Showing posts with label Inspiration. Show all posts
Showing posts with label Inspiration. Show all posts

Sunday, 10 April 2016

Thought can change the world positively :

Picture Courtesy : SADA /Prakash Bhattrai
      Thought appears to be only one thing repeatedly revolving in our mind. When that thought takes positive or negative side, it swipes away all our existence towards that side. To understand it more deeply we shall dig more how thought shapes our life, what can be done, and by going through it's scientific evidences. Then we know thought can change our life. Just by twisting the intention of our thought life can take a U-turn . 
      Thought effects each and every aspects of life. Just by thinking about lemon juice our mouth starts creating saliva, just by thinking about a cute baby or a puppy our heart fills will love and compassion, and just by thinking about a cruel man our heart starts beating fast and our whole being get disturbed immediately. Here we must ask our self, what is that which makes our being changed with the blink of different affaires : that definitely refers to thought. That thought plays as a key element to create such feelings when we change the channel of feeling and thinking through thought.
      Thought changes surrounding, heal the body, attract the riches, attract the love of our life, and what not. These days so many scientists, philosophers, life-coach are talking and sharing this term called "The Law of Attraction". Which says: what ever we have in our life is the result of our thought. Accident, faller, break-up, loss, sickness all are the by-product of our negative thought of continues feeling of not wanting to be in that particular situation. But by not wanting to be in that situation we continuously create the energy and vibration as if we are asking the nature to bring that state in our life. On the contrary, if we focus our intention on what we already have and just by being thankful for all the gifts of life, we attract more glorious gifts we never know about. And by being in this continuous feeling of gratitude life starts surprising us in every new steps by offering so many new horizons of possibilities.
      Thought can change the molecule of our body and things around. Dr. Masaru Imoto a Japanese scientist researched in water which demonstrates that human vibrational energy, thoughts, words, ideas, and music effect the molecular structure of water. The very same water that comprises over 75% of a mature human body and covers the same amount of our planet. He takes clean water puts it in many different jar, labels it with different words like love, gratitude, hate, sickness, compassion and let it stay for few hour, frizzes it and checks the molecule of crystalized water through special microscope. He even checked the water from polluted river and clean stream , played music in front of jar with dirty polluted water and the result was miraculous . Here we can see the picture of different water sample that Dr. Imoto took from his special microscope. 
Picture Courtesy : Google.com
      This ground-breaking  research proved that water can absorb the feeling, music and thought. That also proved that Hindu believe of drinking holy water from river beside the temple had a great science behind. That river water would absorb all the prayer that have been offered through the ages, even praying before having food also was scientific act so that mantra would created a good vibration so that food becomes healing diet. This research also excavates the reason behind why the main stream media is forced to speak in the favor of government and the powerful one's so that  news will become the believable thought for peoples and they believe and create the bias collective consciousness against other cast, creed, group, and nation and go for war or act in the favor of their wish as we saw in the history many times. I wonder if this water can absorb such a great message and make change in its molecule then what worse have we done with us and this planet earth as we both hold more then 75% of water within. With these many evidence we come to this understanding that thought can create change in our life and surrounding. As Buddha quotes " All that we are is the result of what we have thought." Hence, we can change the world by changing our thought focusing the brightest side of life as much as possible.

Sunday, 20 September 2015

म अाखा खाेलेरै सपना देख्दै सुनाैलाे बिहानि , शान्ति , प्रेम र सद्भाव गाउन चाहन्छु ।

 
          २००७ जनवरि २० मा बोधिसत्व स्वामि आनन्द अरुण ज्यु बाट परमगुरु ओशो को नव सन्यासमा दिक्षित भए पश्चात म दिक्षा पूर्वको सुवास नै रहिन, त्यो एक अनौठो भाव भने बालखकाल देखिनै थियो तर घर परिवार समाजको रँग र डंगमा नाचिरहेको थिए, तर एक अन्जानकोहि थियो म भित्र जो बाटो हिड्ने जोगि देख्दा खुसि हुन्थ्यो, मठ(मन्दिर जादा रमाउथ्यो र अध्यात्मिक सभा या अनुश्ठानमा बस्न रुचाउथ्यो, त्यो भाव र यो संसार बिचको पर्दा भने, यो देब भुमि जाहा ऋषिमुनिले वास गर्न रुचाए, जाहा पशुपतिनाथले बास गर्नुहुन्छ, जाहा खप्तड बाबा, शिवपुरि बाबा, योगि नरहरिनाथले बास गर्नुुभयो, यो मन्दिरै मन्दिरको नगरि काडमांडौ आउना साथ याहाको हावामा सास लिना साथ सन्यासको भाव जाग्यो र कहिले त्यो सत्गुरुको मंगल शुत्र लगाउ र त्यो परमको सुहागनि बनु भन्ने भाबले गुरु सम्म पुर्यायो ।

         मेरो जिवनमा संगीतको आगमन पनि अध्यात्म संग संगै भएको थियो, मेरो गाउ बर्दघाटमा म जन्मेकै वर्ष एक शिवालय मन्दिर बनेको थियो र त्यस ताका हरेक साझ हुने भजन कृतनमा म मेरो बुबाको काखमा बसेर जान्थे रे, र खुब नाच्थे रे, त्यो नृत्यको दृष्य भने कता कता सम्झन्छुु म, आज महशुष हुन्छ र म पूुण विश्वस्त छुु कि म भित्र त्यो परम शक्ता प्रतिको अनुराग र त्यो परम संगितको याद पनि त्यहि मन्दिरको भजनमा बोल्न पनि नजानि गाउदा गाउदै र नाच्नैै नजानि नाच्दा नाच्दै अवतरण भएको थियो ।

           संसारिक गित गाएर नै संगितको यात्रा अघि बढ्दैथियो, जब शाश्त्रिय संगीत अध्यायन मा लागे, शाश्त्रिय संगीतका हरेक स्वर र रागले त्यहि बैराग्यको भाव जगाईरहन्थे । जुन प्यास गुरुको सत्संगले मेटियो र त्यो बिन्दुबाट अब संसारका  सिकायत, दुख पिडा र नारि या पुरुषको नाक, कान, घाटि, आखा, इत्यादि वर्णित शरिर केन्द्रित गीतप्रति बितृष्णा पैदा हुदै गयो र संसारिक, भौतिकता भन्दा माथि उठेका गीत सृजना तिर लागे । सायद त्यस्तै केहि अलग संगीतको खोज गरिरहेको अवस्थामा मलाई गजलले छोयो र

सुनझै हजार चोटि खारेपो जीन्दगि हो ।
कुन बेहोशि ले भन्छ हारेको जीन्दगि हो ।।, 

जस्ता गजल गाउन थाले । यो क्रममा गहिरो प्रेम भाव अभिब्यत्त केहि गजल पनि गाए जस्तै

छ के के लुकेको सजल ति नयनमा ।
म देखि रहेछु गजल ति नयनमा ।।   
त्यस्तै
अतितको त्यो मधुर काहानि तिमीले बिस्र्याै मलाई थाहा छ ।
संगै सहेको त्यो घाम पानि तिमीले बिस्र्याै मलाई थाहा छ ।।

र रेडियो नेपालमा स्वर परिक्षा ऊतिर्ण भए पछि

म हारे रुपमा तिम्रो जुनेलि रात तिम्रै हो ।
नशाले भैगए अन्धो पिएको मात तिम्रै हो ।।, 

गाएँ र यि गजलले नै मलाई सुवास अगम भनेर चिनाए ।
यसै क्रममा मेरो युरोपको चार वर्षे बसाइको पहिलोे बिहान जब म पढ्ने क्याम्पसको पहिलो कक्षामा जोन लेनन को, ईम्याजिन भन्नेगीत पहिलो पल्ट सुन्दै गाउदा गह भरिएर आयो र छाति फुलेर आयो कि संसारमा यास्ता पनि स्रष्टा रहेछन जो संसारका  सिकायत, दुख पिडाका नकारात्मक भावका गीत भन्दा निकै पर समग्र संसार लाई एक घर र समग्र मानवसमाज लाई एक परिवार बनाउने भाव राख्दछन र मानवता लाई करुणा, मैत्रि र समानता सिकाउने गीत गाउदछन । हामी हाम्रो देशमा हाम्रो देश राम्रो र अरु दुश्मन भन्ने भाव विध्यार्थिमा जगाउने खालका कुरा सिकाउछौ तर त्याहा सारा संसारनै एक परिवार भन्ने हाम्रै उपनिशदका कुुरा
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
या 
वसुधैव कुटुम्बम
सिकाईरहेको देखे बुझेपछि त्यस प्रहरमा मैले निश्चय गरेको थिए कि अब म जीवन पर्यन्त यस्तै भावका गीत मात्र गाउने छु । यो माहान संगीतको यात्रामा मलाई अन्य बिश्व भरिका कलाकार जस्तै बब मार्लि, बब डिलोन, केट स्टेफेन, कृष्ण दाश, शनातम कौर, यम सि योगि, कैलाश खेर,  नुशरथ फतेह अलि खान, आबिदा प्रविन र नेपालका रामेश, शिशिर योगि, आभाष र आनि चोईंग डोल्माले पनि निकै प्रभाव पार्नुभएको छ ।२०१४ को मार्च तिर होला नेपाली गजलको विकाशमा लागि परेका रेडियो कर्मि अच्यूत घिमिरेको बहुचर्चित कार्यक्रम बुलबुलमा अन्तवार्ताको क्रममा मैले एक नेपालि नयां गजलमा भाका हालेर गाएँ

म नाचिरहेछु देखाउनु केहि छैन
म हिडिरहेछु भेटाउनु केहि छैन



यो गजल रेकर्ड हुुदा पनि अच्यूत जि लाई कस्तो गजल गाउदैछु मैले भन्ने अन्दाज थिएन, न म नै पूण रुपमा सुनिश्चित थिए कि याे गजल गायन संगै मेराे गजलकाे धार तय हुने छ भनेर । र त्यो गजल याे संसार भन्दा निकै माथि उठेर लेखिएकोहुनाले  त्योे अन्तर्वाता पश्चात निकै प्रभाव पार्न सफल भयो । र श्री गणेश भयो मेरो दिब्य गजलको यात्रा, यस गजलका लेखक मेरा परम पृय मित्र र अग्रज साधक शान्तम र म बिच दिब्य गजल लेखन र संगित सृजनकर्म सुरुभयो फल स्वरुप केहि उत्कृष्ट गजल तयार भए जुन मध्ये एक मेरो पहिलो एल्वम मा समाविष्ट छ, जुन अब केहि मैनामा वजारमा आउदै छ ।
        
दिव्य गजलकाे याे यात्रामा, धेरै साधकलार्इ अब हामीले लेखेकाे गजल सुवासले नगाउने भए भनेर नराम्राे लागेकाे पनि पाए । म यस सन्दर्भमा यहि भन्न चाहन्छु कि । कैले सम्म रूदै कराउदै अाफ्नाे खुसि अरूबाट खाेज्ने , कैले सम्म नकारात्मक भावलार्इ बाेकेर हिड्ने । कैले सम्म अाेरालि लागेकाे हरिणाकाे चाल भयाे या नबिर्साे तिमिलार्इ नपाए तिमीलार्इ बिना अर्थ दिलमा सजाए , या जीन्दगीले एसरि धाेका दियाे , भनिरहने ।
बरू जीन्दगी याे उत्सव हाे वरदान र्इश्वरकाे , या म त लालि गुरास भएछु किन नभन्ने ।

हाम्राे नेपालीमा एउटा भनार्इ छ नि , 
जस्ताे खायाे अन्न त्यस्तै हुन्छ मन ।
जस्ताे खायाे पानी उस्तै हुन्छ बानी ।।



हामीले नजानिकन हाम्रा श्रष्टालार्इ नकारात्मक श्रृजनाहरू श्रृजित गर्न प्रेरणा दिइरहेका छाै , हामी बाेल्दा पनि नेपाल खत्तम भयाे , याहा केहि हुन सक्दैन अादि कुरा गरेर नकारात्मक हावा संप्रेशण गरिरहेका छाै त्यसैले काेही त यस्काे लागि उठ्नै पर्छ जस्ले सकारात्मक असर छाेड्न सकाेस । 

शिशिर याेगि जि ले गाए जस्तै 
   याे देशमा म एउटा मानिस खाेजिरहेछु

म पनि याे समाजलार्इ नयाँ दिशा दिन , नयाँ संगीत श्रृजना गरिरहेछु । र त्यस्ता सर्जककाे खाेजि गरिरहे छु जाे बिक्षिप्त भएर , रक्सि खाएर हैन ध्यन , साधना र प्रकृति या परम प्रति अहाेभावले भरिएर नयाँ गीत गजल लेखिरहेछन । यस्ता गीत गजल लेख्न ध्यान , साधना र सत्संगले नै अनुभुति र अभिब्यत्ति अाउने हुदा , त्यस्ता गीत गजल लेख्न चाहाने साथिहरूलार्इ त्यस तर्फ लाग्न अनुराेध गर्न चाहन्छु ।


याहा विश्व प्रशिद्ध संगीत सर्जक बिथाेबिनका हरफ हरू उल्लेख गर्न चाहन्छु 
 The vibrations on the air are the breath of God speaking to man's soul. Music is the language of God. We musicians are as close to God as man can be. We hear his voice, we read his lips, we give birth to the children of God, who sing his praise. That's what musicians are.


याे भनार्इले मलार्इ प्रस्ट पार्छ जस्ताे लाग्छ , म अाशाका गीत गाउन चाहन्छु , भराेसा का गीत गाउन चाहन्छु , साचाे गहिराे प्रेमका गीत गाउन चाहन्छु , अनि मलार्इ बनाउने याे प्रकृति र भगवानकाे गीत गाउन चाहन्छु, सपना गीत गाउन चाहन्छु , कल्पना गीत गाउन चाहन्छु , पकृति गीत गाउन चाहन्छु , म नेपाली हिमाल र लालीगुरासकाे सुवास संसार भरि फैलाउन चाहन्छु ।  म अाखा खाेलेरै सपना देख्दै सुनाैलाे बिहानि , शान्ति , प्रेम र सद्भाव गाउन चाहन्छु  । 

मलार्इ सहयाेग गर्नुहाेला ल । 

tl:j/ u'un 96 sd

Thursday, 10 September 2015

।। देह शूद्र हाे, मन वैश्य हाे र परमात्मा ब्राह्मण हाे ।। ओशो




देह शुद्र हो । मन वैश्य हो । परमात्मा ब्राह्मण हो । 

यसैले ब्रह्म परमात्मा को नाम हो । ब्रह्मबाट नै ब्राह्मण बनेको हो ।

सत्गुरु ओशोले शुद्र, वैश्य, क्षत्रिय र ब्राह्मणका सम्बन्धमा दिनुभएको यो अत्यन्तै महत्वपूर्ण प्रवचनलाई भावानुवाद गरेर प्रस्तुत गरेको  छु । आजको नेपाली समाज जहाँ जात र धर्मको सहि परिभाषा पनि नबुझी भैरहेको यो द्वन्द्वपूर्ण अवस्थामा यस विषयको सहि अर्थ बुझ्न सारै जरुरी छ । हामी सामान्य जनको बोधको समस्थिती भन्दा माथिको तहको बोधको स्थितिमा रहेको महामानव ओशोका कुरा अत्यन्तै सान्दर्भिक हुनेछ भन्ने विश्वासका साथ ओशोको यस धम्मो सनन्तनो प्रवचन श्रृखला नं १२ बाट प्रस्तुत छ यो प्रवचन अंशको भावानुवाद ।

देह शुद्र हो ।
किन ? किन भने देहमा अरु केहि विशिष्ट कुरा नै छैन । देह को आकांक्षा कति छ रु खानु, पिउनु,  भोग गर्नु, सुत्नु । जीउनु र मर्नु । देहको आकांक्षा कति छ रु शूद्रको एक सिमा हुन्छ । जो देहमा नै बाँचेको हुन्छ, त्यहि नै शुद्र हो । शुद्रको अर्थ हुन्छ देहको साथमा तादाम्य । म देह हूँ रु यस्तो भावदशा शुद्र हो ।

मन वैश्य हो ।
मन खाँदै र पिउदैमा मात्र सन्तुष्त हुँदैन । केहि अन्य पनि चाहिन्छ । मन अर्थात अन्य अन्यको भोक र चाह । शुद्रमा एक प्रकारको सरलता हुन्छ । देहमा ज्यादा सरलता हुन्छ । देह केहि ज्यदा माग गर्दैन । पेट भरि खान पुगोस् । बस्, शरीरको माग सिदा र सादा हुन्छ , थोरै हुन्छ, सिमित हुन्छ । देह केहि यस्तो माग गर्दैन, जो असम्भव छ । देहको असम्भवमा कुनैै चाह नै छैन । देह बिलकुल प्राकृतिक छ ।

 त्यसैले म भन्नेगर्छु कि सबै शुद्र नै जन्मन्छन् , किन भने सबै देहको रुपमा जन्म लिन्छन् । जब अन्य अन्य को वासना उठ्न थाल्छ, तब उ वैश्य बन्दछ । वैश्यको मतलव हो मलाई अझै चाहिन्छ , म यतिबाट सन्तुष्ट छैन  ।

हेनरि फोर्ड आफ्नो वृद्धावस्थासम्म पनि नयाँ नयाँ व्यवसाय खोलि नै रहे । कसैले उनको वृद्धावस्थामा , उनको मृत्युको केहि दिन अघि सोधेका थिए कि हजुर अझैपनि व्यवसाय खोल्दै हुनुहुन्छ रु हजुरका यत्रा धन्धाहरु छन्, के आवश्यकता छ अन्य नयाँ व्यवसाय खोल्नुको ?

फोर्ड त्यस समय बिस्तारामा परिसकेर, मर्ने अवस्थामा पनि नयाँ व्यवसाय खोल्ने कसरत गर्दैैहुनुहुन्थ्यो । अनि फोर्डले भन्नुभएको थियो कि, म जान्दिनँ कसरी रोकिउँ । म रोकिन नै जान्दिनँ । म सायद मृत्यु नहुदासम्म रोकिन सक्दिनँ होला । यो गतिको एक मात्र औषधी मृत्यु नै हो ।

यो अवस्था वैश्यको नै हुन्छ । उ सधैंभरी  अन्य अन्यको मृग तृष्णमा परिरहन्छ । जे जति छ त्योभन्दा अझै धेरै । यति छ त अझ हुनसक्छ । सानो घर भए , अब अझै ठूलो घर , जति धन छ त्यो भन्दा अझै धेरै धन । पद भए त्यो भन्दा ठूलो पद ।

देह शुद्र हो , र सरल छ । शुद्र सदानै सादा हुने गर्छ । मन बहुत चालु, चलाख, होशियार, हिसाबी किताबी हुन्छ । यो सारा दौडधुप मनको हो । मन सजिलै राजी हुँदैन । मन व्यवसायी हुन्छ । फैलिरहन चाहँन्छ । कहीँ रोकिने विश्रामस्थल नै जान्दैैन । त्यो त आफ्नो व्यापार बढाउन मात्रै जान्दछ । र बढाउँदा बढाउँदै मृत्युको मुखमा पुग्दछ ।

आत्मा क्षत्रीय हो ।
किन रु किन भने क्षत्रीयलार्ई शरिरको आवश्यकता पुरा होस् भन्नेचिन्ता नै हुँदैन । आवश्यक परे ऊ शरिरका सबै चाहको तिलांजली दिन पनि तयार हुन्छ । र क्षत्रीयलाई अरु अरु कुनै सामाग्रीको चाह पनि हुँदैन । र यदि कुनै क्षत्रीयमा यस्तो गुण देखएमा उ वैश्य हो , क्षत्रीय होइन ।

क्षत्रीयको अर्थ नैै हुन्छ संकल्पको अविर्भाव । प्रबल संकल्पको अविर्भाव । महासंकल्पको अविर्भाव । र महासंकल्प या प्रबल संकल्पकोलागि एक चुनौति हुन्छ, कि म को हुँ रु र मलाई जान्न सकूँ १ भन्ने चाह ।

शुद्र शरीरलाई जान्न चाहँन्छ । र त्यहिमा नै सिमित भएर जीउँदछ । वैश्य मनको साथमा दौडिइरहन्छ , र मनलाई जान्न यत्न गरिरहन्छ । क्षत्रीय, म को हूँ , भन्ने कुरा जान्न चाहँन्छ । जुन दिन तिमीभित्र यो प्रश्न उठ्न सुरुहुन्छ , जान्नु कि म अब क्षत्रीय हुने मार्गमा छु । अब एक नयाँ यात्रा सुरु भयो , अन्र्तयात्रा सुरु भयो ।

पक्का पनि तिमीलाई थाहा छ कि यो देशमा जति पनि ज्ञानी भए , सबै क्षत्रीय थिए । बुद्ध , माहाविर , राम , कृष्ण । सब क्षत्रीय थिए । किन रु हुनु त सबै ब्राह्मण हुनु पर्ने हो । तर थिए सबै क्षत्रीय । किन भने ब्राह्मण हुने सर्वप्रथम सर्तनै क्षत्रीय हुनु हो । र यो जरुरी पनि छ । जस्ले जन्मनासाथ आफूलाई ब्राह्मण सम्झन्छ, त्यो मान्छे नराम्रोसँग भ्रममा परेको मान्नु पर्छ । उस्लाइ वास्तविकता कहिल्यै थाहा हुँदैन ।

र जस्ले आफूलाई जन्मसिद्ध ब्राह्मण सम्झन्छ र सोच्दछ आफू जन्मले नै ब्राह्मण भएकाले सबैभन्दा माथि छु र मैले केहि गर्नुपर्दैैन । त्यो वास्तवमा महाअभागी हो किन भने उस्ले संकल्पको यात्रा र साधना गर्ने अवसर नै प्राप्त गरेन ।

यस भूमिका महाज्ञानीहरु क्षत्रीय थिए । हिन्दुहरुका अवतार, जैनहरुका तिर्थंकर, बौद्धहरुका बुद्ध सबै क्षत्रीय थिए । यसका पछाडि केहि कारणहरु छन् । मात्र एक पर्शुराम ब्राह्मण थिए, उनी बाहेक सबै अवतार क्षत्रीय छन् । तर उनै पर्शुरामको चरित्र हेर्ने हो भने उनी कुनै दृष्टिले ब्राह्मण देखिंदैनन् । उनी भन्दा ज्यादा क्षत्रीय कहाँ खोज्नु रु उनले यस पृथ्वीबाट धेरै पल्ट क्षत्रीयहरुलाई काटीकाटी समाप्त पारिदिएका थिए । उनले जीवन पर्यन्त फगत क्षत्रीयलाई काट्ने मात्र काम गरे । फर्सा लिएर मान्छे काट्न हिड्ने हुँदा उनको नाम समेत फर्सा वाला राम , पर्सुराम रहन गयो ।

उनी क्षत्रीय नै थिए । उनलाई ब्राह्मणभन्दा बिलकुल गलत हुनेछ । जस्ले यस पृथ्वीबाट धेरै पल्ट क्षत्रीयहरुलाई काटीकाटी समाप्त पारिदिएका थिए उनीभन्दा ज्यादा क्षत्रीयको हुनसक्छ रु

संकल्प अर्थात् क्षत्रीय ।

यस्तो सम्झौं कि शुद्र माने भोग । तृष्ण माने वैश्य । संकल्प माने क्षत्रीय । र जब संकल्प पूरा भयो भने, त्यस क्षण समर्पणको सम्भावना रहन्छ । तब समर्पण माने ब्राह्मण । जब तिमी आफ्ना सारा प्रयास गरिसक्छौ अनि मात्र झुक्न सम्भव छ । त्यो झुकाईमा एक साँचोपन, प्रमाणिकता र समर्पण हुन्छ । जबसम्म तिमीलाई लाग्छ कि मैले गरेर हुन्छ या म अझैैै प्रयास गर्छु, तबसम्म तिमी झुक्न सक्दैनौ । यदि त्यस समयमा झुकियो नै भने पनि त्यो धोका, झुठ र मिथ्या हुन्छ ।

आफ्ना सारा दौड दौडिसके पश्चात् आफ्नो गर्नुपर्ने सबै गरिसके पश्चात् जब हात केहि लाग्दैन र हर प्रयास असफल हुन्छ, केहि गरे पनि किनार भेटिंदैन । तब एक असहाय अवस्थामा मान्छे मुर्छा पर्दछ । जब मान्छे घुँडा टेकेर प्रर्थना गर्दछ, तब गरिने त्यो प्रार्थना असली प्रार्थना होईन । जब एक दिन यस्तो हुन्छ कि तिमी अचानक पाउँदछौ कि पृथ्वीमा घुँडा टेकिएको हुन्छ, न कि टेकाइएको हुन्छ, झुकिरहेका छौ न कि झुकाइरहेछौ, जब त्यहाँ प्रयास छैन प्रकृति छ । अब कुनै उपाय छैन । जुन दिन झुक्नु सहज नै फलित हुन्छ, त्यसदिन समर्पण घटित हुन्छ ।

समर्पण माने ब्राह्मण । समर्पण माने ब्रह्म । जो मेटियो, उस्ले ब्रह्मलाई जान्यो ।

यी चारैवटा पत्रहरु हामीभित्रै हुँन्छन् । यो त हामीमा निर्भर छ कि केमा ध्यान दिने । यस्तो सम्झौं कि हाम्रो रेडियोमा ४ वटा स्टेशन छन् । यो फगत हाम्रो निर्णय हो कि कुन रेडियोलाई सुन्ने र कुनलाई नसुन्ने ।

यी चार नै हामीभित्र छन् । देह तिमीभित्र छ । मन तिमीभित्र छ । आत्मा तिमीभित्र । परमात्मा तिमीभित्र ।

यदि तिमीले देहलाई ध्यान दियौ भने तिमी शुद्र हुन्छौ ।

स्वभावत सबै बालक शुद्र हुन् । किन भने बालकबाट देह भन्दा गहिरार्ईमा जाने आशा गर्न सकिन्न । तर त्यसो भन्दैमा बालकको त्यो स्थितिको अपमान हुँदैन किन भने उस्ले जीवन जानेकै छैन र पहिलो खुड्किलोलाई नै जान्नु स्वभाविक हो । तर शुद्रनै रहेर मर्नु अपमानजनक हो । हामी सबै शुद्र नै जन्मन्छौं तर शुद्र नै रहि मर्नुु आवश्यक छैन ।

यदि तिमीले आफ्नो रेडियोमा वैश्यको स्टेशन लगायौ भने, वासना तृष्णामा ध्यान लगायौ भने, लोभमा लगायौ भने तिमी वैश्य हुन्छौ । तर त्यो ध्यानलाई संकल्पमा लगायौ भने तत्क्षण क्षत्रीय हुन्छौ । र यदि त्यहि ध्यान समर्पणमा डुबायौ भने तिमी ब्राह्मण हुन्छौ ।

ध्यान चावी हो । चाहे जे बने पनि, ध्यान चावी हो । शुद्रसँग पनि एक प्रकारको ध्यान हुन्छ । उस्ले सारा ध्यान शरिरमा ल्याएको हुन्छ । दिनभरी घण्टौं एेना अगाडि कपाल मिलाउने, कपडा स्याहार्ने, श्रृंगार गर्ने व्यक्ती शुद्र नै हो । जुन समय एेना सामु बित्यो त्यो समय शुद्रतामा बित्यो । यो सारा पल ध्यान केवल शरिरमा नै गएको थियो, अब बाटोमा हिंड्दा पनि ध्यान शरिरमा नै गईरहेको हुन्छ । अब अन्य बाटोमा हिंड्नेलाई पनि हेर्दा शरिरको नै ध्यान भइरहेको हुन्छ । त्यो शुद्र नजरले अन्य केहि देख्न सक्दैन । जस्ले आफ्नो शरिरको श्रृंगार र तयारीमा घण्टौं बिताएको हुन्छ उस्ले बहिर हिंड्दा पनि अन्यको शरिर नै हेर्दछ ।

जो व्यक्ती बसीबसी एक ठूलो घरको सपना देख्छ, राम्रो महंगो कार, बैंकमा धेरै धन संचय कसरी गरुँ भन्ने मात्र सोचिरहन्छ भने उ वैश्यमा ध्यान लगाइरहेको छ । सुस्त सुस्त ध्यान त्यहि नै अडिइरहन्छ । रेडियोमा लगातार धेरै समय एकै स्टेशन सुनिरहने गर्दा रेडियोको सुई त्यहि नै अड्किन्छ, जड भएर जान्छ । एकै रेडियो सुनिरहँदा यस्तो स्थिती आउँछ कि अर्को रेडियो सुन्न चाहे पनि रेडियोले अर्कोे स्टेशन पक्रिनै सक्दैन । किनकि हामी जे चिजको उपयोग गर्छौं त्यो जीवित रहन्छ । र अनुपयोगी बस्तु मरेर जान्छ ।

त्यसैले कैलेकाहिँ जब शुद्र भावबाट छुट्ने अबसर मिल्दा छुट्ने प्रयास गर्नु । वैश्यबाट छुट्ने अवसर मिल्दा छुट्ने प्रयास गर्नु । जब अबसर मिल्छ र सम्भव हुन्छ तव थोरै समयको लागि पनि क्षत्रीय हुने प्रयास गर्नु र संकल्पलाई जगाउनु । र कैले काहिँ मौका मिल्दा, चित्त प्रसन्न हुँदा, प्रमुदित अवस्थामा, प्रफुल्लित भएको बेला केहि क्षणका लागि पनि ब्राह्मण हुनु । सब समर्पित गरिदिनु । पृथ्वीमा लम्पसार भएर पल्टिनु, मनौं माटो नै भैगए जस्तै, या माटोमा नै मिलिगए जस्तो, एक भए जस्तो । झुक्नु सूर्यको अघि या कोई वृक्षको अघि । समर्पणको मूल्य ठूलो छ, अमूल्य छ झुकाई, कहाँ, के को सामु झुक्ने भन्ने कुरा गौण हो, त्यसको कुनै महत्व छैन, तर त्यो झुकाईमा थोरै नै समयको लागि भएपनि ब्रह्म को अविर्भाव हुन्छ ।

यसरी सुस्त सुस्त, अनुभूति बढ्दै जाओस्, त्यसो भएमा हर व्यक्ति अंततः मर्ने समय ब्राह्मण भएर विदा हुन्छ ।
जन्म त शुद्रकै रुपमा भएको छ, ध्यान राख्नु , मृत्युकोे समयमा नै भए पनि कमसेकम ब्राह्मण भएर जानु तर त्यत्ति सजिलो छ भन्ने चाहिँ नसोच्नु ।

धेरै जना सोच्ने गर्छन् कि अन्तिम समयमा होउँला । जस्ले जीवन भर अभ्यास गरेन, उस्ले मृत्युको समय रेडियो नियाल्ने त छ तर स्टेशन लाग्ने भने छैन । थाहा नै हुने छैन कि कहाँ कुन ठाउँबाट रेडियो लाग्नेछ । र मृत्यु यति अचानक आउँछ कि केहि गर्ने अवसर नै मिल्ने छैन, न पहिले देखि नै म आउँदैछु भन्ने सन्देश नै आउँछ । अचानक आउँछ र आयो भन्दाभन्दै गई पनि सक्छ । तिमी गलत छौ । जीवन भर अरु नै कुरा को मात्र याद भएको छ भने, त्यसैको नै याद आउने छ ।

त्यसैले तयारी गर्दैरहनुु, आफूलाई साध्दै गर्नु, आफ्नो स्व-सत्ताको स्याहार गर्नु । जब सम्भव हुन्छ, ब्राह्मण हुने मजा लिनु । त्योभन्दा अर्को कुनै मजा छैन । त्यहि नै आनन्दको चरम सिमा परमानन्द हो ।


ओशो
भावाअनुवाद  -   सुवास अगम
यस धम्मो सनन्तनो प्रवचन श्रृखला नं १२ बाट

Saturday, 15 August 2015

You Are The One You Were Waiting For




We are Love Beings & should therefore live in Love Consciousness 
You Are The One You Were Waiting For Pic:Google.com

It is so simple. We human beings tend to make things so difficult. But in reality, it is very simple. Love is the most powerful energy there is on our planet and everything is based on the consciousness of our planet. How do we switch the consciousness of our planet from ego into love? By being loving beings. And how do you be a loving being? And this is why I’m teaching everywhere to share this message.


My message is remember who you are. This is 
absolutely vital to the equation. How can you be a loving being if you don’t even know who you are? How do you not judge someone if you don’t know who you are? Or for a moment, let’s realize that you each, every single one of us have a great I am, a soul, a spirit. And that the old paradigm of religion, of man-made religion, and all of these rules to be a good person, or a sinner or a saint, or to live perfectly get to heaven. Let’s set that down for a moment. That is something that man has made all of these rules to gain power and control over the human body, the human being. But for a moment, let’s think to ourselves: God has created you. And if God is your parent then you are, too, a god and goddess. And your great I am is God and goddess. It exists just like all of the love and energy that has created the universe. You’ve exist on a much higher level. Your sour and sprit does exist. And you are a great I am. And it is you who chose to send you to this planet. Not someone else. Not a man up there called a God who is a man and decided “You go to planet Earth, it’s going to be very, very hard.” And I’m going to erase your memory of everything and of me and it’s gonna be very difficult. But if you don’t live perfectly, you can’t come back to heaven. This do not happen. You are a great I am. You have a vast spirit – a consciousness. And you chose to send a spark of you to this planet. You chose. And it is you who loves you more than anything else ever could. You. You’re a great I am. You’re – you’re everything. And you sent a spark of yourself up here to gain a body, to have an experience, to learn and to grow and to come to this Earth’s school. And it is you. You’re a great I am watching over every second of every day. Every moment of your life is given to you by you. Your great I am is moving you around. You’re like a chess piece on a board. Every person you come in contact with, every experience – good or bad, easy or hard – is given to you by you to have the experience. To learn and to grow in your consciousness. When you know this, you realize that you are perfect. Your journey is given to you by you. And you get everything that you need the very moment that you need it. It is the same for me. It is the same for every person on this planet. In this known, the moment that you realize this, you are truly free, because you realize “I cannot, as an individual, judge anybody else on this planet. They are receiving the journey that they need by the person who loves them the most and knows exactly what they need every moment of everyday. Their own great I am. Everybody’s journey is given to them by them. And I cannot judge anybody for the journey that they’re on – whether I disagree with it or agree with it, whether I like what they are doing or believe in. It’s none of my business and I cannot judge that because it is given to them by their great I am, just like my journey is mine. This does not mean that we just have to ignore somebody that’s hurting another person. I always use this example. Woman in Copenhagen then asked me: If I know my neighbour is beating his wife, do I just let that go because that’s his journey? That’s her journey? Absolutely not. The moment that you know he is beating his wife, this has become a part of your journey. Your great I am gave you this knowledge for some reason. Now what is the best thing you can do at this moment? Every experience of everyday is given to you by you. And in every moment, you can ask yourself: what is the best decision, the best choice, from love, from my heart that I can make right now? And when you are living in this way, you know that you’re living in love. You know that you cannot judge a human being. You know you can support people, love people for who they are, for the journey that they’re on. 
You can love yourself as the great I am. You can lot go for being angry at God for the hardships and in your life. I know that you gave it to you to learn something great. That you can let go of anger and judgment and move forward in love. True love. 
Kiesha Crowther, “Little Grandmother,”




Kiesha Crowther, also known as “Little Grandmother,”

began receiving direct teachings from the spirit world and Mother Earth as a child who spent much time alone in the wilderness. As a child, she spent long periods of time alone in the wilderness, where she lived with and learned from the four-legged, one-legged, winged-ones and swimmers, as well as the star and stone people. Her young life was marked by many unusual experiences and abilities that she did not understand. As a child, she had been taught by the ancestors, grandmothers past, and Mother Earth, and was known for her ability to sense and communicate with wild animals and to see and work with energy.
Since being initiated on her path as Shaman and wisdom keeper at the age of 30, Kiesha has begun to share teachings and to conduct ceremonies and healing for the benefit of humanity and Mother Earth. She feels her responsibility to be carrying and communicating earth wisdom and the ancient knowledge for our current age. Toward this end, she has released videos of her talks, which are freely available on YouTube and which have been viewed by hundreds of thousands of people so far all over the globe. Her work as a Wisdom Keeper also includes the planting of sacred crystals in very specific locations around the world for the renewal and strengthening of Mother Earth’s precious ley lines. Her powerful message emphasizes how to shift individual and planetary consciousness, how to live in the heart in right relationship with Mother Earth, and to remember who we are–
THE GREAT I AM.
Little Grandmother resides in Maastricht, The Netherlands at the moment.
Contact her at: beautyawakens@gmail.com



If you want to hear and see her then here are few videos of her discourse



Wednesday, 8 July 2015

अत्त दिपो भव / Be Light Unto Your Self.

 असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
 शान्तिः शान्तिः शान्तिः ॥
 शाक्यमुनि भगवाना वुद्धले शरिर त्याग गर्ने क्षण अन्तिम प्रहरमा अत्त दिपो भव भन्दै बिदा लिनुभएकाे थियो । जुन त्यस समय पश्चात भारतवर्षमा अतयन्तै प्रख्यात रह्यो । यि शव्द सनातन धर्मकै उपज भएपनि यिनमा प्राण भने सम्यक संवुद्ध कै वाणीले दियो । यी शव्द नै वुद्धका अन्तिम शव्द र देशना थिए । हामीलाई परिवर्तन गर्न अरुले केही सहायता त गर्लान्, तर सार्थक कदम भने आफूले नै चाल्नु पर्दछ । एकको भोक अर्काले खाएर पूरा नभए जस्तै जीवनलाई सार्थक वनाउन पनि आफू स्वयं नै प्रदीप्त हुनु जरुरी छ ।
     पावोलो कोयलोको विश्व प्रसिद्ध उपन्यास ‘अल्क्यामिष्ट’ मा संकल्पको सम्वन्धमा भनिएको सम्वाद ॐ शान्ति ॐ भन्ने फारा खान निर्देशित चलचित्रमा उतारिदा भारत, नेपाललगायत हिन्दी चलचित्रका पारखीमाझ खुव दोहोर्याइयो । त्यो उही अल्क्यामिष्टको परिमार्जित तर उही अर्थ दिने सम्वाद थियो ‘इत्नी सिद्दतसे मैने तम्हे पाने कि कोसिस कि है, कि हर जर्रे ने मुजे तुमसे मिलानाकी साजिस कि है, क्हेतेहै अगर किसी चिजको दिलसे चाहो तो पुरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लग्जाति है ।’
यो सत्य कथन झण्डै वुद्ध चेतनाको नजिकको अनुभूति गरेका पावोलो कोयलोको अल्क्यामिष्टमा पनि साहै्र महत्वपूर्ण तरिकाले दर्साइएको छ । जुन सम्वादले त्यस उपन्यासको मुलपात्रलाई कर्म, संकल्प र संकल्पप्रतिको निरन्तर लगनले जीवनमा चाहेको बाटो हिड्न र चाहेको सपना पूरा गर्न सघाउँछ ।
     पूर्वीय सनातन परम्पराका सबै विद्वानहरुले र शास्त्रले पनि मानव जीवन वहुत दुर्लभ रहेको र मानव मात्र भई जन्मनुु आफैमा अहोभाग्यको कुरा बताउँछन् र वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि अन्य प्राणिको जीवनभन्दा मावन जीवन उत्कृष्ट नै देखिन्छ । तर यदि सर्वेक्षण गर्ने हो भने धेरै मान्छे आज मानव जीवन भन्दा जनावरको जीवन राम्रो, सुखमय हुन्छ भन्ने भेटिन्छन् । युरोपका अधिकांस वृद्धवृद्धाको साथी कुकुर, विराला, घोडा भएका छन् । कहाँ थिम गल्ती भएछ होला ? कहाँ थिम के भुल भयो ? हामीले हाम्रो गरिमा किन भुल्यौ ? यी सवै प्रश्नको लागि मेरो एउटै उत्तर हुने छ त्यो हो – गलत संकल्प ।
      संकल्प भनेको के हो त त्यसो भए ? कसरी हामी गलत संकल्प गरिरहेछौ ? हामीले यो संकल्पको बारेमा किन जानकारी पाएनौ ? के हाम्रा विद्वान, गुरु, शिक्षक, पाका उग्रजलाई यसको बारेमा थाहा थिएन ? किन आएन यसको बारेमा कुनै किताव वा शास्त्रमा जानकारी ? यी सवै प्रश्नहरुको लागि मेरो उत्तर यस्तो छ –
      मानव जीवन भनेको यति दुर्लभ छ कि, मानव बनेर जन्म लिएर मात्रै इन्द्रलगायतका समस्त देवता पनि बल्ल मोक्ष प्राप्त गर्न सक्दछन् । त्यसैले यो कुरा गाँठो पारेर बुझ्नुहोस् कि ति सवै देवता भन्दा तपाई राम्रो स्थानमा हुनुहुन्छ । ति सवै देवताहरु एउटा जागिर खाइरहेछन्, केवल जागिर । कसैको के जागिर, कसैको के जागिर । तर मुक्त भएर विचरण गर्न, यो पवन, सूर्य, चन्द्र, वृक्ष, पात, माटोसँग एक हुने पालो पहिले तपाईले पाउनु हुनेछ अनि वल्ल देवताले, मानव वनि यो संसारमा आएपछि वल्ल पाउने छन् ।
     संकल्पले मानव वुद्ध बन्न सक्छ, अनि विल गेट्स पनि, अनि मदर टेरेसा पनि । अन्जान रुपमा गरिएका गलत संकल्पले नै असफलता, निरसताको माहौल तयार पारी पूरा एक मानव सभ्यता नै तहसनहस पार्न सक्छ । यो मिठो सत्य थाहा हुने सन्तहरुले कल्पकल्पदेखि यो कुरा भनि पनि रहेछन् । तर सम्झिनुहोस् त पछिल्लो हप्ता कहिले तपाईले एक सन्तसँग एक पूरा हप्ता सत्संग अर्थात् सत्यको संग गरेर विताउनुभो ? संम्झिनुहोस् त ध्यानको, भगवानको कुरा त वहुत गर्नु भयो होला, तर कहिले आधा घण्टा ध्यान गर्नुभयो ? ठूलाठूला व्यापारीका गाडी, घर आईफोन त हेरेर धेरै पल्ट डाहामा जल्नु भयो होला, तर ऊ त्यहाँ कसरी पुग्यो भनेर कहिले जीवनी पढ्नु भयो ? 
     संकल्पको विज्ञानले काम गर्ने तरिकाको केही अंश ॐ शान्ति ॐ चलचित्रको सम्वादमा पनि रहेको छ कि कुनै पनि उद्देश्य प्राप्तिको लागि पूरा प्राणले ऊर्जा दिएर मनदेखि लाग्ने हो भने सारा अस्तित्व नै तपाईलाई त्यो उद्देश्य प्राप्ति हेतु एक किसिमको चक्रव्यूह नै रच्न तत्पर हुन्छ । खप्तडवावले यस संकल्पलाई विचारसँग जोडेर ‘विचार विज्ञान’मा उल्लेख पनि गर्नु भएको छ ।
     संकल्पले कसरी काम गर्छ त ? संकल्पलाई बुझ्न एक नेपाली उखानले केही हदसम्म सहयोग गर्छ । ‘जस्तो खायो पानी उस्तै हुन्छ वाणी, जस्तो खायो अन्न उस्तै हुन्छ मन’ अर्थात हामी जे बोल्छौ, जे पढ्छौ, जे खान्छौ, त्यही कुराले नै हाम्रो जीवन तयार पार्दछ । सानो वच्चालाई विद्यालयमा शिक्षकले ‘गधा, कुकुर, तेरे दिमागमा गोवर भरिएको छ कि क्या हो?’ भन्ने हाम्रो सामान्य चलनको शव्द बनेको छ । म जहाँ तहि सुन्छु –मानिसहरु यसो भन्छन् –“‘मेरो जीवन त अस्तव्यस्त छ’ अभागि खप्पर जहाँ गए नि ठक्कर’, ‘मैले जे सोच्छु ठ्याक्कै उल्टो हुन्छ’, ‘भन्न सजिलो छ गर्न गाह्रो छ’, ‘छोटी मु वढी वात’, ‘सफल हुन गाह्रो छ’, ‘मेरो त भाग्य नै खोटो’ ‘अभागी पुर्पुरो’ आदी । यी वाक्यहरु यहाँ उल्लेख गर्दा मात्रै मलाई नकारात्मक अनुभूति भइरहेछ । कल्पना गर्नुहोस् त, जो मानिस हरेक दिन यी वाक्य दोहोर्याउँछ, उसको जीवन कस्तो होला ? सकारात्मकता प्रवेश गर्ने कुनै प्वाल वा चर समेत बाँकी छैन, यी वाक्यहरुको माझबाट । यो अस्तित्व या भगवान, या भाग्य या तपाईको जीवनले तपाईलाई यति धेरै प्रेम र श्रद्धा गर्छ कि – हजुृरको हरेक शब्दलाई उसले आदेश सम्झन्छ । र त्यो आदेशलाई चरितार्थ गर्न सम्भव–असम्भव सबै कुरा गर्छ । त्यसैले त जव तपाई ‘मैले जे सोच्छु ठ्याक्कै उल्टो हुन्छ’, भन्दा ठ्याक्कै उल्टो हुन्छ । अनि तपाई यो विचारमा झन दृढ बनी त्यो वाक्य जीवनभर दोहोर्याइरहनु हुन्छ । तपाई कुनै यात्रामा जाँदा सिटामोल र मलम लिएर जे पनि हुन सक्छ र भएमा काम लाग्छ भनी लग्नु हुन्छ । र अस्तित्वले ‘हजुृरको जे मर्जी’ भनी तपाईलाई घाउ र ज्वरो दुवै दिन्छ । अनि तपाई त्यसको वावजुद मैले यी दवाई ल्याएर कस्तो राम्रो गरे भनी भनिरहनुहुन्छ । सकारात्मक कुरा भन्नासाथ सारा अस्तित्व, हावा, आकाश, पात–पतिंगर, फूलले त्यो सकारात्मक विचारले तयार गरेको संकल्प दूरदूरसम्म लगेर सितल, सकारात्मक जवाफ नै तपाई सामु फर्काउँछ । नकारात्मक कुरा भन्ना साथ पनि फेरी अस्तित्वले त्यति नै त्वराको साथमा तपाईलाई पूर्णरुपमा नकारात्मक हुन इमान्दारीपूर्वक सहयोग गर्छ ।
     तपाईले सोचेको कुराले तत्क्षणबाट प्रभाव दिन थाल्दछ । र बोलेको कुराले त अझ त्यो भन्दा पनि छिटो । जब एक वच्चाले उरान्ठेउला ठूला सपनाको कुरा गर्छ, हामी उसलाई हाँसेर वा गाली समेत गरेर निरुत्साहित गछौं । जुन साह्रै ठूलो अपराध हो । अल्वर्ट आइस्टाइनले भनेका छन्  – ‘सानो सपना देख्नु पनि अपराध हो ।’ अर्का एक उद्योगपतिले भनेका छन् कि – ‘तपाईले कुनै काम गर्न सक्छु वा गर्न सक्दिन भन्दा दुबै पल्ट तपाई ठिकै बोलिरहनु भएको हुन्छ । किन भने तपाईको सोचको ऊर्जा जता जान्छ त्यही नै संकल्प अस्तित्वले बुझ्छ र त्यही नै हुन्छ ।’
नेपाली समाजमा र सञ्चारमा बज्ने ८० प्रतिशत गीत विछोडका, असफल प्रेमका र निरस जीवनका हुन्छन् । चाहे त्यो अरुणा लामाको ‘उदास मेरो जीवन’ होस्, रामकृष्ण ढकालको ‘ओराली लागेको’ होस्, स्वरुपको ‘म ढले’ होस् या अञ्जु पन्तको ‘नविर्से तिमीलाई’ होस् । जसले गर्दा संगीतमा लाग्ने नवपुस्ता यस्तै गीत गाउन र लेखक पनि यस्तै ढंगका गीत लेख्न खोजी रहन्छन् । जसले गर्दा नकारात्मक ऊर्जा नै सम्प्रेषण गरिरहन्छ । सञ्चारमा प्रसारित हुने समाचारमा पनि नकारात्मक समाचारले नै प्राथमिकता पाउँछ । सकारात्मक समाचारले अन्त्यमा वा स्थान नै नपाउने स्थिति हुन्छ । जसले गर्दा पूरा सभ्यता नै नकारात्मक कुरा पढेर, सुनेर, हेरेर हेर्किदैछ ।
     जे भयो, सकियो, हामीसँग आज छ, जुन स्वर्णीम नयाँ सभ्यताको जग हाल्न खुला हातसहित हाम्रो स्वागत गरिरहेछ । वच्चा, वयस्क या वृद्धका हरेक उरन्ठेउला सपनाको सम्मान गर्न सिकौ र सवै सम्भव छ भन्न सिकौं । र ‘आज मेरो दुर्घटना हुँदैन’ भन्ने होइन, वरु ‘आज म सफलता पूर्वक कर्म पूरा गर्नेछु’ भन्ने खालको सुगन्ध, सुगन्धित अत्तर जस्ता शव्द प्रयोग गर्न शुरुवात गरौ । वादल जति नै कालो भएपनि साना–साना नै किन नहुन् सेता सेता चाँदीका स्वेत रेसाहरुका कुरा गरौं । अब आजबाट वितेका नराम्रा होइन, राम्रा कुराका कुरा गरौं । र, हामी सवै मिले के हुँदैन भन्ने सोच राखौ । ‘यो कुरा गर्न गाह्रो छ’ भनेर नगर्नु भन्दा मनका कुरा सुनेर मनले जे भन्छन् त्यही कर्म गरौं । किनकि नकारात्मक कुरालाई धकेल्ने होइन, वरु सकारात्मक कुराले आफूलाई भरौ । अनि नकारात्मकताको सोच गर्नु नै पर्दैन । जति नै विषमः परिस्थितिमा पनि सम्भव भएसम्मको सद्विचारलाई नै अघि राखौं । कसैले गाली गरे गाली मात्र गरेको, नपिटेकोमा धन्यवाद दिनु, पिटी हाले नमारेकोमा अहोभावले भरिनु र मार्न नै प्रयास गरे, ‘अस्तित्वको त्यही नै अन्तिम इच्छा भए त्यो पनि स्वीकार प्रभु ! आजसम्म जति वाँचे आनन्दले वाँच्न पाएँ, यो जीवन अद्भूत थियो, त्यसको लागि धन्यवाद’ भनी मृत्युवरण गर्नु । मोक्ष, त्यही कतै पर्खिरहेको हुनेछ ।
 अस्तु ।
 सुवास अगम 

Heart Touching Story of A.P.J. Abdul Kalam




Ex Indian President Dr. Abdul Kalam Says:"When I was a kid, my Mom cooked food for us.One night in particular when she had made dinner after a long hard day's work, Mom placed a plate of 'subzi' ( Vegetable )  and extremely burnt roti (Bread) in front of my Dad.I was waiting to see if anyone noticed the burnt roti. But Dad just ate his roti and asked me how was my day at school.I don't remember what I told him that night, but I do remember I heard Mom apologizing to Dad for the burnt roti.And I'll never forget what he said: "Honey, I love burnt roti."Later that night, I went to kiss Daddy, good night & I asked him if he really liked his roti burnt. He wrapped me in his arms & said:"Your momma put in a long hard day at work today and she was really tired. And besides... A burnt roti never hurts anyone but HARSH WORDS DO!""You know beta (Son) - life is full of imperfect things... & imperfect people..."I'M NOT THE BEST & AM HARDLY GOOD AT ANYTHING!I forget birthdays & anniversaries just like everyone else.What I've learnt over the years is: To Accept Each Others Faults & Choose To Celebrate Relationships"Life Is Too Short To Wake Up With Regrets..Love the people who treat you right & have compassion for the ones who don't. 

Saturday, 4 July 2015

Inspiring Story Of Donkey

                                                                                     
One day a farmer's donkey fell down into a well. The animal cried piteously for hours as the farmer tried to figure out what to do. Finally, he decided the animal was old, and the well needed to be covered up anyway; it just wasn't worth it to retrieve the donkey.
He invited all his neighbors to come over and help him. They all grabbed a shovel and began to shovel dirt into the well. At first, the donkey realized what was happening and cried horribly. Then, to everyone's amazement he quieted down.
A few shovel loads later, the farmer finally looked down the well. He was astonished at what he saw. With each shovel of dirt that hit his back, the donkey was doing something amazing. He would shake it off and take a step up.
As the farmer's neighbors continued to shovel dirt on top of the animal, he would shake it off and take a step up. Pretty soon, everyone was amazed as the donkey stepped up over the edge of the well and happily trotted off!
MORAL :
Life is going to shovel dirt on you, all kinds of dirt. The trick to getting out of the well is to shake it off and take a step up. Each of our troubles is a steppingstone. We can get out of the deepest wells just by not stopping, never giving up! Shake it off and take a step up.
Remember the five simple rules to be happy:
1. Free your heart from hatred - Forgive.
2. Free your mind from worries - Most never happens.
3. Live simply and appreciate what you have.
4. Give more.
5. Expect less from people but more from yourself.
You have two choices... smile and close this page,
or pass this along to someone else to share the lesson
Those who liked or Disliked this story are requested to add me on facebook for more stories like this on Rehan Allahwala and Rehan Allahwala
Story shared by Kerwin Rae

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion