Saturday, 16 February 2019
तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न
कावासोतिमा तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न भयको छ । हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजना तथा अन्य संघ संस्थाको सह आयोजनामा सो सम्मेलन सम्पन्न भयको हो ।
कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव १०० युवा सहभागी रहेको आयोजक संस्था वातावरण जन जागरण बिकास मञ्च का अध्यक्ष सुधन लम्सालले बताउनु भयो ।
युवाहरुमा सकरात्मक सोच ल्याई घर , समाज र राष्ट्र प्रति उत्तरदायित्व बनाउने तथा नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि बिषयहरु भित्र रहेर सम्मेलनमा विशेष बहस भयको आयोजक संस्था हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीले बताउनु भएको छ ।
हरियाली संस्था का अध्यक्ष एल० एन० दवाडी को सभापतित्वमा र जिल्ला शिक्षा ईकाई प्रमुख कृष्ण चन्द् पोखरेल रहनुभयको थियो कार्यक्रममा बोल्दै पोखरेलले हरेक स्थानीय तहले अब युबाहरुलाई सहि सहभागिता गराउनु पर्ने कुरामा जोड दिनुभयो । विभिन्न कार्य गरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहेको साथै दिगो बिकास, उद्दमसिलता, बिश्व सरसफाई दिबस लगायतका बिषयमा पनि सहभागी युवा बिच छफलफ हुने भयको थियो ।
Subscribe to:
Post Comments (Atom)
What you seek is seeking you: Rumi
Loading...
Cha ke ke lukeko sajal ti nayan maa
Creativity is the greatest rebellion in existence : Osho
Loading...
No comments:
Post a Comment