Wednesday 6 March 2019

आज ७ मार्च अर्थात विश्व प्रसिद्ध पुस्तक 'योगी को आत्मकथा' का लेखक महान सन्त परमहंस योगानंद को महापारीनिर्वाण दिवस



"योगी को आत्म कथा" नाम गरेको पुस्तक नपढ्ने नदेख्ने शायद काम नै हुनुहुन्छ होला आजकै दिन सन १९५२ मार्च मा  बिल्ट्मोर होटल, लस एन्जेलेस, क्यालीफोर्निया मा उन्ले शरीर त्याग गरेका थिए परमहंस योगानन्द को जन्म जनवरी १८९३ मा गोरखपुरमा भएको थियो उनी  बीसौं शताब्दीका एक बिख्यात आध्यात्मिक गुरू, योगी सन्त थिए क्रिया योगको निकै लामो परम्परा लाई पच्छ्याउदै उनले आफ्नो अनुयायिहरूलाई क्रिया योगको साधना गराउदै सम्पूर्ण विश्वमा त्यसको प्रचार तथा प्रसार गरेका थिए आज क्रिया योग परमात्मा साक्षातकारको साबै भन्दा उत्तम बिधीको रुपमा संसार भरी मान्यता पाएको योगानन्दका अनुसार क्रिया योग ईश्वरसँग साक्षात्कारको लागि एउटा प्रभावकारी विधि हो जसको पालनले कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सफल इश्वरलाई प्राप्त गर्न अग्रसर हुन सक्छन् योगानन्द प्रथम भारतीय गुरु थिए जसले आफ्नो जीवनमा पुर्विय सभ्यता का गुह्य रहश्य हरु पश्चिमी हरु का बिच मा ल्याउने काम गरेका थिए त्यसो स्वामी विवेकानन्द ले पनि पश्चिमी राष्ट्रहरूमा सन १८९३ मा प्रथम पल्ट पार्लियामेन्ट अफ वर्ल्डस रिलिजनको कार्यक्रममा बोलेका थिए जो योगानन्द भन्दा ३० वर्षले जेठा थिए तर प्रथम भारतीय गुरु को रुपमा भने योगानन्दले नै पश्चिमी राष्ट्रहरूमा पाइला टेकेर भारतीय उपमहादिप का सन्त हरुको ज्ञान पुर्विय महान परम्पराको उज्यालो देखाएर सबै लाई चकित परेका थिए जुन कर्ममा पछी विवेकनन्दले अझै इट्टा थप्ने काम गरेका थिए

          उन्को प्रसिद्ध ग्रंथ 'योगी कथामृत'वा 'योगी को आत्मकथा' संसारमा प्रती दिन सबै भन्दा बिक्ने पुस्तक हरु मा अगाडि रहेको छ । यस् पुस्तकमा भारत वर्षका महानतम सन्त हरु सँगको अन्तरङ्ग कुराकानी र साधनाका रहश्यहरु को बारेमा उल्लेख गरिएको छ । यो पुस्तक साधना को मार्गमा लाग्ने हरु का लागि अती नै सहयोगी पुस्तक को रुप मा लीइन्छ । 

          उत्तरप्रदेशको गोरखपुरमा ५ जनवरी १८९३ मा जन्मिएका योगानन्दको मूल नाम मुकुन्दलाल घोष थियो । २७ बर्ष को उमेर सम्म विश्वबिद्यालय को पढाई सकेर भारतबर्ष का समस्थ सन्त र माहात्मा हरु लाई भेटेर अध्यात्म को गहिराइ मा डुब्न को लागि गुरु युक्तेश्वर गिरी सँग औपचारिक रुप मा सन्यास गर्हण गरी २७ बर्षे युवा अमेरिका पुगी आफ्नो प्रतिभा ले सबै लाई चकित गरेर "योगदा सत्संग सोसायटी" को निर्माण समेत गरेका थिए। योगदा सत्संग सोसाइटी ऑफ़ इंडिया को स्थापना भने परमहंस योगानन्द द्वारा सन १९१७ मा सम्पन्न भई सकेको थियो । 

 परमहंस योगानन्द को मूल योगदानको रुप मा लीईने क्रियायोग आज संसार भरी साधाना को मूल रुप बनेको छ । 






 के हो क्रियायोग भनेको ?

 क्रियायोगका सम्बन्धमा विष्णुप्रसाद श्रेष्ठ ले लेख्नु भएको योग वर्णन यहाँ प्रस्तुत गरेको छु :

विश्वप्रसिद्ध सन्त योगानन्द परमहंसद्वारा लिखित ” अटोबायोग्राफि अव अ योगी ” अर्थात् योगीको आत्मकथा भन्ने पुस्तक सन्  १९४६ मा प्रकाशित भएपछि क्रियायोग शब्दले व्यापकता पाएको हो। क्रिया योगबारे सो पुस्तकमा वर्णनगरिएको छ। सो पुस्तकमा क्रियायोगको अभ्यास कसरी गर्ने भन्ने सम्बन्धमा उल्लेख गरिएको छैन तर गुरुपरम्पराबाट दीक्षा लिनुपर्ने कुराको वर्णन त्यसमा गरिएको छ। क्रियायोगको अभ्यास पुस्तक पढेर हैन गुरुपरम्पराबाट सिक्नुपर्ने व्यवस्था गरिएको छ।

क्रियायोगले यति व्यापकता पाएकोछ कि अधिकांश पश्चिमा राष्ट्रहरुमा तथा नेपाल र भारतका योग सेन्टरहरुमा यसको अभ्यास गराइन्छ। यद्यपि अधिकांश प्रशिक्षण आधिकारिक नभएको पाइन्छ। क्रिया संस्कृत शब्द हो। कृ धातुबाट बनेको क्रिया शब्दको अर्थ गर्नु हो। सम्बन्ध जोड्ने अर्थमा योग शब्द प्रयोग हुन्छ। क्रियायोग शब्दले कुनै विशिष्ठ क्रिया वा विधिद्वारा परमात्मासंग मिलन हुने अर्थ प्रदान गर्दछ।

क्रियायोग प्रक्रिया एक विशिष्ठ प्रकारको प्राणायम पद्धति हो। यो योग निष्ठापूर्वक नित्य अभ्यास गर्नाले जीव जन्म मरणको चक्करबाट छिटै मुक्त हुन्छ र इश्वरसंग साक्षात्कार गर्दछ भनिएकोछ। श्रीमद्भगवद्गीतामा क्रियायोगबारे यसरी वर्णन गरिएकोछ :

“अपान वायुलाई प्राण वायुमा र प्राण वायुलाई अपानमा होम गरिन्छ। त्यसैगरी प्राणायाम परायण भएर प्राण र अपानको गतिलाई रोकेर प्राणलाई प्राणमा नै होम गर्दछ।

यहाँ क्रियायोगमा गरिने विशिष्ट प्रकारको वर्णन गरिएको छ। यहाँ प्राणवायु र अपानवायुलाई आपसमा मिलाई समान गर्नु भनिएको छ। यो प्राणवायु र अपान वायु भनेको के हो  र कसरी यिनीहरुलाई मिलाउने भन्ने विधि गुरु परम्पराबाट सिक्नु पर्ने हुनाले परमहंस योगानन्दले आत्म जीवनी पुस्तकमा उल्लेख गर्नु भएन।

योगसाधनामा प्राणायमको ठूलो महत्व छ। योग दर्शनमा उल्लेख भए अनुसार प्राणायामभन्दा श्रेष्ठ तपस्या अर्को छैन। यसबाट ज्ञानको प्रकाश हुन्छ। जबसम्म ज्ञान हुँदैन तवसम्म देहमल नष्ट हुँदैन। र इश्वर साक्षात्कार पनि हुँदेन।

प्राणको साधना नै सवोर्च्च ब्रह्म साधना हो। प्रचीन कालमा ऋषिमुनिहरु यही साधना गर्दथे। प्राण स्थिर नभई ब्रह्म साक्षात्कार हुदैन। क्रियायोगको साधनाले प्राण स्थिर गर्न र एकाग्र हुन सिकाउँछ। गीतामा भगवान कृष्णले अर्जुनलाई क्रियायोग बताउनु भएकोछ।

आधुनिक युगमा महावतार बाबाजीले लाहिडी महाशयलाई यस योगको दीक्षा दिनुभयो। लाहिडी महाशयबाट जनमानसमा प्रचार भयो। परमहंस योगानन्दले यस योगलाई विश्वव्यापी रुपमा प्रचार गर्नुभयो। उहाँले स्थापना गर्नुभएको योगदा सत्संग सोसाईटी र सेल्फ रियलाइलेशन फेलोशिपमार्फत क्रियायोगको प्रचार प्रसार एवम् दीक्षा दिने काम भईरहेकोछ।

क्रियोगको महत्वबारे परमहंस योगानन्दले आफनो पुस्तकमा वर्णन गर्नुभएको छ। दिनमा एकहजार पटक क्रियायोग गरेमा , एक दिनमा एकहजार वर्षको स्वभाविक विकासको मात्रा बराबर हुनआउँछ। यही हिसावले एक वर्षसम्म क्रियायोग सधना गर्नाले ३ लाख ६५ हजार वर्षको स्वभाविक आध्यात्मिक विकास एकवर्षमा हुन्छ।

एक क्रिया गर्न सामान्यतः ३० सेकेन्ड लग्दछ। अतः ३० सेकेण्डमा गरिएको साधनाको परिणाम एक वर्षसम्म गरिएको अन्य तीथ व्रत दान लगायतको साधना बराबर हुन्छ। यसरी साधकले ४० , ५० वर्षसम्म निष्ठापूर्वक क्रियायोग साधना गर्ने अवसर प्राप्त गरेमा उसले लाखौं वर्ष बराबरको साधना गरेको मानिन्छ। यसले ऊ भित्रको विक्षेप वा मल नाश हुन्छ। यसबाट सञ्ति कर्म वा प्रारब्ध कर्म पनि क्षय हुन्छ। यसलेगर्दा जीवले धेरै जन्म लिनु पर्ने बाध्यता रहँदैन। यदि यही जन्ममा मुक्त हुन नसकेमा अर्को जन्ममा पनि उसले क्रियायोगको साधना गर्दछ र मुक्त हुन्छ।

आधुनिक कालमा यस क्रियायोगलाई पुनर्जीवन दिने काम महावतार बाबाबाट भएको हो। महावतार बाबा अमर हुनुहुन्छ भनिएको छ। उहाँले आदि शंकराचार्यलाई पनि क्रियायोग प्रदान गर्नुभएको थियो। बाबाजी अहिले सशरीर विद्यमान हुनुभएपनि सांसारिक रुपमा जनसमक्ष पकट हुनुभएको छैन। क्रियायोगको साधना अत्यन्त सरल र वैज्ञानिक विधि हो। यो साधनाबाट आत्मकल्याण हुन्छ भन्ने कुरामा सन्देह छैन।

आज भोलि विश्वव्यापी रुपमा योगप्रति चासो बढ्दै गएको छ। संयुक्त राष्ट्र संघले योगको महत्व बुझेर यसको प्रचार प्रसार गर्नका लागि जुन २१ तरिखलाई योग दिवसका रुपमा मनाउँन आफना सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ। पश्चिमका वैज्ञानिक तथा अनुसन्धनकर्ताहरुलेसमेत योगबाट शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग महत्वपूर्ण हुन्छ भन्ने अभिव्यक्ति दिएपछि हाल कतिपय अस्पतालहरुमा योग चिकित्सा कक्षसमेत स्थापना गरेका छन्। कतिपय उद्योगमा कार्यरत कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्धि होस् भन्ने द्रिष्टिले उनीहरुलाई योगको प्रशिक्षण दिनुका साथै योगाभ्यास गर्ने व्यवस्था मिलाइएको पाइन्छ।

योगको व्यापक मात्रामा प्रचार प्रसार भएतापनि धरैको धारणामा योग भनेको शारीरिक तन्दुरस्ती राखने अभ्यास हो भन्ने बुझने गरेको पाइन्छ। शारीरिक स्वास्थ्य योगको एक पक्ष भएतापनि यसको मूल उद्देश्य भनेको मानिसको सर्वाङगीण विकास गर्दै परमात्मासंग सम्बन्ध स्थापना गर्नु हो।

हाम्रो आध्यात्मिक साधनामा नाडीको ठूलो महत्व रहेको छ। यस्तैगरी षड्चक्रको पनि महत्व छ। भनिन्छ जवसम्म हाम्रो प्राण सुषुम्णा नाडिबाट प्रवाहित हुँदैन तबसम्म हाम्रो साधनाको विकास हुँदैन। सुषुम्णा नाडीबाट प्राण प्रवाहित भएमा षडचक्र जागृत हुन्छ। षडचक्र जागृत भएमा कुण्डलिनी शक्ति जागृत हुन्छ। क्रियायोगको साधनाबाट हाम्रो प्राण सुषुम्णा नाडीबाट प्रवाहित गरिन्छ। यसरी कुण्डलनी शक्ति जागृत गराउने एक सशक्त माध्यम क्रियायोग हो। क्रियायोगको माध्यमबाट आत्मसाक्षात्कार हुन्छ। त्यसैले अत्यन्त सरल , छिटो र प्रभावकारी साधना क्रिया योग हो भन्नु अत्युक्ति नहोला।  





भनिन्छ कि ध्यानका सबै बिधीहरु मा सर्बोच्च बिधी हो क्रियायोग । यस्ले शरीरमा प्राण-शक्ति को सूक्ष्म प्रवाह लाई शक्तिशाली बनाउदछ एवं ऊर्जाशिल बनाउदछ। व्यक्तिको चेतनाले उच्चतर स्तरहरु को प्राप्ती गर्दछ । जस्को कारण सुस्त सुस्त एक आंतरिक जागृति को अवस्था आउछ।  क्रियायोग को अभ्यास द्वारा प्राप्त हुने वाला सुनिश्चित एवं क्रमानुगत परिणाम का सम्बन्धमा परमहंसले भन्नु भएको थियो कि “यो गणित को जस्तो सैली मा कार्य गर्ने गर्द छ; यस्को परिणाम सुनिश्चित छ।“

योगदा सत्संग सोसाइटी ले आज नेपाल भारत अमेरिका बेलायत एुरोप लगायत विश्व को सबै स्थान मा आफ्न केन्द्र हरु सन्चालन गरी भारतीय परम्परा र क्रियायोग का शिविरहरु संचालन गरी रहेको छ । अनाथालय एवं कुष्ठ रोगिहरु का लागी सहायता प्रदान गर्दछ र प्राकृतिक आपदाले ग्रसितहरु लाई  आपातकालीन सहायता पनि उपलब्ध गराउद छ ।

परमहंस को सुविख्यात आत्मकथा लाई टाईम्स पत्रिका ले २०औ सताब्दीको  सर्वाधिक प्रभावपूर्ण अध्यात्मिक पुस्तक रहेको लेखेको थियो । परमहंस योगानन्द जी को पार्थिव शरीर ७ मार्च १९५२ देखी आज सम्म पनि लस एन्जल्स को फरेस्ट लाओन मेमोरिएल पार्क मा राखीएको छ ।

 

Monday 25 February 2019

तिस वर्ष मौन रहेर करुणा र प्रेमले मुखरित जीवन जिउने मेहर बाबा



आज २५ फर्बरी अर्थात मेहर बाबाको १२५ औ जन्म जयन्ती । जीवन को आधा अंश मौन अवस्थामा बसेर मौनमा नै असली वार्ता हुन्छ भन्दै प्रेम र सध्भावको सन्देश दिने मेहर बाबाका सम्बन्धमा यो लेख प्रस्तुत गर्न चाहन्छु ।
 
"खुशी रहनु र नआत्तिनु म तिमी लाई तिमी ले आफु लाई गर्ने असिम प्रेम भन्दा पनि बढी प्रेम गर्छु"

मेहर बाबा एक रहस्यवादी सिद्द पुरुष हुनुहुन्थ्यो । १० जुलाई १९२५ देखी माहापरिनिर्वाण (मृत्‍यु) को दिन जनवरी ३१, १९६९ सम्म नै मौन बिताउनुभएका मेहर बाबाका भक्त हरु वहाँलाई परमेश्वरको अवतार मन्दछन । २५ फरवरी १८९४ मा महाराष्टको पुनामा पारसी परिवारमा जन्मिनु भएका मेहर बाबा को खास नाम मेरवान एस ईरानी थियो । तपाईं को हो ? भन्ने प्रश्न को जवाफमा वहाँले "म मानवको रुपमा भगवान वा अवतार हुँ भन्नु" भएको थियो । जीवन पर्यन्त अपाङ्ग दुखी र घ्रिडा गरिने कोर जस्ता रोगलागेका हरु लाई आफ्नै हातले खाना खुवाउने खुट्टा धुने नुहाइदिने आदी कर्म गर्दै महाराष्ट्र को अहमदनगर नजिकै मेहराबादमा यस्ता दुखी हरु को सेवाका निम्ती अश्रम नै निर्माण गर्नु भयो ।

१९ वर्षको आयुमा एक रहस्यदर्शी महिला संत हजरत बाबाजान सङ्गको भेट पस्चात वहाँको जीवन नै परिवर्तन भयो त्यस पस्चात नागपुरका हजरत ताजुद्दीन बाबा, केदगांव का नारायण महाराज, शिर्डी का सांई बाबा र साकोरी का उपासनी महाराज गरी पांच महत्वपूर्ण सन्तहरु लाई आफ्नो जीवनका गुरु मान्नु भयो । सात वर्ष सम्म उपासनी महाराज सँग ज्ञान प्राप्त गरे पस्चात वहाँ अध्यात्मको शिखरमा पुग्नु भयो । त्यस पछी वहाँ का चेला हरु ले वहाँलाई मेहर बाबा नामले बोलाउन थाले । मेहर को अर्थ पनी कृपालु वा कृपावान भन्ने हुन्छ र साच्चै वहाँ कृपा र करुणाका सागर हुनुहुन्थ्यो ।



बाबा भन्नु हुन्थ्यो "I have come not to teach but to awaken" अर्थात म पढाउन वा सिकाउन नभै जगाउन आएको हुँ । “God Speaks” गड स्पिक्स नामक पुस्तकमा वहाँले दिनु भएको संसार सृस्‍टिको व्याख्या र अध्यात्माको सुक्ष्म बिश्लेषन अध्भूत छ । संसारमा संसारीहरुको माझमा उनिहरुको जिज्ञासा निवारण हेतु मैले तिमीहरुकै भाषामा बोल्न वाध्य छु भन्दै वहाँ भन्नु हुन्थ्यो

“परमात्माको सम्बन्धमा बुझाउन सम्भव छैन , उस्लाई तर्क र  सिद्धान्तमा बाध्न सकिदैन , न त उस्को बारेमा चर्चा नै गर्न सकिन्छ, न उस्लाई बुझ्न नै सकिन्छ, परमात्मा लाई मात्र जिउन सकिन्छ"

मौन किन बस्नु हुन्छ हामी सङ्ग बोल्नुस् भन्दा वहाँले ईशारामा र अक्षर लेखिएको एक बोर्डमा आफ्ना औंला हरु चलाएर जवाफमा भन्ने गर्नुहुन्थ्यो कि वास्तविक सम्बाद मौनमा नै हुने गर्दछ । जब को झगडा गर्दा चर्को चर्को स्वरमा बोल्नु को अर्थ हो कि मन मुटु देखी उनिहरु धेरै कोश पर हुन्छन त्यसैले चर्को बोलेर सम्बाद सम्भव हुन्छ तर प्रेम मौनमा नै सम्बाद गर्दछ । प्रेमी हरु घण्टौ समुन्द्र किनर हात समातेर मौन नै आनन्दित हुन्छन किन भने त्यहा हृदय नजिक हुन्छ । र म पनि तिमी हरु नजिक छु र म मौन मा नै सबै कुरा बुझिरहेको छु भन्ने गर्नु हुन्थ्यो । भनिन्छ सन्त भगवान रमण महर्शी पनि निकै कम बोल्नुहुन्थ्यो । र नजिक आएर मनले प्रश्न गर्नेले मनमा नै प्रश्नको जवाफ पनि पाउने गर्दथ्यो ।

ओशो ले गड स्पिक्स पुस्तकका सम्बन्ध मा भन्नु भएको केही अंश :

"यो पुस्तक एस्तो व्यक्तीले लेख्नु भएको हो । यो पुस्तकलाई सुफी सन्त जुन्नैद ले अवश्य मन पराउने थिए । मेहर बाबा तीस साल मौन रहे। कोई अन्य व्यक्ती यती लामो समय मौन रहेको अभिलेख पाईदैन । महावीर मात्रा बारह साला मौन रहे । यो ठुलो रेकर्ड थियो । मेहर बाबाले सारा रेकर्ड तोडिदिए । तिस साल मौन रहदा उन्ले हाथले मुद्रा बनाउने गर्दथे । जसरी मैले पनि बनाउने गर्दछु । किन भने केही कुरा मात्र मुद्राले भन्न सकिन्छ । मेहर बाबाले शब्द छोडिदिए तर मुद्रा छोड्न सकेनन । र यो हाम्रो अहोभाग्य हो कि उन्ले मुद्रा छोडेनन । उन्का निकटवर्ती शिष्य थिए र उनिहरुले ति मुद्रा बुझेर लेख्न सुरु गरे । र तिस साल पस्चात किताब प्रकाशित भयो । र पुस्तकको शीर्षक बड़ा अजीब थियो जस्तो कि हुनु नै पर्थ्यो शीर्षक थियो : गड स्‍पीक्‍स अर्थात ईश्‍वर बोल्दछ ।


मेहर बाबा मौनमा जिये र मौन मै मरे। उन्ले कहिल्यै कुरा गरेनन । तर उन्को मौन नै प्रखर वक्‍तव्‍य थियो । उनको अभिव्‍यक्‍ति, उनको गीत नै मौन थियो । यस् अर्थमा किताब को शीर्षक अजीब होइन ईश्‍वर साच्चै बोल्दछ ।

एक झेन किताब छ: फूल बोल्दैनन । यो बिलकुल गलत छ । फूल पनि बोल्दछन । त्यो उस्को सुगंध बाट बोल्दछ । निश्‍चित नै वह अङ्रेजी जापनी या संस्‍कृत बोल्दैन तर त्यो फूलहरुको भाषा बोन्दछ । तर मलाई थाहा छ किन भने मलाई सुगंधको एलर्जी छ । म कोशौ परको फूलको भाषा सुन्न सक्छु । त्यस कारण म मेरो अनुभव बाट भन्दै छु । यो कुनै प्रतीक होइन। ईश्‍वर पनि बोल्दछ । आवाज जस्तो सुकै होस् । यो कुरा मेहर बाबामा पनि लागु हुन्छ कि वहाँ बिना बोलेरै बोल्नुहुन्थ्यो । "

ओशो

बुक्‍स आय हैव लव्‍ड

उत्तरप्रदेश को हमीरपुर जिल्लामा बाबाका भक्त परमेश्वरी दयाल पुकरले १९६४ ई. मा मेहर मंदिरको निर्माण गरेका थिए । १८ नवंबर १९७० ई. मा मंदिरमा अवतार मेहर बाबाको प्रतिमा स्थापित गरिएको थियो । यहा प्रति वर्ष १८ र १९ नवंबर मेहर प्रेम मेलाको आयोजन पनि हुने गर्दछ । महाराष्टको मेहराबाद स्थित अश्रममा नै बाबाको समाधि रहेको छ । नेपाल र भारतमा भने त्यती प्रख्यात नरहे पनि ओशोले "Books I Have Loved" पुस्तक मा “God Speaks” नामक पुस्तक र  मेहर बाबाको मुक्त कण्ठले प्रसम्सा गरेपस्चात भने वहाँ लाई अझै धेरै ले चिन्ने मौका पाएका थिए । पुना लाई नै आफ्नो अध्यात्मिक क्रान्तिको थालो बनाउनु भएका ओशो ले यहाँ मेहर बाबा ले नै अध्यात्मको जग बसालेर मेरो लागि एक सही उर्जा निर्माण गरिदिनु भएकोले पनि मैले पुना नै रोजेको हुँ भन्नु भएको थियो ।

यस्ता महान सन्तको जन्मभएको दिन सम्झिएर वहाँका द्वारा प्रदत्त शिक्षालाई हाम्रो जीवनमा थोरै भए पनि उतार्न सके हाम्रो जीवन पनि धन्न्य धन्न्य हुने छ ।
सबै को जय होस् .
अस्तु ।

Thursday 21 February 2019

Interview of Suvas Agam, Suraj Nepal & Laxmi Dangol at Kashtamandap TV |...

हिजो मात्र काश्टमन्डप टेलिभिजनमा प्रसारित सुफी संगीत र गजलका सम्बन्ध मा
प्रसार भएको हाम्रो समुहको अन्तर्वाता अब मेरो YouTube Channel मा उपलब्ध छ
हेर्न भ्याउनु भएको छैन भने हेर्नुहोला नि है ।
धन्न्यबाद 

Saturday 16 February 2019

तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न



कावासोतिमा तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न भयको छ । हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजना तथा अन्य संघ संस्थाको सह आयोजनामा सो सम्मेलन सम्पन्न भयको हो ।

कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव १०० युवा सहभागी रहेको  आयोजक संस्था वातावरण जन जागरण बिकास मञ्च का अध्यक्ष सुधन लम्सालले बताउनु भयो ।


युवाहरुमा सकरात्मक सोच ल्याई घर , समाज र राष्ट्र प्रति उत्तरदायित्व बनाउने तथा नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि बिषयहरु भित्र रहेर सम्मेलनमा विशेष बहस भयको आयोजक संस्था हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीले बताउनु भएको छ ।

हरियाली संस्था का अध्यक्ष एल० एन० दवाडी को सभापतित्वमा र जिल्ला शिक्षा ईकाई प्रमुख कृष्ण चन्द् पोखरेल रहनुभयको थियो कार्यक्रममा बोल्दै पोखरेलले हरेक स्थानीय तहले अब युबाहरुलाई सहि सहभागिता गराउनु पर्ने कुरामा जोड दिनुभयो । विभिन्न कार्य गरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहेको साथै दिगो बिकास, उद्दमसिलता, बिश्व सरसफाई दिबस लगायतका बिषयमा पनि सहभागी युवा बिच छफलफ हुने भयको थियो  ।

Thursday 14 February 2019

आज प्रेम दिवस पारेर नायिका बर्षा र नायक संजोगको विवाह सम्पन्न , फोटो फिचर

कुनै दिन कुनै चलचित्रको पर्दामा अभिनय गर्नको लागि अडिसन दिन जादा भेट भएको यो जोडी आज प्रेम दिवसको दिन पारेर विवाह बन्धन मा जोडीएको छ । 

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस यसै प्रेमको उत्सब मनाइने दिन पारेर नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन । पारिवारिक जमघटबिच वर्षा र संजोगको बिवाह भएको छ । भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, सम्पूर्ण चलचित्रकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।

संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना ! 




Wednesday 13 February 2019

"भ्यालेन्टाइन डे" वा "प्रेम दिवस" मा बाहिर बाट हेर्दा पश्चिमी खोल देखिए पनि यस भित्र वैदिक संस्कृतिको आत्मा निवास गर्दछ ।



सेन्ट ( साधु, सन्त, योगी, धर्मगुरु) भ्यालेन्टाइनले इस्वी संवत् २६९ (तेस्रो शताब्दी) तिर इटालीको रोम शहरमा तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयको आज्ञा बिपरित खुला रुपमा प्रेमी हरुलाई विवाह गराएको अनुशासनको दायराभित्र हुने प्रेम आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भनी प्रेम गर्न सबैलाई आवहाँन गरेका कारण झुन्ड्याईएर मारिएको दिनको सम्झनामा आज १४ फेब्रुअरीको दिनलाई संसार भरीनै प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) भनेर उन्को सम्झनामा मनाउने गरिन्छ

रोमन सम्राट् क्लाउडियस द्वितीयले सन्त भ्यालेन्टाइन लाई मार्नु मा माथि भनिएको कारणहरु मात्र नभएर धेरै पत्र हरुमा कुरा लुकेर बसेको कुरा हिन्दू परम्परा यूरोपियन समाजको अध्ययन गरेका लेखक हरुको भनाइ खासमा आज सम्म पनि यूरोपमा विवाह त्यत्ती प्रचलनमा छैन मेरा आफ्नै हुप्रै यूरोपियन साथीहरुले विवाह नै नगरि बच्चा जन्माएका छन बच्चा निकै ठुलो हुँदा सम्म पनि विवाह दर्ता गराएका हुँदैनन निकै पछी कागजी समस्या पर्ने हुन आए पछी मात्र कोट मा गएर विवाह दर्ता गराउने गर्छन् आज यूरोप अमेरिकामा एक स्त्री या पुरुष सँग मात्र सम्बन्ध भएको व्यक्ती भेट्न असम्भव हुन्छ सबैजसो व्यक्ती को कम्सेकम तीन या चार जाना फरक व्यक्ती सँग बर्षौ "लिभ इन रिलेशनशिप" अर्थात सँगै विवाह नगरि बसेको भेटिन्छ

पश्चिमी समाज आज बिकासको चुलीमा पुगेको भए पनि महिला लाई आज सम्म पनि बस्तुको रुपमा हेर्ने गरिन्छ त्यसैले नै पश्चिमबाट नै स्त्रीलाई बिज्ञापन, चलचित्र पोर्न वा अस्लील चलचित्र बाट बस्तुको रुपमा प्रस्तुत गरिन्छ इसाइ धर्माबलम्बीहरुको बाइबलको पुरानो करारमा पनि स्त्रीको निर्माण पुरुषको निर्माण पस्चात पुरुषको करङ्गको हड्डी बाट गरिएको भनिएको छ। आदिम ग्रीकका एथेनियन दार्शनीक प्लेटोले बाइस महिला सङ्ग सम्बन्ध राखेको कुरा आफ्नै लेखानीमा भनेका थिए स्वीस दार्शनिक रुसोले आफ्नो आत्मकथा मा लेखेका थिए कि "जीवनभर एक मात्र महिलासँग बस्न सम्भव नै छैन्, महिलामा आत्मा नै हुँदैन, महिला एक फर्निचर जस्तै हो, जब पुरानोले मन अघाउँछ तब नयाँ ल्याइन्छ" ईशा मसिहका प्रमुख शिष्य सेन्ट पालका अनुसार स्त्रीको निमार्ण मूल योजनामा छँदै थिएन, योआफ्टर थटभएको हो अर्थात पछी मात्र बिचार गरेर जोडीएको जस्तो हो पादरी, बिसप तथा क्लर्जी म्यानहरुलाई एक या एक भन्दा बढी बेश्या रखैल गोप्यरुपमा राख्ने गरेको ईतिहास यूरोपका अनेकन चर्चमा आज सम्म पनि पदरी वा माथिल्ला ओहदाका गुरुहरु द्वारा सिष्या हरु बलात्कृत भएर मारिएको समाचार आउने गर्दछ आफुले गरेको पापको कन्फेसन अर्थात भूल सुधारका लागि माफि माग्न चर्च आउने महिला सँग सम्भोग गरेरमात्र पाप पखालिने भनेर बलात्कार गरेका थुप्रै कथाहरु जिबित छन यसरी तत्कालिन रोमन समाजमा पनि विवाह गरेर एक महिला वा पुरुष सँग पुरा जीवन बस्नु भन्दा विवाह नै नगरि मन नभरिउन्जेल एक सँग मन भरिएपछी अर्कै सँग सम्बन्ध जोड्ने परमपरा थियो जुन आज नेपालमा पनि चल्न थालेको यसरी विवाह नै नगरि बस्न चाहने युवा जमात जो खुला साडे जसरी हिडिरहेको थियो


सन्त भ्यालेन्टाइनले एकातिर समाजमा भएको विवाह प्रतीको उदासिनता जङ्गली जनवर जस्तो बेथितीपूर्ण यौन सम्बन्ध अर्को तर्फ चर्च भित्र नै गोप्य रुपमा चलिरहेको डरलाग्दो भद्दा यौन बिक्रिती का कारण बैराग्य बस उन्ले सनातन वैदिक ( हिन्दू ) ग्रन्थ अध्ययन गर्न थाले वेद, उपनिसद, पुराणको अध्ययन पश्चात जब उन्ले स्त्री लाई देवी, जननी परमात्माको अल्हादिनी शक्तीको रुपमा वर्णन भएको देखे राधा कृष्ण, राम सीता, उमा महेश, लक्ष्मी नारायण, आदी युगल जोडी उन्को अमर प्रेम का गाथा पढे अनी मात्र एक पत्नी सँगको विवाह प्रेमको महत्व बुझेर सोही दिव्य परम्परा यूरोपियन समाजमा पनि चलाऊन का निम्ती तत्कालिन समाज मा रहेको विवाह बिरोधी शाही नियम सामाजिक कुरिती तोड्न का निम्ती अनुशासनको दायराभित्र हुने प्रेम विवाह मा इश्वरको कृपा आशिर्वाद हुने भन्दै सबै लाई आफुले प्रेम गरेको मान्छे सँग दु: सुखका सबै परिस्थितीमा साथ हुने जीवन पर्यन्त सँगै रहने कसम का साथ विवाह गराउने आन्दोलन सुरु गरेका थिए

तर यो कुरा को के आधार छ त ?  
 


जिसस क्राइस्ट को जीवनकालको बयान भएको बाइबलमा बार्‍ह वर्ष देखी उनन्तिस वर्ष सम्म को समय को कुनै पनि अभिलेख भेटिदैन । यो सत्र वर्षको समय उनी कहाँ थिए भन्ने सम्बन्धमा समस्थ अभिलेखहरु लाई मेटाईएको छ । किन भने अनेकौ अध्ययन र अन्वेषणबाट जिसस माहा भारत क्षेत्रमा आएर सनातन ( हिन्दू ) धर्म को अध्ययन गरेर ध्यान साधन गरेको र तिब्बत सम्म पुगेको ईतिहास भेटिएको छ । हाल भारतमा पर्ने लद्दाखका केही बौद्ध गुम्बामा अझै पनि जिसस आएर अध्ययन गरेक अनेकन प्रमाण सुरक्षित राखिएको छ । क्रुश मा जुनड्याईएर मरेको भनेर गुफा मा छोडिएका जिससलाई सुरक्षित रुपमा हाल भारत मा पर्ने कश्मिरमा आएर बसेर धेरै वर्ष पछी त्यही नै मरेका थिए । आज सम्म पनि त्यस स्थान मा जिससको लास गाडीएको स्थान सुरक्षित राखिएको छ । 

   

यसरी भारत बाट नै ध्यान र साधना सिकेर गएका उनन्तिस बर्सिय जिससले बल्ल बेथ्लेहम इजराइलमा गएर अध्यात्माको बिगुल फुकेका थिए । र भ्यालेन्टाइन डे १४ फर्बरी मा मनाउनु अघी "प्यागन" अर्थात प्रक्रितीको पूजा गर्ने सम्प्रदायले सो समय मा जनबरको बली दिएर सो जनवरको छाला ले महिला लाई पिट्ने चलन थियो । तेसो गर्दा महिलामा गर्व सम्बन्धी समस्या नहुने विश्वाश थियो । त्यो पर्व लाई पछी पोप जुलेसियसले त्यो पर्व लाई क्रिस्चीयन परमपरामा ढाल्न का लागि सो हि दिन लाई भ्यालेन्टाइन डे का रुप मा मनाउने प्रचलन चलाएका थिए । जे होस् त्यो क्रुर परम्परा लाई परिवर्तन गरेर प्रेम को लागि बलिदान भएका सन्त को नाम मा अर्को परम्परा सुरु गर्नु भने राम्रो काम थियो ।

यसरी हेर्दा सम्पूर्ण क्रिस्चीयन परमपरामा धेरै कुरा लुकाईएको र फेरिएको देखिन्छ । त्यसै कारण सन्त भ्यालेन्टाइनको कथामा पनि धेरै कुरा लुकाईएको थियो । सनातन ( हिन्दू ) परम्परा ले क्रिस्चीयन परमपरालाई नजितोस भनेर अनेकौ हिन्दू परम्परा सँग मेल खाने क्रिस्चीयन परमपरा लाई लुकाईएको थियो ।

यसरी उनले सबैलाई एक पुरुष वा एक स्त्रीसँग विवाह गर, उसैसँग सम्बन्ध राख आफ्नो जीवनलाई संयमित बनाऊ भनेर प्रोत्साहित गर्न थाले सन्त भ्यालेन्टाइनले यसरी हिन्दू परम्परा बाट प्रभावित भएर युवा जमात लाई यो नयाँ पाठ पढाईरहेको युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेर निषेधाज्ञा तोडेको देखेपछी आफ्नो जङ्गली परम्परा नै नष्ठ हुने देखेर सन्त भ्यालेन्टाइनलाई मार्नका लागि जेल चलान गरेका थिए

सन्त भ्यालेन्टाइन को जीवनका बारेमा प्रचलित कथा :

 भनिन्छ कि सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम विवाहतिर लागे सैनिक सेवा प्रभावित हुने, त्यस्तै स्त्रीहरुले आफ्ना राज सेवक वा सैनिक पतीले राज्यका सम्बन्धमा भनेका गोप्य सुचना बहिर निस्किन सक्ने डर देखे त्यस्तै सम्राट ले एक अध्ययन गराएका थिए जस्मा विवाहित भन्दा अविवाहित युवा बढी शक्तिशाली देखिएका थिए, सम्राट निकै महत्वाकांक्षी भएका कारण धेरै युद्ध गर्ने युद्धमा जित्नका निम्ती धेरै बलिया सैनिक जरुरी पर्ने हुँदा पनि विवाहमा बन्देज लगाएर सैनिकको बल शक्ती सन्चय गर्न चाहन्थे     

यो कुरा सन्त भ्यालेन्टाइन लाई भने सह्य थिएन त्यसैले उन्ले खुलेर सम्राट्को निर्णयको बिरोध गरे यो निर्णय धर्मविरोधी हो भनेर सबैलाई सुचित गरे उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे निषेधाज्ञा तोडेको आरोपमा उनलाई . पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिने घोषणा गरिएको थियो मृत्युदण्ड पर्खिएर जेलमा बसिरहेका सन्त भ्यालेन्टाइन लाई उन्ले भर्खर मात्र विवाह गराएर उद्धार गरेका केही प्रेमी भक्तहरुले रातो गुलाभ लिएर धन्यवाद दिन आउने पनि गर्दथे त्यसै जेलको जेलर कि एक दृष्टिबिहिन छोरी पनि थीईन उन्ले पनि सन्त भ्यालेन्टाइन को चर्चा सुनेर जेल आउने उनी सँग प्रेम जीवनका बारेमा कुरा गर्ने गर्दथिन भनिन्छ सन्त भ्यालेन्टाइन ले करुणा पुर्वक ति युवतीको आँखा सुम्सुम्याएर प्रार्थाना गर्दा उन्ले आँखा देख्न थालएकी थिईन। त्यस पस्चात ति युवती सन्त भ्यालेन्टाइन दुबैले एक अर्का लाई मनपराउन थालएका थिए झुन्ड्याएर मार्नलानु अघी सन्त भ्यालेन्टाइनले ति युवतीको नाममा एक पत्र लेखेका थिए जुन पत्रको अन्तिम मा लेखिएको थियो “Love from your Valentine” विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डे का दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो आज संसार भर युवा युवती हरु यसरी नै पत्र लेख्ने वा कार्डमा केही रसिला कबिता वा भावना पोखेर प्रेम बाढ्ने गर्दछन

जे होस् बुझ्नु पर्ने कुरा के भने "Want to be my Valentine?" भनिरहदा यो भनाइ कुनै समय भने के सँग बिहे गर्छौ ? भनेर बुझ्ने गरिन्थ्यो आज भने के मेरो प्रेमिका बन्छौ ? भनेको भन्ने बुझिन्छ

जे होस् एक सन्तको करुणा अध्ययन ले गर्दा आज सारा संसार यो समय मा प्रेम को नाम मा केही क्षण भए पनि शान्त हुन्छ, करुणा प्रेम ले भरिन्छ हामीले भने अस्ती भर्खर मात्र बसन्त आगमनको पुर्वसन्ध्यामा बसन्त पञ्चमी मनाइ सक्यौ माता सरस्वती लाई प्रर्थाना गरेर बसन्त आगमन को उत्साहमा रहेका पुर्विय सन्स्कृतिका अनुयायी हामी सबैको जीवन मा पनि एक साचो प्रेम को अवतरण होस् प्रेम मा बन्धन हुँदैन प्रेम ले स्वतन्त्र बनाउछ भन्नुहुन्छ सत्गुरु ओशो यो प्रेम दिवस यो वसन्त ऋतुले हजुर को जीवनमा पनि प्रेम करुणाको सितल बर्षा होस् मेरो सुबेक्षा
अस्तु
सुवास अगम   

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion