Monday 25 February 2019

तिस वर्ष मौन रहेर करुणा र प्रेमले मुखरित जीवन जिउने मेहर बाबा



आज २५ फर्बरी अर्थात मेहर बाबाको १२५ औ जन्म जयन्ती । जीवन को आधा अंश मौन अवस्थामा बसेर मौनमा नै असली वार्ता हुन्छ भन्दै प्रेम र सध्भावको सन्देश दिने मेहर बाबाका सम्बन्धमा यो लेख प्रस्तुत गर्न चाहन्छु ।
 
"खुशी रहनु र नआत्तिनु म तिमी लाई तिमी ले आफु लाई गर्ने असिम प्रेम भन्दा पनि बढी प्रेम गर्छु"

मेहर बाबा एक रहस्यवादी सिद्द पुरुष हुनुहुन्थ्यो । १० जुलाई १९२५ देखी माहापरिनिर्वाण (मृत्‍यु) को दिन जनवरी ३१, १९६९ सम्म नै मौन बिताउनुभएका मेहर बाबाका भक्त हरु वहाँलाई परमेश्वरको अवतार मन्दछन । २५ फरवरी १८९४ मा महाराष्टको पुनामा पारसी परिवारमा जन्मिनु भएका मेहर बाबा को खास नाम मेरवान एस ईरानी थियो । तपाईं को हो ? भन्ने प्रश्न को जवाफमा वहाँले "म मानवको रुपमा भगवान वा अवतार हुँ भन्नु" भएको थियो । जीवन पर्यन्त अपाङ्ग दुखी र घ्रिडा गरिने कोर जस्ता रोगलागेका हरु लाई आफ्नै हातले खाना खुवाउने खुट्टा धुने नुहाइदिने आदी कर्म गर्दै महाराष्ट्र को अहमदनगर नजिकै मेहराबादमा यस्ता दुखी हरु को सेवाका निम्ती अश्रम नै निर्माण गर्नु भयो ।

१९ वर्षको आयुमा एक रहस्यदर्शी महिला संत हजरत बाबाजान सङ्गको भेट पस्चात वहाँको जीवन नै परिवर्तन भयो त्यस पस्चात नागपुरका हजरत ताजुद्दीन बाबा, केदगांव का नारायण महाराज, शिर्डी का सांई बाबा र साकोरी का उपासनी महाराज गरी पांच महत्वपूर्ण सन्तहरु लाई आफ्नो जीवनका गुरु मान्नु भयो । सात वर्ष सम्म उपासनी महाराज सँग ज्ञान प्राप्त गरे पस्चात वहाँ अध्यात्मको शिखरमा पुग्नु भयो । त्यस पछी वहाँ का चेला हरु ले वहाँलाई मेहर बाबा नामले बोलाउन थाले । मेहर को अर्थ पनी कृपालु वा कृपावान भन्ने हुन्छ र साच्चै वहाँ कृपा र करुणाका सागर हुनुहुन्थ्यो ।



बाबा भन्नु हुन्थ्यो "I have come not to teach but to awaken" अर्थात म पढाउन वा सिकाउन नभै जगाउन आएको हुँ । “God Speaks” गड स्पिक्स नामक पुस्तकमा वहाँले दिनु भएको संसार सृस्‍टिको व्याख्या र अध्यात्माको सुक्ष्म बिश्लेषन अध्भूत छ । संसारमा संसारीहरुको माझमा उनिहरुको जिज्ञासा निवारण हेतु मैले तिमीहरुकै भाषामा बोल्न वाध्य छु भन्दै वहाँ भन्नु हुन्थ्यो

“परमात्माको सम्बन्धमा बुझाउन सम्भव छैन , उस्लाई तर्क र  सिद्धान्तमा बाध्न सकिदैन , न त उस्को बारेमा चर्चा नै गर्न सकिन्छ, न उस्लाई बुझ्न नै सकिन्छ, परमात्मा लाई मात्र जिउन सकिन्छ"

मौन किन बस्नु हुन्छ हामी सङ्ग बोल्नुस् भन्दा वहाँले ईशारामा र अक्षर लेखिएको एक बोर्डमा आफ्ना औंला हरु चलाएर जवाफमा भन्ने गर्नुहुन्थ्यो कि वास्तविक सम्बाद मौनमा नै हुने गर्दछ । जब को झगडा गर्दा चर्को चर्को स्वरमा बोल्नु को अर्थ हो कि मन मुटु देखी उनिहरु धेरै कोश पर हुन्छन त्यसैले चर्को बोलेर सम्बाद सम्भव हुन्छ तर प्रेम मौनमा नै सम्बाद गर्दछ । प्रेमी हरु घण्टौ समुन्द्र किनर हात समातेर मौन नै आनन्दित हुन्छन किन भने त्यहा हृदय नजिक हुन्छ । र म पनि तिमी हरु नजिक छु र म मौन मा नै सबै कुरा बुझिरहेको छु भन्ने गर्नु हुन्थ्यो । भनिन्छ सन्त भगवान रमण महर्शी पनि निकै कम बोल्नुहुन्थ्यो । र नजिक आएर मनले प्रश्न गर्नेले मनमा नै प्रश्नको जवाफ पनि पाउने गर्दथ्यो ।

ओशो ले गड स्पिक्स पुस्तकका सम्बन्ध मा भन्नु भएको केही अंश :

"यो पुस्तक एस्तो व्यक्तीले लेख्नु भएको हो । यो पुस्तकलाई सुफी सन्त जुन्नैद ले अवश्य मन पराउने थिए । मेहर बाबा तीस साल मौन रहे। कोई अन्य व्यक्ती यती लामो समय मौन रहेको अभिलेख पाईदैन । महावीर मात्रा बारह साला मौन रहे । यो ठुलो रेकर्ड थियो । मेहर बाबाले सारा रेकर्ड तोडिदिए । तिस साल मौन रहदा उन्ले हाथले मुद्रा बनाउने गर्दथे । जसरी मैले पनि बनाउने गर्दछु । किन भने केही कुरा मात्र मुद्राले भन्न सकिन्छ । मेहर बाबाले शब्द छोडिदिए तर मुद्रा छोड्न सकेनन । र यो हाम्रो अहोभाग्य हो कि उन्ले मुद्रा छोडेनन । उन्का निकटवर्ती शिष्य थिए र उनिहरुले ति मुद्रा बुझेर लेख्न सुरु गरे । र तिस साल पस्चात किताब प्रकाशित भयो । र पुस्तकको शीर्षक बड़ा अजीब थियो जस्तो कि हुनु नै पर्थ्यो शीर्षक थियो : गड स्‍पीक्‍स अर्थात ईश्‍वर बोल्दछ ।


मेहर बाबा मौनमा जिये र मौन मै मरे। उन्ले कहिल्यै कुरा गरेनन । तर उन्को मौन नै प्रखर वक्‍तव्‍य थियो । उनको अभिव्‍यक्‍ति, उनको गीत नै मौन थियो । यस् अर्थमा किताब को शीर्षक अजीब होइन ईश्‍वर साच्चै बोल्दछ ।

एक झेन किताब छ: फूल बोल्दैनन । यो बिलकुल गलत छ । फूल पनि बोल्दछन । त्यो उस्को सुगंध बाट बोल्दछ । निश्‍चित नै वह अङ्रेजी जापनी या संस्‍कृत बोल्दैन तर त्यो फूलहरुको भाषा बोन्दछ । तर मलाई थाहा छ किन भने मलाई सुगंधको एलर्जी छ । म कोशौ परको फूलको भाषा सुन्न सक्छु । त्यस कारण म मेरो अनुभव बाट भन्दै छु । यो कुनै प्रतीक होइन। ईश्‍वर पनि बोल्दछ । आवाज जस्तो सुकै होस् । यो कुरा मेहर बाबामा पनि लागु हुन्छ कि वहाँ बिना बोलेरै बोल्नुहुन्थ्यो । "

ओशो

बुक्‍स आय हैव लव्‍ड

उत्तरप्रदेश को हमीरपुर जिल्लामा बाबाका भक्त परमेश्वरी दयाल पुकरले १९६४ ई. मा मेहर मंदिरको निर्माण गरेका थिए । १८ नवंबर १९७० ई. मा मंदिरमा अवतार मेहर बाबाको प्रतिमा स्थापित गरिएको थियो । यहा प्रति वर्ष १८ र १९ नवंबर मेहर प्रेम मेलाको आयोजन पनि हुने गर्दछ । महाराष्टको मेहराबाद स्थित अश्रममा नै बाबाको समाधि रहेको छ । नेपाल र भारतमा भने त्यती प्रख्यात नरहे पनि ओशोले "Books I Have Loved" पुस्तक मा “God Speaks” नामक पुस्तक र  मेहर बाबाको मुक्त कण्ठले प्रसम्सा गरेपस्चात भने वहाँ लाई अझै धेरै ले चिन्ने मौका पाएका थिए । पुना लाई नै आफ्नो अध्यात्मिक क्रान्तिको थालो बनाउनु भएका ओशो ले यहाँ मेहर बाबा ले नै अध्यात्मको जग बसालेर मेरो लागि एक सही उर्जा निर्माण गरिदिनु भएकोले पनि मैले पुना नै रोजेको हुँ भन्नु भएको थियो ।

यस्ता महान सन्तको जन्मभएको दिन सम्झिएर वहाँका द्वारा प्रदत्त शिक्षालाई हाम्रो जीवनमा थोरै भए पनि उतार्न सके हाम्रो जीवन पनि धन्न्य धन्न्य हुने छ ।
सबै को जय होस् .
अस्तु ।

No comments:

Post a Comment

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion