Thursday, 21 February 2019

Interview of Suvas Agam, Suraj Nepal & Laxmi Dangol at Kashtamandap TV |...

हिजो मात्र काश्टमन्डप टेलिभिजनमा प्रसारित सुफी संगीत र गजलका सम्बन्ध मा
प्रसार भएको हाम्रो समुहको अन्तर्वाता अब मेरो YouTube Channel मा उपलब्ध छ
हेर्न भ्याउनु भएको छैन भने हेर्नुहोला नि है ।
धन्न्यबाद 

Saturday, 16 February 2019

तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न



कावासोतिमा तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न भयको छ । हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजना तथा अन्य संघ संस्थाको सह आयोजनामा सो सम्मेलन सम्पन्न भयको हो ।

कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव १०० युवा सहभागी रहेको  आयोजक संस्था वातावरण जन जागरण बिकास मञ्च का अध्यक्ष सुधन लम्सालले बताउनु भयो ।


युवाहरुमा सकरात्मक सोच ल्याई घर , समाज र राष्ट्र प्रति उत्तरदायित्व बनाउने तथा नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि बिषयहरु भित्र रहेर सम्मेलनमा विशेष बहस भयको आयोजक संस्था हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीले बताउनु भएको छ ।

हरियाली संस्था का अध्यक्ष एल० एन० दवाडी को सभापतित्वमा र जिल्ला शिक्षा ईकाई प्रमुख कृष्ण चन्द् पोखरेल रहनुभयको थियो कार्यक्रममा बोल्दै पोखरेलले हरेक स्थानीय तहले अब युबाहरुलाई सहि सहभागिता गराउनु पर्ने कुरामा जोड दिनुभयो । विभिन्न कार्य गरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहेको साथै दिगो बिकास, उद्दमसिलता, बिश्व सरसफाई दिबस लगायतका बिषयमा पनि सहभागी युवा बिच छफलफ हुने भयको थियो  ।

Thursday, 14 February 2019

आज प्रेम दिवस पारेर नायिका बर्षा र नायक संजोगको विवाह सम्पन्न , फोटो फिचर

कुनै दिन कुनै चलचित्रको पर्दामा अभिनय गर्नको लागि अडिसन दिन जादा भेट भएको यो जोडी आज प्रेम दिवसको दिन पारेर विवाह बन्धन मा जोडीएको छ । 

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस यसै प्रेमको उत्सब मनाइने दिन पारेर नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन । पारिवारिक जमघटबिच वर्षा र संजोगको बिवाह भएको छ । भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, सम्पूर्ण चलचित्रकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।

संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना ! 




What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion