Sunday 23 December 2018

Ghazal Ko Suvas




Artist: Suvas Agam 
Album : Ghazal Ko Suvas

Lyric of Cha Ke Ke Lukeko by Suvas Agam and its small story.



छ के के लुकेको सजल ती नयनमा
म देखी रहेछु गजल ती नयनमा

यो गजल नै मलाई गजल क्षेत्रमा प्रवेश गराउने गजल हो । मैले SLC (School Leaving Certificate) सके पछी जब कालेज जाने तर्खर मा थिए । बुवाले बुटवल गएर (Oxford College) मा पढ्न भन्नु भयो । गए भर्ना पनि भए तर एक हप्ता पनि त्यहा को माहोल मन परेन । पछी बर्दघाट चिसापानी को दिव्य ज्योति बहुमुखी क्याम्पस मा नै भर्ना भए , त्यो कालेजले नै मलाई गजलकार अनी गजल गायक बनायो । यहाँ मैले मेरो नै अध्यक्ष्तामा "मन्जरी साहित्य सँगम" नाम गरेको साहीत्यिक समुह बनाएर हरेक शुक्रबार कालेज पश्चात साहीत्यिक भेला गरेर गजल कविता बाचन पनि गरिन्थ्यो तेइ समय ताका घनश्याम पेरिश्रमी जी सँग भेट भयो र यो गजल मेरो जीवनको अभिन्न अङ्ग बन्यो । मेरो छिमेकी दाई तथा राम्रो गजलकार शंकर पन्थी ज्योति बिन्दु ले घनश्याम सर सङ्ग भेट गराउदा यो गजल घनश्याम सर ले सुनाउनु भयो र एत्तिकै गाउँन नि लगाउनु भयो अनी बस त्यो क्षण नै मेरो प्रथम गजल सङ्ग भेट भएको पल हो। पछी एक हप्ता भित्र नै मैले सो गजल दिव्य ज्योति कलेजमा मदन बिष्ट दाई को हार्मोनियम र मिठ्ठु सुनार भन्ने दाई सँगै गाए र बुटवलको बुटवल एफ एम बाट बज्यो र पछी अरु पनि गजल गाउदै गए र मेरो गजलको यात्रा आज यहाँ सम्म आईपुगेको छ ।

धेरै मित्र हरुले यो गजलको पुरा शब्द खोजीगरेको हुनाले यहाँ यो ब्लगमा पुरा शब्द हरु प्रस्तुत गरेको छु ।

छ के के लुकेको सजल ती नयनमा
 म देखी रहेछु गजल ती नयनमा

तलाउ कहाँ धाउनु फूल खोज्दै
फूलेको छ सुन्दर कमल ती नयन मा

सधैं देख्छु उस्तै छटा रागिनीको 
हुँदै हुन्न कि फेर बादल ती नयनमा

मलाई यहाँ सम्म पो घच्घचायौ
खोजे प्रेमको ताजमहल ती नयनमा

रचना: डा घनश्याम न्यौपाने परिश्रमी
स्वर सङ्गीत: सुवास अगम 

यो गजलको लिरिकल भिडियो 

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion