मेरो जिवनमा संगीतको आगमन पनि अध्यात्म संग संगै भएको थियो, मेरो गाउ बर्दघाटमा म जन्मेकै वर्ष एक शिवालय मन्दिर बनेको थियो र त्यस ताका हरेक साझ हुने भजन कृतनमा म मेरो बुबाको काखमा बसेर जान्थे रे, र खुब नाच्थे रे, त्यो नृत्यको दृष्य भने कता कता सम्झन्छुु म, आज महशुष हुन्छ र म पूुण विश्वस्त छुु कि म भित्र त्यो परम शक्ता प्रतिको अनुराग र त्यो परम संगितको याद पनि त्यहि मन्दिरको भजनमा बोल्न पनि नजानि गाउदा गाउदै र नाच्नैै नजानि नाच्दा नाच्दै अवतरण भएको थियो ।
संसारिक गित गाएर नै संगितको यात्रा अघि बढ्दैथियो, जब शाश्त्रिय संगीत अध्यायन मा लागे, शाश्त्रिय संगीतका हरेक स्वर र रागले त्यहि बैराग्यको भाव जगाईरहन्थे । जुन प्यास गुरुको सत्संगले मेटियो र त्यो बिन्दुबाट अब संसारका सिकायत, दुख पिडा र नारि या पुरुषको नाक, कान, घाटि, आखा, इत्यादि वर्णित शरिर केन्द्रित गीतप्रति बितृष्णा पैदा हुदै गयो र संसारिक, भौतिकता भन्दा माथि उठेका गीत सृजना तिर लागे । सायद त्यस्तै केहि अलग संगीतको खोज गरिरहेको अवस्थामा मलाई गजलले छोयो र
सुनझै हजार चोटि खारेपो जीन्दगि हो ।
कुन बेहोशि ले भन्छ हारेको जीन्दगि हो ।।,
जस्ता गजल गाउन थाले । यो क्रममा गहिरो प्रेम भाव अभिब्यत्त केहि गजल पनि गाए जस्तै
छ के के लुकेको सजल ति नयनमा ।
म देखि रहेछु गजल ति नयनमा ।।
त्यस्तै
अतितको त्यो मधुर काहानि तिमीले बिस्र्याै मलाई थाहा छ ।
संगै सहेको त्यो घाम पानि तिमीले बिस्र्याै मलाई थाहा छ ।।
र रेडियो नेपालमा स्वर परिक्षा ऊतिर्ण भए पछि
म हारे रुपमा तिम्रो जुनेलि रात तिम्रै हो ।
नशाले भैगए अन्धो पिएको मात तिम्रै हो ।।,
गाएँ र यि गजलले नै मलाई सुवास अगम भनेर चिनाए ।
यसै क्रममा मेरो युरोपको चार वर्षे बसाइको पहिलोे बिहान जब म पढ्ने क्याम्पसको पहिलो कक्षामा जोन लेनन को, ईम्याजिन भन्नेगीत पहिलो पल्ट सुन्दै गाउदा गह भरिएर आयो र छाति फुलेर आयो कि संसारमा यास्ता पनि स्रष्टा रहेछन जो संसारका सिकायत, दुख पिडाका नकारात्मक भावका गीत भन्दा निकै पर समग्र संसार लाई एक घर र समग्र मानवसमाज लाई एक परिवार बनाउने भाव राख्दछन र मानवता लाई करुणा, मैत्रि र समानता सिकाउने गीत गाउदछन । हामी हाम्रो देशमा हाम्रो देश राम्रो र अरु दुश्मन भन्ने भाव विध्यार्थिमा जगाउने खालका कुरा सिकाउछौ तर त्याहा सारा संसारनै एक परिवार भन्ने हाम्रै उपनिशदका कुुरा
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
या
वसुधैव कुटुम्बम
वसुधैव कुटुम्बम
सिकाईरहेको देखे बुझेपछि त्यस प्रहरमा मैले निश्चय गरेको थिए कि अब म जीवन पर्यन्त यस्तै भावका गीत मात्र गाउने छु । यो माहान संगीतको यात्रामा मलाई अन्य बिश्व भरिका कलाकार जस्तै बब मार्लि, बब डिलोन, केट स्टेफेन, कृष्ण दाश, शनातम कौर, यम सि योगि, कैलाश खेर, नुशरथ फतेह अलि खान, आबिदा प्रविन र नेपालका रामेश, शिशिर योगि, आभाष र आनि चोईंग डोल्माले पनि निकै प्रभाव पार्नुभएको छ ।२०१४ को मार्च तिर होला नेपाली गजलको विकाशमा लागि परेका रेडियो कर्मि अच्यूत घिमिरेको बहुचर्चित कार्यक्रम बुलबुलमा अन्तवार्ताको क्रममा मैले एक नेपालि नयां गजलमा भाका हालेर गाएँ
म नाचिरहेछु देखाउनु केहि छैन
म हिडिरहेछु भेटाउनु केहि छैन
यो गजल रेकर्ड हुुदा पनि अच्यूत जि लाई कस्तो गजल गाउदैछु मैले भन्ने अन्दाज थिएन, न म नै पूण रुपमा सुनिश्चित थिए कि याे गजल गायन संगै मेराे गजलकाे धार तय हुने छ भनेर । र त्यो गजल याे संसार भन्दा निकै माथि उठेर लेखिएकोहुनाले त्योे अन्तर्वाता पश्चात निकै प्रभाव पार्न सफल भयो । र श्री गणेश भयो मेरो दिब्य गजलको यात्रा, यस गजलका लेखक मेरा परम पृय मित्र र अग्रज साधक शान्तम र म बिच दिब्य गजल लेखन र संगित सृजनकर्म सुरुभयो फल स्वरुप केहि उत्कृष्ट गजल तयार भए जुन मध्ये एक मेरो पहिलो एल्वम मा समाविष्ट छ, जुन अब केहि मैनामा वजारमा आउदै छ ।
दिव्य गजलकाे याे यात्रामा, धेरै साधकलार्इ अब हामीले लेखेकाे गजल सुवासले नगाउने भए भनेर नराम्राे लागेकाे पनि पाए । म यस सन्दर्भमा यहि भन्न चाहन्छु कि । कैले सम्म रूदै कराउदै अाफ्नाे खुसि अरूबाट खाेज्ने , कैले सम्म नकारात्मक भावलार्इ बाेकेर हिड्ने । कैले सम्म अाेरालि लागेकाे हरिणाकाे चाल भयाे या नबिर्साे तिमिलार्इ नपाए तिमीलार्इ बिना अर्थ दिलमा सजाए , या जीन्दगीले एसरि धाेका दियाे , भनिरहने ।
बरू जीन्दगी याे उत्सव हाे वरदान र्इश्वरकाे , या म त लालि गुरास भएछु किन नभन्ने ।
हाम्राे नेपालीमा एउटा भनार्इ छ नि ,
हामीले नजानिकन हाम्रा श्रष्टालार्इ नकारात्मक श्रृजनाहरू श्रृजित गर्न प्रेरणा दिइरहेका छाै , हामी बाेल्दा पनि नेपाल खत्तम भयाे , याहा केहि हुन सक्दैन अादि कुरा गरेर नकारात्मक हावा संप्रेशण गरिरहेका छाै त्यसैले काेही त यस्काे लागि उठ्नै पर्छ जस्ले सकारात्मक असर छाेड्न सकाेस ।
शिशिर याेगि जि ले गाए जस्तै
म पनि याे समाजलार्इ नयाँ दिशा दिन , नयाँ संगीत श्रृजना गरिरहेछु । र त्यस्ता सर्जककाे खाेजि गरिरहे छु जाे बिक्षिप्त भएर , रक्सि खाएर हैन ध्यन , साधना र प्रकृति या परम प्रति अहाेभावले भरिएर नयाँ गीत गजल लेखिरहेछन । यस्ता गीत गजल लेख्न ध्यान , साधना र सत्संगले नै अनुभुति र अभिब्यत्ति अाउने हुदा , त्यस्ता गीत गजल लेख्न चाहाने साथिहरूलार्इ त्यस तर्फ लाग्न अनुराेध गर्न चाहन्छु ।
याे भनार्इले मलार्इ प्रस्ट पार्छ जस्ताे लाग्छ , म अाशाका गीत गाउन चाहन्छु , भराेसा का गीत गाउन चाहन्छु , साचाे गहिराे प्रेमका गीत गाउन चाहन्छु , अनि मलार्इ बनाउने याे प्रकृति र भगवानकाे गीत गाउन चाहन्छु, सपना गीत गाउन चाहन्छु , कल्पना गीत गाउन चाहन्छु , पकृति गीत गाउन चाहन्छु , म नेपाली हिमाल र लालीगुरासकाे सुवास संसार भरि फैलाउन चाहन्छु । म अाखा खाेलेरै सपना देख्दै सुनाैलाे बिहानि , शान्ति , प्रेम र सद्भाव गाउन चाहन्छु ।
मलार्इ सहयाेग गर्नुहाेला ल ।

जस्ताे खायाे अन्न त्यस्तै हुन्छ मन ।
जस्ताे खायाे पानी उस्तै हुन्छ बानी ।।
हामीले नजानिकन हाम्रा श्रष्टालार्इ नकारात्मक श्रृजनाहरू श्रृजित गर्न प्रेरणा दिइरहेका छाै , हामी बाेल्दा पनि नेपाल खत्तम भयाे , याहा केहि हुन सक्दैन अादि कुरा गरेर नकारात्मक हावा संप्रेशण गरिरहेका छाै त्यसैले काेही त यस्काे लागि उठ्नै पर्छ जस्ले सकारात्मक असर छाेड्न सकाेस ।
शिशिर याेगि जि ले गाए जस्तै
याे देशमा म एउटा मानिस खाेजिरहेछु
म पनि याे समाजलार्इ नयाँ दिशा दिन , नयाँ संगीत श्रृजना गरिरहेछु । र त्यस्ता सर्जककाे खाेजि गरिरहे छु जाे बिक्षिप्त भएर , रक्सि खाएर हैन ध्यन , साधना र प्रकृति या परम प्रति अहाेभावले भरिएर नयाँ गीत गजल लेखिरहेछन । यस्ता गीत गजल लेख्न ध्यान , साधना र सत्संगले नै अनुभुति र अभिब्यत्ति अाउने हुदा , त्यस्ता गीत गजल लेख्न चाहाने साथिहरूलार्इ त्यस तर्फ लाग्न अनुराेध गर्न चाहन्छु ।
याहा विश्व प्रशिद्ध संगीत सर्जक बिथाेबिनका हरफ हरू उल्लेख गर्न चाहन्छु
The vibrations on the air are the breath of God speaking to man's soul. Music is the language of God. We musicians are as close to God as man can be. We hear his voice, we read his lips, we give birth to the children of God, who sing his praise. That's what musicians are.
याे भनार्इले मलार्इ प्रस्ट पार्छ जस्ताे लाग्छ , म अाशाका गीत गाउन चाहन्छु , भराेसा का गीत गाउन चाहन्छु , साचाे गहिराे प्रेमका गीत गाउन चाहन्छु , अनि मलार्इ बनाउने याे प्रकृति र भगवानकाे गीत गाउन चाहन्छु, सपना गीत गाउन चाहन्छु , कल्पना गीत गाउन चाहन्छु , पकृति गीत गाउन चाहन्छु , म नेपाली हिमाल र लालीगुरासकाे सुवास संसार भरि फैलाउन चाहन्छु । म अाखा खाेलेरै सपना देख्दै सुनाैलाे बिहानि , शान्ति , प्रेम र सद्भाव गाउन चाहन्छु ।
मलार्इ सहयाेग गर्नुहाेला ल ।
tl:j/ u'un 96 sd |
No comments:
Post a Comment