Monday, 1 February 2016

“रमेश हरिलठ्ठक अनि गायक र लेखक सहश्रृजनका कुुरा”



यहि माघको १० गते पुर्णिमाको दिन जब मलाई अनुराग साहित्य समाजका निर्मल जी अनि पछि दिप मिलन जी ले दुबईबाट रमेश स्मृति पुरस्कार मलाई दिने घोषणा गर्नुभो म अवाक अनि बिस्मृत भए र संगै हर्षको पनि महशुष भयो कि आफूले धेरै नजीक बाट सानो समयमा चिनेर घनिष्ट भएको एक प्रतिभाको नाममा पुरस्कार पाउनु साच्चै सारै सुरिलो कुरा भयो ।
नेपाली सन्दर्भमा गायक नारायण गोपाल, चित्रकार मनुज बाबु मिश्र र गीतकार कालि प्रसाद या रत्न शम्शेर आदिको सम्बन्ध या भारत का लेखक गुल्जार र जगजीत सिंङ्ग, संगीतकार आर. डि. वर्मन र गायिका आशा भोष्लेको सम्बन्ध यी सबै सम्बन्धले गर्दा यो युगले माहान श्रीजना पायो माहान तत्व पायो जुन तत्व प्राप्त गर्न यो युगले धेरै पर्खेको थियो होला । जब रमेश हरिलठ्ठक सँग मेरो प्रथम भेट भो हामी बिच पनि कुराको मुल विषय नै यहि बन्यो कि कसरि हामी पनि आजको समयमा फेरि त्यस्तो श्रीजना रच्ने माहौल तयार गरौ । आज केहि हद सम्म नेपाली संगीत जगतमा त्यस्तो सुरुवात भएको देखिन्छ र यो परम्परा अलि ठुलो परिमाणमा हुने हो भने अवश्य पनि केहि सुन्दर हुने थियो । आज म पनि मेरा दुई प्यारा लेखक प्रेम शान्तम र घनश्याम न्योपाने सँग पनि त्यसै गर्ने जमर्को गर्दै छु । 
जब लेखकले गायकको गायन शैलि र प्रबृति बुझ्दछ अनि गायकले पनि लेखकको मर्म बुझ्दछ अनि जन्मन्छन कालजयी गीत चाहे त्यो राष्टकवि माधव प्र. घिमिरे र नारायण गोपालको “आजै र राति के देखे सपना” होश या कालि प्र. रिजाल र राम कृष्ण ढकालको “बिहान उठ्ने बित्तिकै” होस । र अर्को तर्फ गायकले लेखक लाई र लेखकले गायकलाई बाटो देखाउनु पनि पर्दछ जस्ले गर्दा नयाँ कुरा र विचारका कारण सर्जक स्वयंले बिचार नगरेका कुरा पनि श्रीजनामा आउने अवसर होस । 
रमेश जी र मेरो बिच मात्र ३ या ४ भेट भयो होला र हरेक भेट एक श्रृजनात्मक भेट भयो म आज पनि त्यस्तै जुझारु सर्जकको खोजि गरिरहे छु जो म र मेरो श्रृजना प्रबृत्ति बुझ्ने होस । दिप मिलन जी ले जब रमेश जी का अप्रकाशित गजलको संगालो प्रकाशनको सोच बनाउनुभो तब मैले पनि निम्तो पाए त्ये पुस्तकमा रमेशका निम्ती केहि लेख्ने याँहा अव त्यहि मेरो सानो शुभकामना आलेख प्रस्तुत गर्न चाहान्छु ।

       रमेश ! कोहि रहने छैनन्, तर हाम्रा श्रृजना रहिरहने छन्

रमेश हरिलठ्ठक यो अचम्म लाग्दो नाम धेरै पल्ट रेडियोमा सुनेको थिए, हाम्रो गाऊ चिसापानिमा, नवलपरासि वरिपरिका रेडियो स्टेशनरु राति ९( १० बजे तिरको समयमा गजलमय हुदै थिए, यी रत्रिकालिन कार्यक्रमसंगै म पनि गजल बिधा, गजल गायनतिर लहसिदै थिए । त्यहि ताका २०६० साल कार्तिक १ गते, चिसापानि दिब्य ज्योति क्याम्पसमा पत्रकार द्धय मोहन बस्याल र कृष्ण ढकालको संयोजनमा भएको गजल लेखन प्रशिक्षणबाट डा.घनश्याम न्योपाने सरको प्रोत्साहानले त्यहि नै दिन जीवनमै पहिलो पल्ट गजल गाएको थिए र त्यहिनै दिन भेटेको हुँ यो अचम्म लाग्दो नाम भएको मान्छे रमेश हरिलठ्ठक लाई । पछि दोस्रो पल्ट परासिमा र तेस्रो पल्ट बुटवलको “गजलसागर”  को रचना बाचनमा भेट भयो र त्यहि रात हामि सँगै साथिकोमा बस्यौ ।
त्यो रातभर गजलकैकुरा भए, भारतमा गुल्जार(जगजितको जस्तै लेखक र संतिज्ञको सहसृजन, गजल मात्रै सृजन गर्ने संगितज्ञ र साहित्यमा चुर्लुम्म डुब्ने लेखक भए गजल, गजल जस्तै बन्ने कुरामा वाहाँको जोड थियो, वाहाँमा गायनको राम्रो बुझाई देख्दा म अचम्म परेको थिए । मेरो गुरु ओशो भन्नुहुन्छ “श्रृजना पढ्नु तर सर्जक नभेट्नु, निकै कम हुन्छन जो श्रृजना जस्तै जिउछन” म आल्हादित थिए त्यो रमेश श्रृजना जस्तै पाउदा र केहि गजल गाउनको लागी पनि रोेजे, पछि वाहाँको अर्को संग्रह “जिन्दगीको काहानिमा” को बिमोचनमा शिर्ष गजल गाउदा खुसि थियो वाहाँको अनुहार, पछि मेरो एकल गायन र काठमाडौका मञ्चहरुमा “मलाई ताक्छ तिम्रो नयन”, “रिसाउन फेरि अव देउरालिमा आउदिन म” खुब मन पराइयो र धेरै बज्यो रेडियो का गजल कार्यक्रममा पनि । त्यस पछि भने हाम्रो ससरिर भेट भएन केवल वाहाको परिवार सँग वाहाकै घरको आगनमा केहि गजल, सजल गुन्गुनाएको थिए । अचेल पनि हाम्रो भेट भैरहन्छ वाहाका श्रृजनाहरुमा । 
हाम्रो छोटो नै परिचय हो तर सौभाग्यले गाउने कला जन्मसिद्ध उपाहार पाए र नै खुबै जम्यो हाम्रो सानो मुटुको कुनामा यो सानो संगित संबन्ध । सम्बन्ध गजलको हो, छ र रहिरहनेछ वाहाले छोडेका गजल गाईरहने छु, म पनि रहने छैन रमेश ! कोहि रहने छैनन्, तर हाम्रा श्रृजना रहिरहने छन्,  
“म शितको थोपा सरि झरि जान्छु एक दिन
अमर् छैन तिमी जस्तो मरि जान्छु एक दिन”
सरिर त्यग पश्चात नै सम्मन हुने याहा, वाहा उहिले पनि मन पराईनुहुन्थ्यो र मन परिरहनुहुने छ । वाहाको संझना गाढा गराउन यि वाहाका अप्रकाशित श्रृजना अगाडि ल्याउने सु(कर्ममा जुटेका हात हरुलाई मेरो साधुवाद । अस्तु 
सुवास अगम
पुतलिसडक काठमाण्डौ
२०७१ पौष १३


यो कुरा संगै म आवाहान गर्न चाहान्छु सबै लेखक बृन्दमा कि कोहि संगीतज्ञको निरन्तर संगत गरौ र संगीतज्ञहरुले पनि लेखकको संगत गरो जस्ले गदा कस्ता शब्द गाउन मिल्ने हुन्छ अनि के कुरा हो त्योे संगीतज्ञ ले खाज्दछ एक श्रृजनामा र संगीतज्ञले पनि लेखक को कुन भावलाई संगीत श्रृजनामा मुखरित गर्ने भन्ने बुझने अवसर मिल्ने छ । कैले सम्म ति दिन राम्रा थिए भनेर ईतिहासका कुरा गर्ने अब हामी आजका युवाले नै नयाँ संगीतको धरोहर बनाउनु छ । सुनौलो संगीतका दिनको स्वप्न साकार पार्ने संकल्प सहित बिदा हुन्छु ।अस्तु  
सुवास अगम
पुतलिसडक काठमाण्डौ
२०७२ माघ १८

No comments:

Post a Comment

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion