Showing posts with label Compassion. Show all posts
Showing posts with label Compassion. Show all posts
Sunday, 14 August 2016
Thursday, 10 September 2015
।। देह शूद्र हाे, मन वैश्य हाे र परमात्मा ब्राह्मण हाे ।। ओशो
देह शुद्र हो । मन वैश्य हो । परमात्मा ब्राह्मण हो ।
यसैले ब्रह्म परमात्मा को नाम हो । ब्रह्मबाट नै ब्राह्मण बनेको हो ।
सत्गुरु ओशोले शुद्र, वैश्य, क्षत्रिय र ब्राह्मणका सम्बन्धमा दिनुभएको यो अत्यन्तै महत्वपूर्ण प्रवचनलाई भावानुवाद गरेर प्रस्तुत गरेको छु । आजको नेपाली समाज जहाँ जात र धर्मको सहि परिभाषा पनि नबुझी भैरहेको यो द्वन्द्वपूर्ण अवस्थामा यस विषयको सहि अर्थ बुझ्न सारै जरुरी छ । हामी सामान्य जनको बोधको समस्थिती भन्दा माथिको तहको बोधको स्थितिमा रहेको महामानव ओशोका कुरा अत्यन्तै सान्दर्भिक हुनेछ भन्ने विश्वासका साथ ओशोको यस धम्मो सनन्तनो प्रवचन श्रृखला नं १२ बाट प्रस्तुत छ यो प्रवचन अंशको भावानुवाद ।
देह शुद्र हो ।
किन ? किन भने देहमा अरु केहि विशिष्ट कुरा नै छैन । देह को आकांक्षा कति छ रु खानु, पिउनु, भोग गर्नु, सुत्नु । जीउनु र मर्नु । देहको आकांक्षा कति छ रु शूद्रको एक सिमा हुन्छ । जो देहमा नै बाँचेको हुन्छ, त्यहि नै शुद्र हो । शुद्रको अर्थ हुन्छ देहको साथमा तादाम्य । म देह हूँ रु यस्तो भावदशा शुद्र हो ।
मन वैश्य हो ।
मन खाँदै र पिउदैमा मात्र सन्तुष्त हुँदैन । केहि अन्य पनि चाहिन्छ । मन अर्थात अन्य अन्यको भोक र चाह । शुद्रमा एक प्रकारको सरलता हुन्छ । देहमा ज्यादा सरलता हुन्छ । देह केहि ज्यदा माग गर्दैन । पेट भरि खान पुगोस् । बस्, शरीरको माग सिदा र सादा हुन्छ , थोरै हुन्छ, सिमित हुन्छ । देह केहि यस्तो माग गर्दैन, जो असम्भव छ । देहको असम्भवमा कुनैै चाह नै छैन । देह बिलकुल प्राकृतिक छ ।
त्यसैले म भन्नेगर्छु कि सबै शुद्र नै जन्मन्छन् , किन भने सबै देहको रुपमा जन्म लिन्छन् । जब अन्य अन्य को वासना उठ्न थाल्छ, तब उ वैश्य बन्दछ । वैश्यको मतलव हो मलाई अझै चाहिन्छ , म यतिबाट सन्तुष्ट छैन ।
हेनरि फोर्ड आफ्नो वृद्धावस्थासम्म पनि नयाँ नयाँ व्यवसाय खोलि नै रहे । कसैले उनको वृद्धावस्थामा , उनको मृत्युको केहि दिन अघि सोधेका थिए कि हजुर अझैपनि व्यवसाय खोल्दै हुनुहुन्छ रु हजुरका यत्रा धन्धाहरु छन्, के आवश्यकता छ अन्य नयाँ व्यवसाय खोल्नुको ?
फोर्ड त्यस समय बिस्तारामा परिसकेर, मर्ने अवस्थामा पनि नयाँ व्यवसाय खोल्ने कसरत गर्दैैहुनुहुन्थ्यो । अनि फोर्डले भन्नुभएको थियो कि, म जान्दिनँ कसरी रोकिउँ । म रोकिन नै जान्दिनँ । म सायद मृत्यु नहुदासम्म रोकिन सक्दिनँ होला । यो गतिको एक मात्र औषधी मृत्यु नै हो ।
यो अवस्था वैश्यको नै हुन्छ । उ सधैंभरी अन्य अन्यको मृग तृष्णमा परिरहन्छ । जे जति छ त्योभन्दा अझै धेरै । यति छ त अझ हुनसक्छ । सानो घर भए , अब अझै ठूलो घर , जति धन छ त्यो भन्दा अझै धेरै धन । पद भए त्यो भन्दा ठूलो पद ।
देह शुद्र हो , र सरल छ । शुद्र सदानै सादा हुने गर्छ । मन बहुत चालु, चलाख, होशियार, हिसाबी किताबी हुन्छ । यो सारा दौडधुप मनको हो । मन सजिलै राजी हुँदैन । मन व्यवसायी हुन्छ । फैलिरहन चाहँन्छ । कहीँ रोकिने विश्रामस्थल नै जान्दैैन । त्यो त आफ्नो व्यापार बढाउन मात्रै जान्दछ । र बढाउँदा बढाउँदै मृत्युको मुखमा पुग्दछ ।
आत्मा क्षत्रीय हो ।
किन रु किन भने क्षत्रीयलार्ई शरिरको आवश्यकता पुरा होस् भन्नेचिन्ता नै हुँदैन । आवश्यक परे ऊ शरिरका सबै चाहको तिलांजली दिन पनि तयार हुन्छ । र क्षत्रीयलाई अरु अरु कुनै सामाग्रीको चाह पनि हुँदैन । र यदि कुनै क्षत्रीयमा यस्तो गुण देखएमा उ वैश्य हो , क्षत्रीय होइन ।
क्षत्रीयको अर्थ नैै हुन्छ संकल्पको अविर्भाव । प्रबल संकल्पको अविर्भाव । महासंकल्पको अविर्भाव । र महासंकल्प या प्रबल संकल्पकोलागि एक चुनौति हुन्छ, कि म को हुँ रु र मलाई जान्न सकूँ १ भन्ने चाह ।
शुद्र शरीरलाई जान्न चाहँन्छ । र त्यहिमा नै सिमित भएर जीउँदछ । वैश्य मनको साथमा दौडिइरहन्छ , र मनलाई जान्न यत्न गरिरहन्छ । क्षत्रीय, म को हूँ , भन्ने कुरा जान्न चाहँन्छ । जुन दिन तिमीभित्र यो प्रश्न उठ्न सुरुहुन्छ , जान्नु कि म अब क्षत्रीय हुने मार्गमा छु । अब एक नयाँ यात्रा सुरु भयो , अन्र्तयात्रा सुरु भयो ।
पक्का पनि तिमीलाई थाहा छ कि यो देशमा जति पनि ज्ञानी भए , सबै क्षत्रीय थिए । बुद्ध , माहाविर , राम , कृष्ण । सब क्षत्रीय थिए । किन रु हुनु त सबै ब्राह्मण हुनु पर्ने हो । तर थिए सबै क्षत्रीय । किन भने ब्राह्मण हुने सर्वप्रथम सर्तनै क्षत्रीय हुनु हो । र यो जरुरी पनि छ । जस्ले जन्मनासाथ आफूलाई ब्राह्मण सम्झन्छ, त्यो मान्छे नराम्रोसँग भ्रममा परेको मान्नु पर्छ । उस्लाइ वास्तविकता कहिल्यै थाहा हुँदैन ।
र जस्ले आफूलाई जन्मसिद्ध ब्राह्मण सम्झन्छ र सोच्दछ आफू जन्मले नै ब्राह्मण भएकाले सबैभन्दा माथि छु र मैले केहि गर्नुपर्दैैन । त्यो वास्तवमा महाअभागी हो किन भने उस्ले संकल्पको यात्रा र साधना गर्ने अवसर नै प्राप्त गरेन ।
यस भूमिका महाज्ञानीहरु क्षत्रीय थिए । हिन्दुहरुका अवतार, जैनहरुका तिर्थंकर, बौद्धहरुका बुद्ध सबै क्षत्रीय थिए । यसका पछाडि केहि कारणहरु छन् । मात्र एक पर्शुराम ब्राह्मण थिए, उनी बाहेक सबै अवतार क्षत्रीय छन् । तर उनै पर्शुरामको चरित्र हेर्ने हो भने उनी कुनै दृष्टिले ब्राह्मण देखिंदैनन् । उनी भन्दा ज्यादा क्षत्रीय कहाँ खोज्नु रु उनले यस पृथ्वीबाट धेरै पल्ट क्षत्रीयहरुलाई काटीकाटी समाप्त पारिदिएका थिए । उनले जीवन पर्यन्त फगत क्षत्रीयलाई काट्ने मात्र काम गरे । फर्सा लिएर मान्छे काट्न हिड्ने हुँदा उनको नाम समेत फर्सा वाला राम , पर्सुराम रहन गयो ।
उनी क्षत्रीय नै थिए । उनलाई ब्राह्मणभन्दा बिलकुल गलत हुनेछ । जस्ले यस पृथ्वीबाट धेरै पल्ट क्षत्रीयहरुलाई काटीकाटी समाप्त पारिदिएका थिए उनीभन्दा ज्यादा क्षत्रीयको हुनसक्छ रु
संकल्प अर्थात् क्षत्रीय ।
यस्तो सम्झौं कि शुद्र माने भोग । तृष्ण माने वैश्य । संकल्प माने क्षत्रीय । र जब संकल्प पूरा भयो भने, त्यस क्षण समर्पणको सम्भावना रहन्छ । तब समर्पण माने ब्राह्मण । जब तिमी आफ्ना सारा प्रयास गरिसक्छौ अनि मात्र झुक्न सम्भव छ । त्यो झुकाईमा एक साँचोपन, प्रमाणिकता र समर्पण हुन्छ । जबसम्म तिमीलाई लाग्छ कि मैले गरेर हुन्छ या म अझैैै प्रयास गर्छु, तबसम्म तिमी झुक्न सक्दैनौ । यदि त्यस समयमा झुकियो नै भने पनि त्यो धोका, झुठ र मिथ्या हुन्छ ।
आफ्ना सारा दौड दौडिसके पश्चात् आफ्नो गर्नुपर्ने सबै गरिसके पश्चात् जब हात केहि लाग्दैन र हर प्रयास असफल हुन्छ, केहि गरे पनि किनार भेटिंदैन । तब एक असहाय अवस्थामा मान्छे मुर्छा पर्दछ । जब मान्छे घुँडा टेकेर प्रर्थना गर्दछ, तब गरिने त्यो प्रार्थना असली प्रार्थना होईन । जब एक दिन यस्तो हुन्छ कि तिमी अचानक पाउँदछौ कि पृथ्वीमा घुँडा टेकिएको हुन्छ, न कि टेकाइएको हुन्छ, झुकिरहेका छौ न कि झुकाइरहेछौ, जब त्यहाँ प्रयास छैन प्रकृति छ । अब कुनै उपाय छैन । जुन दिन झुक्नु सहज नै फलित हुन्छ, त्यसदिन समर्पण घटित हुन्छ ।
समर्पण माने ब्राह्मण । समर्पण माने ब्रह्म । जो मेटियो, उस्ले ब्रह्मलाई जान्यो ।
यी चारैवटा पत्रहरु हामीभित्रै हुँन्छन् । यो त हामीमा निर्भर छ कि केमा ध्यान दिने । यस्तो सम्झौं कि हाम्रो रेडियोमा ४ वटा स्टेशन छन् । यो फगत हाम्रो निर्णय हो कि कुन रेडियोलाई सुन्ने र कुनलाई नसुन्ने ।
यी चार नै हामीभित्र छन् । देह तिमीभित्र छ । मन तिमीभित्र छ । आत्मा तिमीभित्र । परमात्मा तिमीभित्र ।
यदि तिमीले देहलाई ध्यान दियौ भने तिमी शुद्र हुन्छौ ।
स्वभावत सबै बालक शुद्र हुन् । किन भने बालकबाट देह भन्दा गहिरार्ईमा जाने आशा गर्न सकिन्न । तर त्यसो भन्दैमा बालकको त्यो स्थितिको अपमान हुँदैन किन भने उस्ले जीवन जानेकै छैन र पहिलो खुड्किलोलाई नै जान्नु स्वभाविक हो । तर शुद्रनै रहेर मर्नु अपमानजनक हो । हामी सबै शुद्र नै जन्मन्छौं तर शुद्र नै रहि मर्नुु आवश्यक छैन ।
यदि तिमीले आफ्नो रेडियोमा वैश्यको स्टेशन लगायौ भने, वासना तृष्णामा ध्यान लगायौ भने, लोभमा लगायौ भने तिमी वैश्य हुन्छौ । तर त्यो ध्यानलाई संकल्पमा लगायौ भने तत्क्षण क्षत्रीय हुन्छौ । र यदि त्यहि ध्यान समर्पणमा डुबायौ भने तिमी ब्राह्मण हुन्छौ ।
ध्यान चावी हो । चाहे जे बने पनि, ध्यान चावी हो । शुद्रसँग पनि एक प्रकारको ध्यान हुन्छ । उस्ले सारा ध्यान शरिरमा ल्याएको हुन्छ । दिनभरी घण्टौं एेना अगाडि कपाल मिलाउने, कपडा स्याहार्ने, श्रृंगार गर्ने व्यक्ती शुद्र नै हो । जुन समय एेना सामु बित्यो त्यो समय शुद्रतामा बित्यो । यो सारा पल ध्यान केवल शरिरमा नै गएको थियो, अब बाटोमा हिंड्दा पनि ध्यान शरिरमा नै गईरहेको हुन्छ । अब अन्य बाटोमा हिंड्नेलाई पनि हेर्दा शरिरको नै ध्यान भइरहेको हुन्छ । त्यो शुद्र नजरले अन्य केहि देख्न सक्दैन । जस्ले आफ्नो शरिरको श्रृंगार र तयारीमा घण्टौं बिताएको हुन्छ उस्ले बहिर हिंड्दा पनि अन्यको शरिर नै हेर्दछ ।
जो व्यक्ती बसीबसी एक ठूलो घरको सपना देख्छ, राम्रो महंगो कार, बैंकमा धेरै धन संचय कसरी गरुँ भन्ने मात्र सोचिरहन्छ भने उ वैश्यमा ध्यान लगाइरहेको छ । सुस्त सुस्त ध्यान त्यहि नै अडिइरहन्छ । रेडियोमा लगातार धेरै समय एकै स्टेशन सुनिरहने गर्दा रेडियोको सुई त्यहि नै अड्किन्छ, जड भएर जान्छ । एकै रेडियो सुनिरहँदा यस्तो स्थिती आउँछ कि अर्को रेडियो सुन्न चाहे पनि रेडियोले अर्कोे स्टेशन पक्रिनै सक्दैन । किनकि हामी जे चिजको उपयोग गर्छौं त्यो जीवित रहन्छ । र अनुपयोगी बस्तु मरेर जान्छ ।
त्यसैले कैलेकाहिँ जब शुद्र भावबाट छुट्ने अबसर मिल्दा छुट्ने प्रयास गर्नु । वैश्यबाट छुट्ने अवसर मिल्दा छुट्ने प्रयास गर्नु । जब अबसर मिल्छ र सम्भव हुन्छ तव थोरै समयको लागि पनि क्षत्रीय हुने प्रयास गर्नु र संकल्पलाई जगाउनु । र कैले काहिँ मौका मिल्दा, चित्त प्रसन्न हुँदा, प्रमुदित अवस्थामा, प्रफुल्लित भएको बेला केहि क्षणका लागि पनि ब्राह्मण हुनु । सब समर्पित गरिदिनु । पृथ्वीमा लम्पसार भएर पल्टिनु, मनौं माटो नै भैगए जस्तै, या माटोमा नै मिलिगए जस्तो, एक भए जस्तो । झुक्नु सूर्यको अघि या कोई वृक्षको अघि । समर्पणको मूल्य ठूलो छ, अमूल्य छ झुकाई, कहाँ, के को सामु झुक्ने भन्ने कुरा गौण हो, त्यसको कुनै महत्व छैन, तर त्यो झुकाईमा थोरै नै समयको लागि भएपनि ब्रह्म को अविर्भाव हुन्छ ।
यसरी सुस्त सुस्त, अनुभूति बढ्दै जाओस्, त्यसो भएमा हर व्यक्ति अंततः मर्ने समय ब्राह्मण भएर विदा हुन्छ ।
जन्म त शुद्रकै रुपमा भएको छ, ध्यान राख्नु , मृत्युकोे समयमा नै भए पनि कमसेकम ब्राह्मण भएर जानु तर त्यत्ति सजिलो छ भन्ने चाहिँ नसोच्नु ।
धेरै जना सोच्ने गर्छन् कि अन्तिम समयमा होउँला । जस्ले जीवन भर अभ्यास गरेन, उस्ले मृत्युको समय रेडियो नियाल्ने त छ तर स्टेशन लाग्ने भने छैन । थाहा नै हुने छैन कि कहाँ कुन ठाउँबाट रेडियो लाग्नेछ । र मृत्यु यति अचानक आउँछ कि केहि गर्ने अवसर नै मिल्ने छैन, न पहिले देखि नै म आउँदैछु भन्ने सन्देश नै आउँछ । अचानक आउँछ र आयो भन्दाभन्दै गई पनि सक्छ । तिमी गलत छौ । जीवन भर अरु नै कुरा को मात्र याद भएको छ भने, त्यसैको नै याद आउने छ ।
त्यसैले तयारी गर्दैरहनुु, आफूलाई साध्दै गर्नु, आफ्नो स्व-सत्ताको स्याहार गर्नु । जब सम्भव हुन्छ, ब्राह्मण हुने मजा लिनु । त्योभन्दा अर्को कुनै मजा छैन । त्यहि नै आनन्दको चरम सिमा परमानन्द हो ।
ओशो
भावाअनुवाद - सुवास अगम
यस धम्मो सनन्तनो प्रवचन श्रृखला नं १२ बाट
Wednesday, 26 August 2015
Vasudhaiva Kutumbakam "the world is one family"
It was a pleasant sunny morning in Denmark , on 1st September the first assembly of our diploma college was about to start , we were given a book and was told to see a page where there was a song called "Imagine" written / composed & performed by John Lennon , when the whole college was singing including teachers , staffs & students each verse of that song broke me out , each word thrilled me so much that my eye burst into tears and wont stop until the song was finished , that day September 1st was my birth day too and actually that song gave a birth to a new man in me , since then i was no more that Suvas who heard that song , something new was born on me .
Gradually , a mean patriotic in me died and a world-being came out of the cocone of my conditioning that was given to me by society and so called education , till that date I always had a feeling to become a great musical maestro in Nepali musical scene , but now onward I started composing music for all the being in universe . I just think some time just by listening a song one can change the whole prospective to see life I wounder what kind of impact does the negative news and stories going on around the society makes in our children and grownups too !
In our part of world many of the SEERS who were said RISHIS , were a spiritual scientists , sociologists and researchers who saw that we will go no further by spreading the poison of a nationality or patriotism so being open-minded they said :
Pic:Google.com
वसुधैव कुटुम्बकम
Vasudhaiva Kutumbakam
"the world is one
family".
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
Om Sarve Bhavantu Sukhinah
Sarve Santu Nir-Aamayaah |
Sarve Bhadraanni Pashyantu
Maa Kashcid-Duhkha-Bhaag-Bhavet |
Om Shaantih Shaantih Shaantih ||
1: Om, May All become Happy,
2: May All be Free from Illness.
3: May All See what is Auspicious,
4: May no one Suffer.
5: Om Peace, Peace, Peace.
Bhavatu sabba mangalam - rakkhantu sabba devatâ
May there be all the auspices, may all the deities protect me/you;
Sabba Buddhanu bhâvena - sadâ sotthi bhavantu me
By the power of all the Buddhas, may there be blessing to me/you
Sabba Buddhanu bhâvena - sadâ sotthi bhavantu me
By the power of all the Buddhas, may there be blessing to me/you
Great Master Osho says " you need a great courage to say so , as these verse say , you need to think and live life in very different manner to be such a compassionate to all the being in this existence , people may say that the one who can't fight only talks about forgiveness and peace , but actually fight and war is the instrument of distressed and afraid man , a contented and relaxed man would never fear rather out of fearlessness he will share love and compassion , and will promote peace because that's the ultimate path"
It is no new news that all the inventions made in west today was already explored in East before the civilization started in west , and all of those discoveries were made just by seeing the pattern of breath going in and out of our body Called PRANAYAMA , and knowing all the mystery of world they never claimed for Novel Prizes or any PhD , rather lived in isolation in jungles with few disciples teaching that knowledge to pass it through the generation .
They know the formula of missiles , warfare and instruments to make connection with peoples far far away , they know the science of broadcasting live events and many more , but they also know that this science & politics will lead civilization no more further rather will destroy the human clan . So they always lived with Dharma / Nature and in co-existence with society , politics & technology .
The use of technology today & the social system have brought us to the verge of our destruction , today it is the time to ask our-self that , Are we in the right path ? Are we the 1st being in this existence to explore all this knowledge or there were other beings too who possessed the same knowledge or went more further . Its time to learn that we should rather live in harmony with nature or we extinct out of this existence . But being a fool , stupid and slave of politics & technology we are crawling around like a coward.
We need to understand that we are being used by the politicians all these years to fulfill their dirty needs and they always make people the token of dice , so it is very important to make a decision on your own , by using your wisdom .
© Art by : R K Thapa
It is not healthy at all to blame any one else for what have happened , better lets be optimist towards the situation , we can be compassionate to those politicians that how hard they are trying to make it work , and instead of blaming them lets prey for them and for our society that every thing is going to be all right at end and if still something is wrong then that's must not be end .
Today Nepal and Nepali are working for making a better constitution , but in the name of race and cast all are fighting , in this contest I will suggest all to rise above our small boundaries of thought and rise up and see the world as one family , millions of year before the RISHIS said that " the world is one family " and living in this very day we are fighting ? what have happened to us ? I was surprised by listening the song of John Lennon which was written 1971 AD where he imagined to make one world with no boundaries and positions and here we are fighting for a small village , I am more surprised when I see educated youths also being involved in politicians lead stupid and wrong projects .
lets open our eye and see beyond the borders , the border and all which exists within our mind. Because
" We can handle tons and ton of love and compassion but a small bit of hatred also is so heavy to bear."
It leads us and our whole society to far far away . We go on saying that Buddha was born in Nepal , I don't see the meaning of saying so when we have no idea about the compassion that he tough to us . I am afraid today when my people fight in the name of Cast & Race, Let's Share Love instead of hatred and transform our hatred to love and creativity. You may think that you are alone , but small small drop of water makes the ocean and these tiny drops off love and compassion with clean the air we breath and slowly the whole existence with rejoice and dance with us and the world will be one with unwritten law and constitution .
With Healing Love Light & Peace
Suvas Agam
Labels:
Compassion,
Gratitude,
Love,
New Agee Music,
One World,
Osho,
Positive Vibe,
Spirituality,
Universe,
Yoga
Location:
Putalisadak, Kathmandu 44600, Nepal
Subscribe to:
Posts (Atom)
What you seek is seeking you: Rumi
Loading...
Cha ke ke lukeko sajal ti nayan maa
Creativity is the greatest rebellion in existence : Osho
Loading...





