Sunday 10 July 2016

हामी प्रेम बाड्न आएका हौ , प्रेमल हुनु हाम्रो स्वभाव हो, हिम्श्रक होइन ।


     आमाको मुख हेर्ने दिनमा सबै जानाले आमाको तस्विर मायाले पोष्ट गरेको बेला सोचेको थे कि यो कुरा भनु, आज इदको मौसम पारेर भन्नै मन भयो, जसरी हामी आमालाई प्रेम गर्छौ हरेक प्राणिको आमा र बच्चामा उहि सम्बन्ध र अनुभुति हुन्छ, अन्य प्राणि जुत्ताको लेदर, पेटि, बर्गर,र मासु होइन ति पनि बाच्न जन्मिएका हुन, यो गजतमा सबै प्राणिको उत्तिकै बाच्ने अधिकार छ । इदको यो पर्वको आसपास म यहि बिन्ती गर्छुः कसैको मासु खानु अपराध र हत्या नै हो । हामी प्रेम बाड्न आएका हौ हिंसा गर्न हैन ।

बिज्ञानले भन्छ कि मान्छे, गाई, भैंसी,घोडा ,बाख्रा जो घाँस पात सब्जी या अन्न खाने प्रा‍णी सबै जन्मीना साथ आँखा खोल्छन ।

तर माम्सहारी जीव कुकुर, बिरालो, बाघ, भालु जन्मेको केही दिनमा मात्र आँखा खोल्छन । किन भने हाम्रो प्रकृति फरक छ ।

हाम्रो आन्द्रा लामो हुन्छ (मासु पचाउन नपर्ने हुदा)

हाम्रो दात, नङ, धारिलो हुदैन ( मासु खान या सिकार गर्न नबनेकोहुदा)

माम्सहारी जीवको आन्द्रा  छोटो, हुन्छ (मासु पचाउन पर्ने हुदा)

माम्सहारी जीवको दात, नङ, धारिलो हुन्छ ( मासु खान या सिकार गर्न बनेकोहुदा)

अब म के भनु, हामी कुनै प्रकारले पनि माम्सहारी जीव हैनौ ।हाम्रो शरीरनै त्यसरी बनेको छ, तेसैले आफ्नै शरीर लाई र अन्य प्रा‍णीलाई अन्याय किन गर्नु ।भगवान बुद्धले धम्मम सरणम गच्छामि भनेको धम्म अर्थात धर्म या प्रकृतिको शरणमा जाउ या प्रकृतिक बनु भन्नुभएको हो । मानवको शरीर अन्न र साग पात खानको लागि नै बनेको छ । त्यसैले प्रकृतिक जीवन बाचौ । प्राकृत बनौ त्यही सहि धर्म हो ।

अथ प्रेमं शरणं गच्छामी
धम्मम शरणं गच्छामी
प्रकृति शरणं गच्छामी
प्रेमपुर्ण अभिवादन
सुवास अगम




photo courtesy : www.google.com



photo courtesy : www.google.com

No comments:

Post a Comment

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion