Showing posts with label Nakabandi. Show all posts
Showing posts with label Nakabandi. Show all posts

Sunday, 8 November 2015

शिक्षीत परजिवी वर्ग, अशिक्षित आत्मनिर्भर किसान र नाका बन्दी


मेरो गाउँ भर्खर भर्खर सरकारी लहै लहैमा परेर नगरपालीका घोषित भएको छ । चुरे पर्वतको काखमा अवस्थित मेरो गाउँ बर्दघाट चिसापानी, दाउन्ने मन्दिर सिरमा सजाएको दाउन्ने डाँडाले पूर्व देखी उत्तर हँुदै पश्चिम सम्म नै काख लिन खोजे जस्तो देखिन्छ । म सानो छँदा उत्तर तिर अवस्थित चुुरे पर्वतमा करिव एक डेढ घण्टा उकालो उक्लेपछी आउने सानो गाँउ “बियारी” जाने गथ्र्यौँ । एक डेढ घण्टाको हिडाइको दुरीमा रहेको तराइको मेरो गर्मी गाँउ वाट यहाँ उक्लिदा अचानक हिमाल लाइ छोएर आउने चिसो हावाले धेरै पर कतै हिमालमै गए सरहको चिसो र जाडो नै महशुस हुन्थ्यो । जंगलमा दाउरा खोज्न तामा बनाउन, बाँसका मुना खोज्न, कुचो बनाउने अम्रिसो र थाकल खोज्न, जंगली आँप र केरा खोज्न अनि मणि मुकुन्द सेनको पालाको इनार र गुफा हेर्न बेलाबखत उता उक्लिएको थिए । यस पाली धेरै समय पश्चात फेरी त्यो डाँडा उक्लेर त्यो विहारी गाँउ हेर्न जाने मेसो मिल्यो । यो मेसो भने २०७२ सालको ऐतिहासीक नेपाली संविधान घोषणा पश्चात घोषणा नै नगरी भएको नाकाबन्दी र दशैँ तिहार विदाले जुरायो । 

यो समय रेडियो, टिभी, चिया पसल र चोक बजारमा यहि नाका बन्दिकै चर्चा चलिरहेछ । मेरो अधबैसे–आधुनीक गाँउ बर्दघाटका सवै जसो घरमा खाना पकाउने ग्यास सकिएको अवस्था छ, जग्गाको कारोवारले एक थोपा पसिना नचुहाइ हवाइ गफका आधारमा करोड पति भएर कार किन्ने पटमूर्ख तथाकथित धनी वर्गको कारमा पेट्रोल र डिजल नभएर कोहि थन्किएका छन भने कोही मिलावट यूक्त तेलका कारण इन्जिन विग्रीएर थन्किएका छन्, कर्म द्वारा नभइ पैसा द्वारा इज्जत कमाएका हरु इज्जत धानिदिने गाडी चढेन नपाएर पैदल हिड्नु पदाए वेखुस देखिन्छन, भारत वाट आफ्नो राष्ट्रलाइ कर नतिरी अवैध सामान ल्याएर साहू वनेकाहरु अचेल दाह्रि कन्याउदै फेसवुकमा स्टाटस अपडेट गर्दै वसि रहेका छन, प्लस टु पास गरी विदेश जाने वखत पर्खिरहेकाहरु अचेल निशुल्क वाइफाइ जोन र अड्डाहरुमा वसी विदेश पुगेर भाँडा माझीरहेका साथीहरुको बाहिर पार्कमा खिचिएका सुकिला तस्विरमा आफ्ना सपना सुकाउदै छन फेसवुकका भित्ताहरुमा, चिया पसलमा मेरा गाउँका नेता वन्न नसकेका यता न उता कम्रेडहरु देशका भविष्य कुन दिशामा जाला आकलन गरिरहेका छन्, शिक्षित स्कुले शिक्षक र वेरोजगारहरु यो देशमा केहि हुन सक्दैन भनेर जीवनका तानावहरु भट्टि पसलहरुमा एक पाउ रक्सि र हरिया खुर्सानी संगै पोखिरहेछन् अनि सरकारी जागीरेहरु देशमा जे भएपनी सरकारी तलव र पेन्सनको सुनिश्चितता संगै घाम ताप्दै गोरखा पत्र संगै समय काटिरहेछन । यस्तै छ मेरो तथाकथित नगरपालिकाको कथा र म पनि यिनै झुण्ड मध्ये कहिले कता कहिले कता भेटिइन्छु सायद ।
देश नाका बन्दिको नाके रसीमा बाँधिएर आत्तिएको अवस्थामा धेरै नेपालीहरु साँच्चै निकै गाह्रोमा छन् र यस्तो अवस्थामा यहि देश भित्रको एउटा सानो पहाडी गाउँ “बियारी” भने शान्त देखेँ गोठालाहरु रुखको हाँगामा बाँसुरी वजाउदै बाख्रा चराउँदै थिए, किसानहरु खेतमा खनि खोस्री गर्दै पसिना र हाँसो साट्दै थिए, छेवैँको खोल्सामा कंचन पानी वगीरहेको थियो, दुइ वाली चैते र वर्षे धान उब्जिने यो ठाँउमा अचेल त सुन्तला र कागतीको, नगदे वाली पनि सुरु भएछ ।

एक पल्ट “बियारी” घुम्दै जाँदा एक धारीलो खरको मोटो डाँठले मेरो दाहिने हातको माझि औलामा काटेको थियो । त्यो घाउको दाग हेर्दै त्यहि खर भएको बारिमा अचेल फल्दै गरेको सुन्ताला बारी लहलह फलेको देख्दा हष लाग्यो । दिन भरी खेतमा ब्याट्रि बाट बज्ने रेडियो र मोबाइलमा गीत घन्काउदै काम गरेको देख्दा प्रबिधिलाइ दास बनाएर गाउमा स्वतन्त्र बिचरण गर्ने ति कृषक दाजु हरुको जीवन देख्दा डाहा लाग्यो । सिलिन्डर ग्यास नभएर खाना पकाउन गाह्रो भएका हामी तराइबासीहरु त्यहा भिर पाखामा डङलङ्ग पचेर ढलेका दाउराको खानिमा बस्ने त्यो गाँउका स्वाबलम्बि भान्सामा ग्यास र हिटरको अभाव छैन, दिन रात आगोमात्रै ताप्छु भने पनि प्रसस्त छ दाउरा । दाउरामा पाकेको रसिलो चोपिलो खाना खाएर हिमालको कंचन पानि कुलो बाट नै सिधै पिउन मिल्ने त्याहा क्लोरिन र फिल्टरको पनि जरुरि रहेन छ । सबै घरका छानामा साना साना टल्किने सोलार प्यानल सजिएका रहेछन् । त्याहा लोडसेडिङ्ग भन्ने कसैले सुनेको पनि रहेनछ, टुकिमै युगौं गुजारेको त्यो गाँउमा अझैपनि बिजुलि बत्तिको नाटक प्रवेस गरेको रहेनछ । टुकि बाट सोलार प्यानलमा प्रवेस गरेका गाउलेले पैसा नतिरीकन नै स्वच्छ पानि जो आउने र जाने डर बिना अविछिन्न बगिरहन्छ । संगै सौर्य उर्जाको उज्यालोमा ढकमक्क फूलिरहेको रहेछ । सबै घरमा गाइ बस्तु पनि रहेछन्, कुनै घरमा भने बाटो नै गनाउने गरि घरेलु रक्सिको गन्धले घर अघिसम्मनै झ्याम्म लाग्ने बासना आउदो रहेछ । त्याहा कोदो, फापर, गहु, धान, मकै, तोरि, सुन्ताला, कागति, बेसार, अदुावा, तामा आदि सबै बालीहरु बिना कुनै बिषादि फल्दा रहेछन् । त्याहाका एक जुझरु कृषक कृष्ण दाईलाई म बचपन देखि नै चिन्दछु, वहाँको घरमा आज पाहुनाको रुपमा बस्ने मेरो कार्यक्रम थियो र त्यहि गएर त्यो आस्चर्यलाग्दो परिकथा जस्तो गाँउको पहिलो दिनको यात्रा बिसाए । 
साँझमा त्यहि स्वच्छन्द बिचरण गरि ऐन्टिबायोटिक नखाइकन हुर्किएको भालेको मासु झोल र त्यहि उब्जेको आटो सँग साथीहरुले पेट भरि खाना खाए, म भने साकाहारि भएका कारण त्यहि उब्जेको बोडि र आलुको सब्जि खाए । तर त्याहाको लोकल छ्याङ भने थोरै चाख्न मन लाग्यो, र मीठो निन्द्रा सँगै सिरक भित्र दिन भरिको थकाइ बिसायौँ । 

  तराईका गाउमा जाडो याममा घाम देख्न असम्भव हुन्छ तर बिहारीमा घाम साह्रै मीठो लाग्ने गर्छ, बिहान त्यै कृष्ण दाइकै घरको गाईको दुधले बनेको मीठो चिया बिस्तारामै आइपुग्यो र आँखा मिच्दै घर छेउमा बगेको चीसो पानिले मुख धुँदा आंगनै सीरिङ्ग हुने गरि चीसो भयो र ताजगी पनि आयो । त्यो पाहाडी चियाको म बयान गर्न नै सक्दिन । चिया पछि कृष्ण दाइको सुन्तला बगान पनि हेर्ने अबसर मिल्यो । त्याहा गहु पिस्न र धान कुट्न पानिघट्ट रहेछन जस्लाइ पानिले नै चल्दछ र कुनै बिजुलि चाहिदैन । मात्र नुन र कपडा रहेछ त्याहा नपाइने चिज जुन बर्दघाट बजार सम्म आफ्ना सामान बेच्न आउदा किन्दा रहेछन त्याहाका बासिन्दा, खाना खाएर त्यो मणि मुकुन्द सेनको पालाको इनार र गुफा हेरेर आरामले ओरालो लाग्ने मात्र कार्यक्रम बाकी थियो ।

न ग्यासको खाचो, न लोडसेडिङ्ग, न प्रदुषण, न पानिको अभाव, न डिजल पेट्रोलको आवश्यकता त्यो सब देखेर डाँडाको एक थुम्कोमा उभिएर तलतिर हेर्दै म बिचार गरिरहेथेँ कि तराईमा बसेर, कलेज पढेर, देश दुनिया बुझेका हामी परजीवी पठीत, शिक्षीत निरीह प्राणि भन्दा एक कक्ष नपढेका आत्म निर्भर किशानलाई मेरो मनले माहान देखीरहेको थियो, जान्ने सुन्ने भएर देशलाई बिदेशिको गुलाम बनाउन खोज्ने पापीष्ट नेता भन्दा घरमा रक्सि पारेर दुई छाकका लागी श्रम गर्ने ति सरल ठान बाहादुर मगर दाइ माहान देखीरहेथ्यो मेरो आखा, कामुकतामा चुर्लुम्म डुबेर शरिर केन्द्रित गीत सृजना गर्ने कूकलाकार भन्दा स्रोता बिहीन, रुखको हँगामा भेडा बाख्रा, रुख पात , खोला का लागी गीत गाउने साईली दीदी र बासुरि वजाउने माइला दाइ माहान कलाकार भनीरहन्थो मेरो आत्मा, पढेर लेखेर मल्टिइन्र्टनेशनल कम्पनिका सि.ए. र म्यानेजर बन्न सुगा रटाई गरेर पढेका आत्म बिहीन शिक्षीत बर्ग भन्दा बिषदि रहीत कृषि गरेर चराचर सँग मेल र सँगतमा बसेर जगलाइ स्वस्थ खाध्यान्न बितरण गर्ने कृष्ण र बेदु दाइ माहान देखीरहेथ्यो मेरो मन, एक रोगमा अर्को रोगको र आवस्यक भन्दा बढी डोजका ओषधि दीने र आफ्नो फाईदा र कमिशनका लागी औषधि सीफारिस गर्ने ह्रदय बीहीन डाक्टर भन्दा अशिक्षित प्रेमै प्रेमले भरिएका सद्भाव बाड्ने बद्रि बाजेनै माहान देख्थ्यो मेरो मन ।


हामी शिक्षीत त छौ तर पाखण्डी बनाउदै छ यो शिक्षाले हामीलाई, आधुनिक त छौ तर परनीर्भर, परजीवी विज्ञानका दाश बनाउदै छ यो आधुनिकताले हामीलाई । प्रबिधीको नाममा संस्कार र हाम्रा बैज्ञानिक परम्परा बिर्सिरहेका छौ । प्रकृति बाट टाढा टाढा पुगेका छौ । सुख भोग्ने नाममा हामीले मिहिनेत, कर्म र पसिना बिर्सिरहेका छौ । आब हामीले प्रविधीलाई सम्यक प्रयोग गर्न सके प्रबिधी साथी बन्न पनि सक्छ र हाम्रा प्राकृतिक ध्येय पुरा गर्न बरु धेरै सहयोग पनि गर्छ । भनिन्छ रात जति गाढा हुन्छ त्यत्ति नै सुनौलो बिहानीहुने संभावना बढेर जान्छ । अब हामीले त हाम्रा आदिम सभ्य संस्कारका पछाडि रहेको बैज्ञानिकताको खोज गर्नु जरुरि छ । हामीसँग रहेका उपलब्ध प्रबिधी र श्रोतको सक्दो प्रयोग,चिरस्थायी दिंगो बिकाशको बढावा र बैकल्पिक उजा, बैकल्पिक प्रबिधि र बैकल्पिक जीवनशैलिको परिचय र ज्ञान गाँउ गाँउ, सहर बजार र चोक गल्लिहरुमा दिनु जरुरि छ । अब अरु कुनैै नाकाबन्दिले मेरो देश अलिकती पनि बिचलित हुन नपर्ने दिन आओस, घरमै फलेको फल फूल, साग सब्जि खान पाईयोस, बिजुलीले देश झलमल बलोस, देशका युवा सगरमाथाको काखमा लुटुपुटु गर्दैै आमाले पकाएको खाएर दिन भर काम गरि साझ आराम ले घरै आएर शान्तिले निदाउन पाउन, बुद्धझै ध्यनि बनी हाम्रा सगरमाथा, हाम्रा संस्कृतिका हाम्रा नदि, पाहाड पर्वत, तराईका गीत गाउन बिदेश जाउ । सबैलाई प्रेम बाड्न पाउ । खान पुगोस दिन पुगोस । सबको जय र मंगल होस । 
अस्तु
सुवास अगम
www.suvasagam.com

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion