध सबै क्षत्रीय थिए । यसका पछाडि केहि कारणहरु छन् । मात्र एक पर्शुराम ब्राह्मण थिए, उनी बाहेक सबै अवतार क्षत्रीय छन् । तर उनै पर्शुरामको चरित्र हेर्ने हो भने उनी कुनै दृष्टिले ब्राह्मण देखिंदैनन् । उनी भन्दा ज्यादा क्षत्रीय कहाँ खोज्नु रु उनले यस पृथ्वीबाट धेरै पल्ट क्षत्रीयहरुलाई काटीकाटी समाप्त पारिदिएका थिए । उनले जीवन पर्यन्त फगत क्षत्रीयलाई काट्ने मात्र काम गरे । फर्सा लिएर मान्छे काट्न हिड्ने हुँदा उनको नाम समेत फर्सा वाला राम , पर्सुराम रहन गयो ।

उनी क्षत्रीय नै थिए । उनलाई ब्राह्मणभन्दा बिलकुल गलत हुनेछ । जस्ले यस पृथ्वीबाट धेरै पल्ट क्षत्रीयहरुलाई काटीकाटी समाप्त पारिदिएका थिए उनीभन्दा ज्यादा क्षत्रीयको हुनसक्छ रु

संकल्प अर्थात् क्षत्रीय ।

यस्तो सम्झौं कि शुद्र माने भोग । तृष्ण माने वैश्य । संकल्प माने क्षत्रीय । र जब संकल्प पूरा भयो भने, त्यस क्षण समर्पणको सम्भावना रहन्छ । तब समर्पण माने ब्राह्मण । जब तिमी आफ्ना सारा प्रयास गरिसक्छौ अनि मात्र झुक्न सम्भव छ । त्यो झुकाईमा एक साँचोपन, प्रमाणिकता र समर्पण हुन्छ । जबसम्म तिमीलाई लाग्छ कि मैले गरेर हुन्छ या म अझैैै प्रयास गर्छु, तबसम्म तिमी झुक्न सक्दैनौ । यदि त्यस समयमा झुकियो नै भने पनि त्यो धोका, झुठ र मिथ्या हुन्छ ।

आफ्ना सारा दौड दौडिसके पश्चात् आफ्नो गर्नुपर्ने सबै गरिसके पश्चात् जब हात केहि लाग्दैन र हर प्रयास असफल हुन्छ, केहि गरे पनि किनार भेटिंदैन । तब एक असहाय अवस्थामा मान्छे मुर्छा पर्दछ । जब मान्छे घुँडा टेकेर प्रर्थना गर्दछ, तब गरिने त्यो प्रार्थना असली प्रार्थना होईन । जब एक दिन यस्तो हुन्छ कि तिमी अचानक पाउँदछौ कि पृथ्वीमा घुँडा टेकिएको हुन्छ, न कि टेकाइएको हुन्छ, झुकिरहेका छौ न कि झुकाइरहेछौ, जब त्यहाँ प्रयास छैन प्रकृति छ । अब कुनै उपाय छैन । जुन दिन झुक्नु सहज नै फलित हुन्छ, त्यसदिन समर्पण घटित हुन्छ ।

समर्पण माने ब्राह्मण । समर्पण माने ब्रह्म । जो मेटियो, उस्ले ब्रह्मलाई जान्यो ।

यी चारैवटा पत्रहरु हामीभित्रै हुँन्छन् । यो त हामीमा निर्भर छ कि केमा ध्यान दिने । यस्तो सम्झौं कि हाम्रो रेडियोमा ४ वटा स्टेशन छन् । यो फगत हाम्रो निर्णय हो कि कुन रेडियोलाई सुन्ने र कुनलाई नसुन्ने ।

यी चार नै हामीभित्र छन् । देह तिमीभित्र छ । मन तिमीभित्र छ । आत्मा तिमीभित्र । परमात्मा तिमीभित्र ।

यदि तिमीले देहलाई ध्यान दियौ भने तिमी शुद्र हुन्छौ ।

स्वभावत सबै बालक शुद्र हुन् । किन भने बालकबाट देह भन्दा गहिरार्ईमा जाने आशा गर्न सकिन्न । तर त्यसो भन्दैमा बालकको त्यो स्थितिको अपमान हुँदैन किन भने उस्ले जीवन जानेकै छैन र पहिलो खुड्किलोलाई नै जान्नु स्वभाविक हो । तर शुद्रनै रहेर मर्नु अपमानजनक हो । हामी सबै शुद्र नै जन्मन्छौं तर शुद्र नै रहि मर्नुु आवश्यक छैन ।

यदि तिमीले आफ्नो रेडियोमा वैश्यको स्टेशन लगायौ भने, वासना तृष्णामा ध्यान लगायौ भने, लोभमा लगायौ भने तिमी वैश्य हुन्छौ । तर त्यो ध्यानलाई संकल्पमा लगायौ भने तत्क्षण क्षत्रीय हुन्छौ । र यदि त्यहि ध्यान समर्पणमा डुबायौ भने तिमी ब्राह्मण हुन्छौ ।

ध्यान चावी हो । चाहे जे बने पनि, ध्यान चावी हो । शुद्रसँग पनि एक प्रकारको ध्यान हुन्छ । उस्ले सारा ध्यान शरिरमा ल्याएको हुन्छ । दिनभरी घण्टौं एेना अगाडि कपाल मिलाउने, कपडा स्याहार्ने, श्रृंगार गर्ने व्यक्ती शुद्र नै हो । जुन समय एेना सामु बित्यो त्यो समय शुद्रतामा बित्यो । यो सारा पल ध्यान केवल शरिरमा नै गएको थियो, अब बाटोमा हिंड्दा पनि ध्यान शरिरमा नै गईरहेको हुन्छ । अब अन्य बाटोमा हिंड्नेलाई पनि हेर्दा शरिरको नै ध्यान भइरहेको हुन्छ । त्यो शुद्र नजरले अन्य केहि देख्न सक्दैन । जस्ले आफ्नो शरिरको श्रृंगार र तयारीमा घण्टौं बिताएको हुन्छ उस्ले बहिर हिंड्दा पनि अन्यको शरिर नै हेर्दछ ।

जो व्यक्ती बसीबसी एक ठूलो घरको सपना देख्छ, राम्रो महंगो कार, बैंकमा धेरै धन संचय कसरी गरुँ भन्ने मात्र सोचिरहन्छ भने उ वैश्यमा ध्यान लगाइरहेको छ । सुस्त सुस्त ध्यान त्यहि नै अडिइरहन्छ । रेडियोमा लगातार धेरै समय एकै स्टेशन सुनिरहने गर्दा रेडियोको सुई त्यहि नै अड्किन्छ, जड भएर जान्छ । एकै रेडियो सुनिरहँदा यस्तो स्थिती आउँछ कि अर्को रेडियो सुन्न चाहे पनि रेडियोले अर्कोे स्टेशन पक्रिनै सक्दैन । किनकि हामी जे चिजको उपयोग गर्छौं त्यो जीवित रहन्छ । र अनुपयोगी बस्तु मरेर जान्छ ।

त्यसैले कैलेकाहिँ जब शुद्र भावबाट छुट्ने अबसर मिल्दा छुट्ने प्रयास गर्नु । वैश्यबाट छुट्ने अवसर मिल्दा छुट्ने प्रयास गर्नु । जब अबसर मिल्छ र सम्भव हुन्छ तव थोरै समयको लागि पनि क्षत्रीय हुने प्रयास गर्नु र संकल्पलाई जगाउनु । र कैले काहिँ मौका मिल्दा, चित्त प्रसन्न हुँदा, प्रमुदित अवस्थामा, प्रफुल्लित भएको बेला केहि क्षणका लागि पनि ब्राह्मण हुनु । सब समर्पित गरिदिनु । पृथ्वीमा लम्पसार भएर पल्टिनु, मनौं माटो नै भैगए जस्तै, या माटोमा नै मिलिगए जस्तो, एक भए जस्तो । झुक्नु सूर्यको अघि या कोई वृक्षको अघि । समर्पणको मूल्य ठूलो छ, अमूल्य छ झुकाई, कहाँ, के को सामु झुक्ने भन्ने कुरा गौण हो, त्यसको कुनै महत्व छैन, तर त्यो झुकाईमा थोरै नै समयको लागि भएपनि ब्रह्म को अविर्भाव हुन्छ ।

यसरी सुस्त सुस्त, अनुभूति बढ्दै जाओस्, त्यसो भएमा हर व्यक्ति अंततः मर्ने समय ब्राह्मण भएर विदा हुन्छ ।
जन्म त शुद्रकै रुपमा भएको छ, ध्यान राख्नु , मृत्युकोे समयमा नै भए पनि कमसेकम ब्राह्मण भएर जानु तर त्यत्ति सजिलो छ भन्ने चाहिँ नसोच्नु ।

धेरै जना सोच्ने गर्छन् कि अन्तिम समयमा होउँला । जस्ले जीवन भर अभ्यास गरेन, उस्ले मृत्युको समय रेडियो नियाल्ने त छ तर स्टेशन लाग्ने भने छैन । थाहा नै हुने छैन कि कहाँ कुन ठाउँबाट रेडियो लाग्नेछ । र मृत्यु यति अचानक आउँछ कि केहि गर्ने अवसर नै मिल्ने छैन, न पहिले देखि नै म आउँदैछु भन्ने सन्देश नै आउँछ । अचानक आउँछ र आयो भन्दाभन्दै गई पनि सक्छ । तिमी गलत छौ । जीवन भर अरु नै कुरा को मात्र याद भएको छ भने, त्यसैको नै याद आउने छ ।

त्यसैले तयारी गर्दैरहनुु, आफूलाई साध्दै गर्नु, आफ्नो स्व-सत्ताको स्याहार गर्नु । जब सम्भव हुन्छ, ब्राह्मण हुने मजा लिनु । त्योभन्दा अर्को कुनै मजा छैन । त्यहि नै आनन्दको चरम सिमा परमानन्द हो ।


ओशो
भावाअनुवाद  -   सुवास अगम
यस धम्मो सनन्तनो प्रवचन श्रृखला नं १२ बाट

No comments:

Post a Comment

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion