Wednesday 6 March 2019

आज ७ मार्च अर्थात विश्व प्रसिद्ध पुस्तक 'योगी को आत्मकथा' का लेखक महान सन्त परमहंस योगानंद को महापारीनिर्वाण दिवस



"योगी को आत्म कथा" नाम गरेको पुस्तक नपढ्ने नदेख्ने शायद काम नै हुनुहुन्छ होला आजकै दिन सन १९५२ मार्च मा  बिल्ट्मोर होटल, लस एन्जेलेस, क्यालीफोर्निया मा उन्ले शरीर त्याग गरेका थिए परमहंस योगानन्द को जन्म जनवरी १८९३ मा गोरखपुरमा भएको थियो उनी  बीसौं शताब्दीका एक बिख्यात आध्यात्मिक गुरू, योगी सन्त थिए क्रिया योगको निकै लामो परम्परा लाई पच्छ्याउदै उनले आफ्नो अनुयायिहरूलाई क्रिया योगको साधना गराउदै सम्पूर्ण विश्वमा त्यसको प्रचार तथा प्रसार गरेका थिए आज क्रिया योग परमात्मा साक्षातकारको साबै भन्दा उत्तम बिधीको रुपमा संसार भरी मान्यता पाएको योगानन्दका अनुसार क्रिया योग ईश्वरसँग साक्षात्कारको लागि एउटा प्रभावकारी विधि हो जसको पालनले कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई सफल इश्वरलाई प्राप्त गर्न अग्रसर हुन सक्छन् योगानन्द प्रथम भारतीय गुरु थिए जसले आफ्नो जीवनमा पुर्विय सभ्यता का गुह्य रहश्य हरु पश्चिमी हरु का बिच मा ल्याउने काम गरेका थिए त्यसो स्वामी विवेकानन्द ले पनि पश्चिमी राष्ट्रहरूमा सन १८९३ मा प्रथम पल्ट पार्लियामेन्ट अफ वर्ल्डस रिलिजनको कार्यक्रममा बोलेका थिए जो योगानन्द भन्दा ३० वर्षले जेठा थिए तर प्रथम भारतीय गुरु को रुपमा भने योगानन्दले नै पश्चिमी राष्ट्रहरूमा पाइला टेकेर भारतीय उपमहादिप का सन्त हरुको ज्ञान पुर्विय महान परम्पराको उज्यालो देखाएर सबै लाई चकित परेका थिए जुन कर्ममा पछी विवेकनन्दले अझै इट्टा थप्ने काम गरेका थिए

          उन्को प्रसिद्ध ग्रंथ 'योगी कथामृत'वा 'योगी को आत्मकथा' संसारमा प्रती दिन सबै भन्दा बिक्ने पुस्तक हरु मा अगाडि रहेको छ । यस् पुस्तकमा भारत वर्षका महानतम सन्त हरु सँगको अन्तरङ्ग कुराकानी र साधनाका रहश्यहरु को बारेमा उल्लेख गरिएको छ । यो पुस्तक साधना को मार्गमा लाग्ने हरु का लागि अती नै सहयोगी पुस्तक को रुप मा लीइन्छ । 

          उत्तरप्रदेशको गोरखपुरमा ५ जनवरी १८९३ मा जन्मिएका योगानन्दको मूल नाम मुकुन्दलाल घोष थियो । २७ बर्ष को उमेर सम्म विश्वबिद्यालय को पढाई सकेर भारतबर्ष का समस्थ सन्त र माहात्मा हरु लाई भेटेर अध्यात्म को गहिराइ मा डुब्न को लागि गुरु युक्तेश्वर गिरी सँग औपचारिक रुप मा सन्यास गर्हण गरी २७ बर्षे युवा अमेरिका पुगी आफ्नो प्रतिभा ले सबै लाई चकित गरेर "योगदा सत्संग सोसायटी" को निर्माण समेत गरेका थिए। योगदा सत्संग सोसाइटी ऑफ़ इंडिया को स्थापना भने परमहंस योगानन्द द्वारा सन १९१७ मा सम्पन्न भई सकेको थियो । 

 परमहंस योगानन्द को मूल योगदानको रुप मा लीईने क्रियायोग आज संसार भरी साधाना को मूल रुप बनेको छ । 






 के हो क्रियायोग भनेको ?

 क्रियायोगका सम्बन्धमा विष्णुप्रसाद श्रेष्ठ ले लेख्नु भएको योग वर्णन यहाँ प्रस्तुत गरेको छु :

विश्वप्रसिद्ध सन्त योगानन्द परमहंसद्वारा लिखित ” अटोबायोग्राफि अव अ योगी ” अर्थात् योगीको आत्मकथा भन्ने पुस्तक सन्  १९४६ मा प्रकाशित भएपछि क्रियायोग शब्दले व्यापकता पाएको हो। क्रिया योगबारे सो पुस्तकमा वर्णनगरिएको छ। सो पुस्तकमा क्रियायोगको अभ्यास कसरी गर्ने भन्ने सम्बन्धमा उल्लेख गरिएको छैन तर गुरुपरम्पराबाट दीक्षा लिनुपर्ने कुराको वर्णन त्यसमा गरिएको छ। क्रियायोगको अभ्यास पुस्तक पढेर हैन गुरुपरम्पराबाट सिक्नुपर्ने व्यवस्था गरिएको छ।

क्रियायोगले यति व्यापकता पाएकोछ कि अधिकांश पश्चिमा राष्ट्रहरुमा तथा नेपाल र भारतका योग सेन्टरहरुमा यसको अभ्यास गराइन्छ। यद्यपि अधिकांश प्रशिक्षण आधिकारिक नभएको पाइन्छ। क्रिया संस्कृत शब्द हो। कृ धातुबाट बनेको क्रिया शब्दको अर्थ गर्नु हो। सम्बन्ध जोड्ने अर्थमा योग शब्द प्रयोग हुन्छ। क्रियायोग शब्दले कुनै विशिष्ठ क्रिया वा विधिद्वारा परमात्मासंग मिलन हुने अर्थ प्रदान गर्दछ।

क्रियायोग प्रक्रिया एक विशिष्ठ प्रकारको प्राणायम पद्धति हो। यो योग निष्ठापूर्वक नित्य अभ्यास गर्नाले जीव जन्म मरणको चक्करबाट छिटै मुक्त हुन्छ र इश्वरसंग साक्षात्कार गर्दछ भनिएकोछ। श्रीमद्भगवद्गीतामा क्रियायोगबारे यसरी वर्णन गरिएकोछ :

“अपान वायुलाई प्राण वायुमा र प्राण वायुलाई अपानमा होम गरिन्छ। त्यसैगरी प्राणायाम परायण भएर प्राण र अपानको गतिलाई रोकेर प्राणलाई प्राणमा नै होम गर्दछ।

यहाँ क्रियायोगमा गरिने विशिष्ट प्रकारको वर्णन गरिएको छ। यहाँ प्राणवायु र अपानवायुलाई आपसमा मिलाई समान गर्नु भनिएको छ। यो प्राणवायु र अपान वायु भनेको के हो  र कसरी यिनीहरुलाई मिलाउने भन्ने विधि गुरु परम्पराबाट सिक्नु पर्ने हुनाले परमहंस योगानन्दले आत्म जीवनी पुस्तकमा उल्लेख गर्नु भएन।

योगसाधनामा प्राणायमको ठूलो महत्व छ। योग दर्शनमा उल्लेख भए अनुसार प्राणायामभन्दा श्रेष्ठ तपस्या अर्को छैन। यसबाट ज्ञानको प्रकाश हुन्छ। जबसम्म ज्ञान हुँदैन तवसम्म देहमल नष्ट हुँदैन। र इश्वर साक्षात्कार पनि हुँदेन।

प्राणको साधना नै सवोर्च्च ब्रह्म साधना हो। प्रचीन कालमा ऋषिमुनिहरु यही साधना गर्दथे। प्राण स्थिर नभई ब्रह्म साक्षात्कार हुदैन। क्रियायोगको साधनाले प्राण स्थिर गर्न र एकाग्र हुन सिकाउँछ। गीतामा भगवान कृष्णले अर्जुनलाई क्रियायोग बताउनु भएकोछ।

आधुनिक युगमा महावतार बाबाजीले लाहिडी महाशयलाई यस योगको दीक्षा दिनुभयो। लाहिडी महाशयबाट जनमानसमा प्रचार भयो। परमहंस योगानन्दले यस योगलाई विश्वव्यापी रुपमा प्रचार गर्नुभयो। उहाँले स्थापना गर्नुभएको योगदा सत्संग सोसाईटी र सेल्फ रियलाइलेशन फेलोशिपमार्फत क्रियायोगको प्रचार प्रसार एवम् दीक्षा दिने काम भईरहेकोछ।

क्रियोगको महत्वबारे परमहंस योगानन्दले आफनो पुस्तकमा वर्णन गर्नुभएको छ। दिनमा एकहजार पटक क्रियायोग गरेमा , एक दिनमा एकहजार वर्षको स्वभाविक विकासको मात्रा बराबर हुनआउँछ। यही हिसावले एक वर्षसम्म क्रियायोग सधना गर्नाले ३ लाख ६५ हजार वर्षको स्वभाविक आध्यात्मिक विकास एकवर्षमा हुन्छ।

एक क्रिया गर्न सामान्यतः ३० सेकेन्ड लग्दछ। अतः ३० सेकेण्डमा गरिएको साधनाको परिणाम एक वर्षसम्म गरिएको अन्य तीथ व्रत दान लगायतको साधना बराबर हुन्छ। यसरी साधकले ४० , ५० वर्षसम्म निष्ठापूर्वक क्रियायोग साधना गर्ने अवसर प्राप्त गरेमा उसले लाखौं वर्ष बराबरको साधना गरेको मानिन्छ। यसले ऊ भित्रको विक्षेप वा मल नाश हुन्छ। यसबाट सञ्ति कर्म वा प्रारब्ध कर्म पनि क्षय हुन्छ। यसलेगर्दा जीवले धेरै जन्म लिनु पर्ने बाध्यता रहँदैन। यदि यही जन्ममा मुक्त हुन नसकेमा अर्को जन्ममा पनि उसले क्रियायोगको साधना गर्दछ र मुक्त हुन्छ।

आधुनिक कालमा यस क्रियायोगलाई पुनर्जीवन दिने काम महावतार बाबाबाट भएको हो। महावतार बाबा अमर हुनुहुन्छ भनिएको छ। उहाँले आदि शंकराचार्यलाई पनि क्रियायोग प्रदान गर्नुभएको थियो। बाबाजी अहिले सशरीर विद्यमान हुनुभएपनि सांसारिक रुपमा जनसमक्ष पकट हुनुभएको छैन। क्रियायोगको साधना अत्यन्त सरल र वैज्ञानिक विधि हो। यो साधनाबाट आत्मकल्याण हुन्छ भन्ने कुरामा सन्देह छैन।

आज भोलि विश्वव्यापी रुपमा योगप्रति चासो बढ्दै गएको छ। संयुक्त राष्ट्र संघले योगको महत्व बुझेर यसको प्रचार प्रसार गर्नका लागि जुन २१ तरिखलाई योग दिवसका रुपमा मनाउँन आफना सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ। पश्चिमका वैज्ञानिक तथा अनुसन्धनकर्ताहरुलेसमेत योगबाट शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग महत्वपूर्ण हुन्छ भन्ने अभिव्यक्ति दिएपछि हाल कतिपय अस्पतालहरुमा योग चिकित्सा कक्षसमेत स्थापना गरेका छन्। कतिपय उद्योगमा कार्यरत कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्धि होस् भन्ने द्रिष्टिले उनीहरुलाई योगको प्रशिक्षण दिनुका साथै योगाभ्यास गर्ने व्यवस्था मिलाइएको पाइन्छ।

योगको व्यापक मात्रामा प्रचार प्रसार भएतापनि धरैको धारणामा योग भनेको शारीरिक तन्दुरस्ती राखने अभ्यास हो भन्ने बुझने गरेको पाइन्छ। शारीरिक स्वास्थ्य योगको एक पक्ष भएतापनि यसको मूल उद्देश्य भनेको मानिसको सर्वाङगीण विकास गर्दै परमात्मासंग सम्बन्ध स्थापना गर्नु हो।

हाम्रो आध्यात्मिक साधनामा नाडीको ठूलो महत्व रहेको छ। यस्तैगरी षड्चक्रको पनि महत्व छ। भनिन्छ जवसम्म हाम्रो प्राण सुषुम्णा नाडिबाट प्रवाहित हुँदैन तबसम्म हाम्रो साधनाको विकास हुँदैन। सुषुम्णा नाडीबाट प्राण प्रवाहित भएमा षडचक्र जागृत हुन्छ। षडचक्र जागृत भएमा कुण्डलिनी शक्ति जागृत हुन्छ। क्रियायोगको साधनाबाट हाम्रो प्राण सुषुम्णा नाडीबाट प्रवाहित गरिन्छ। यसरी कुण्डलनी शक्ति जागृत गराउने एक सशक्त माध्यम क्रियायोग हो। क्रियायोगको माध्यमबाट आत्मसाक्षात्कार हुन्छ। त्यसैले अत्यन्त सरल , छिटो र प्रभावकारी साधना क्रिया योग हो भन्नु अत्युक्ति नहोला।  





भनिन्छ कि ध्यानका सबै बिधीहरु मा सर्बोच्च बिधी हो क्रियायोग । यस्ले शरीरमा प्राण-शक्ति को सूक्ष्म प्रवाह लाई शक्तिशाली बनाउदछ एवं ऊर्जाशिल बनाउदछ। व्यक्तिको चेतनाले उच्चतर स्तरहरु को प्राप्ती गर्दछ । जस्को कारण सुस्त सुस्त एक आंतरिक जागृति को अवस्था आउछ।  क्रियायोग को अभ्यास द्वारा प्राप्त हुने वाला सुनिश्चित एवं क्रमानुगत परिणाम का सम्बन्धमा परमहंसले भन्नु भएको थियो कि “यो गणित को जस्तो सैली मा कार्य गर्ने गर्द छ; यस्को परिणाम सुनिश्चित छ।“

योगदा सत्संग सोसाइटी ले आज नेपाल भारत अमेरिका बेलायत एुरोप लगायत विश्व को सबै स्थान मा आफ्न केन्द्र हरु सन्चालन गरी भारतीय परम्परा र क्रियायोग का शिविरहरु संचालन गरी रहेको छ । अनाथालय एवं कुष्ठ रोगिहरु का लागी सहायता प्रदान गर्दछ र प्राकृतिक आपदाले ग्रसितहरु लाई  आपातकालीन सहायता पनि उपलब्ध गराउद छ ।

परमहंस को सुविख्यात आत्मकथा लाई टाईम्स पत्रिका ले २०औ सताब्दीको  सर्वाधिक प्रभावपूर्ण अध्यात्मिक पुस्तक रहेको लेखेको थियो । परमहंस योगानन्द जी को पार्थिव शरीर ७ मार्च १९५२ देखी आज सम्म पनि लस एन्जल्स को फरेस्ट लाओन मेमोरिएल पार्क मा राखीएको छ ।

 

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion