Saturday, 16 February 2019
तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न
कावासोतिमा तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न भयको छ । हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजना तथा अन्य संघ संस्थाको सह आयोजनामा सो सम्मेलन सम्पन्न भयको हो ।
कावासोति स्थित होटल फुल मुन मा आयोजना हुने सम्मेलनमा नवलपुर क्षेत्रका करिव १०० युवा सहभागी रहेको आयोजक संस्था वातावरण जन जागरण बिकास मञ्च का अध्यक्ष सुधन लम्सालले बताउनु भयो ।
युवाहरुमा सकरात्मक सोच ल्याई घर , समाज र राष्ट्र प्रति उत्तरदायित्व बनाउने तथा नवलपुर जिल्लामा रहेका स्थानीय तहहरुमा युवाहरुको भुमिका, युवा सहभागिता आदि बिषयहरु भित्र रहेर सम्मेलनमा विशेष बहस भयको आयोजक संस्था हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीले बताउनु भएको छ ।
हरियाली संस्था का अध्यक्ष एल० एन० दवाडी को सभापतित्वमा र जिल्ला शिक्षा ईकाई प्रमुख कृष्ण चन्द् पोखरेल रहनुभयको थियो कार्यक्रममा बोल्दै पोखरेलले हरेक स्थानीय तहले अब युबाहरुलाई सहि सहभागिता गराउनु पर्ने कुरामा जोड दिनुभयो । विभिन्न कार्य गरि समाजमा पृथक पहिचान बनाउन सफल तथा असल युवाहरुको सम्मेलनमा उपस्थिति रहेको साथै दिगो बिकास, उद्दमसिलता, बिश्व सरसफाई दिबस लगायतका बिषयमा पनि सहभागी युवा बिच छफलफ हुने भयको थियो ।
Thursday, 14 February 2019
आज प्रेम दिवस पारेर नायिका बर्षा र नायक संजोगको विवाह सम्पन्न , फोटो फिचर
कुनै दिन कुनै चलचित्रको पर्दामा अभिनय गर्नको लागि अडिसन दिन जादा भेट भएको यो जोडी आज प्रेम दिवसको दिन पारेर विवाह बन्धन मा जोडीएको छ ।
आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस यसै प्रेमको उत्सब मनाइने दिन पारेर नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन । पारिवारिक जमघटबिच वर्षा र संजोगको बिवाह भएको छ । भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, सम्पूर्ण चलचित्रकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।
संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना !
आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस यसै प्रेमको उत्सब मनाइने दिन पारेर नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन । पारिवारिक जमघटबिच वर्षा र संजोगको बिवाह भएको छ । भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, सम्पूर्ण चलचित्रकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।
संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना !

Wednesday, 13 February 2019
"भ्यालेन्टाइन डे" वा "प्रेम दिवस" मा बाहिर बाट हेर्दा पश्चिमी खोल देखिए पनि यस भित्र वैदिक संस्कृतिको आत्मा निवास गर्दछ ।
सेन्ट
( साधु,
सन्त, योगी, धर्मगुरु) भ्यालेन्टाइनले इस्वी संवत् २६९ (तेस्रो शताब्दी) तिर इटालीको रोम शहरमा तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयको आज्ञा बिपरित खुला रुपमा प्रेमी हरुलाई विवाह गराएको र अनुशासनको दायराभित्र
हुने प्रेम र आकर्षणमा ईश्वर
पनि खुसी हुन्छन् भनी प्रेम गर्न सबैलाई आवहाँन गरेका कारण झुन्ड्याईएर मारिएको दिनको सम्झनामा आज १४ फेब्रुअरीको
दिनलाई संसार भरीनै प्रणय दिवस वा प्रेम दिवस
(अङ्ग्रेजी:
Valentine's Day) भनेर
उन्को सम्झनामा मनाउने गरिन्छ ।
रोमन
सम्राट् क्लाउडियस द्वितीयले सन्त भ्यालेन्टाइन लाई मार्नु मा माथि भनिएको
कारणहरु मात्र नभएर धेरै पत्र हरुमा कुरा लुकेर बसेको कुरा हिन्दू परम्परा र यूरोपियन समाजको
अध्ययन गरेका लेखक हरुको भनाइ छ । खासमा
आज सम्म पनि यूरोपमा विवाह त्यत्ती प्रचलनमा छैन । मेरा आफ्नै
हुप्रै यूरोपियन साथीहरुले विवाह नै नगरि बच्चा
जन्माएका छन र बच्चा
निकै ठुलो हुँदा सम्म पनि विवाह दर्ता गराएका हुँदैनन । निकै पछी
कागजी समस्या पर्ने हुन आए पछी मात्र
कोट मा गएर विवाह
दर्ता गराउने गर्छन् । आज यूरोप
र अमेरिकामा एक स्त्री या
पुरुष सँग मात्र सम्बन्ध भएको व्यक्ती भेट्न असम्भव हुन्छ । सबैजसो व्यक्ती
को कम्सेकम तीन या चार जाना
फरक व्यक्ती सँग बर्षौ "लिभ इन रिलेशनशिप" अर्थात सँगै
विवाह नगरि बसेको भेटिन्छ ।
पश्चिमी
समाज आज बिकासको चुलीमा
पुगेको भए पनि महिला
लाई आज सम्म पनि
बस्तुको रुपमा हेर्ने गरिन्छ । त्यसैले नै
पश्चिमबाट नै स्त्रीलाई बिज्ञापन,
चलचित्र र पोर्न वा
अस्लील चलचित्र बाट बस्तुको रुपमा प्रस्तुत गरिन्छ । इसाइ धर्माबलम्बीहरुको
बाइबलको पुरानो करारमा पनि स्त्रीको निर्माण पुरुषको निर्माण पस्चात पुरुषको करङ्गको हड्डी बाट गरिएको भनिएको छ। आदिम ग्रीकका
एथेनियन दार्शनीक प्लेटोले बाइस महिला सङ्ग सम्बन्ध राखेको कुरा आफ्नै लेखानीमा भनेका थिए । स्वीस दार्शनिक
रुसोले आफ्नो आत्मकथा मा लेखेका थिए
कि "जीवनभर एक मात्र महिलासँग
बस्न सम्भव नै छैन्, महिलामा
आत्मा नै हुँदैन, महिला
एक फर्निचर जस्तै हो, जब पुरानोले मन
अघाउँछ तब नयाँ ल्याइन्छ"
। ईशा मसिहका प्रमुख शिष्य सेन्ट पालका अनुसार स्त्रीको निमार्ण मूल योजनामा छँदै थिएन, यो ‘आफ्टर थट’ भएको हो अर्थात पछी
मात्र बिचार गरेर जोडीएको जस्तो हो । पादरी,
बिसप तथा क्लर्जी म्यानहरुलाई एक या एक
भन्दा बढी बेश्या र रखैल गोप्यरुपमा
राख्ने गरेको ईतिहास छ । यूरोपका
अनेकन चर्चमा आज सम्म पनि
पदरी वा माथिल्ला ओहदाका
गुरुहरु द्वारा सिष्या हरु बलात्कृत भएर मारिएको समाचार आउने गर्दछ । आफुले गरेको
पापको कन्फेसन अर्थात भूल सुधारका लागि माफि माग्न चर्च आउने महिला सँग सम्भोग गरेरमात्र पाप पखालिने भनेर बलात्कार गरेका थुप्रै कथाहरु जिबित छन । यसरी
तत्कालिन रोमन समाजमा पनि विवाह गरेर एक महिला वा
पुरुष सँग पुरा जीवन बस्नु भन्दा विवाह नै नगरि मन
नभरिउन्जेल एक सँग र
मन भरिएपछी अर्कै सँग सम्बन्ध जोड्ने परमपरा थियो जुन आज नेपालमा पनि
चल्न थालेको छ । यसरी
विवाह नै नगरि बस्न
चाहने युवा जमात जो खुला साडे
जसरी हिडिरहेको थियो ।
सन्त
भ्यालेन्टाइनले एकातिर समाजमा भएको विवाह प्रतीको उदासिनता र जङ्गली जनवर
जस्तो बेथितीपूर्ण यौन सम्बन्ध अर्को तर्फ चर्च भित्र नै गोप्य रुपमा
चलिरहेको डरलाग्दो र भद्दा यौन
बिक्रिती का कारण बैराग्य
बस उन्ले सनातन वैदिक ( हिन्दू ) ग्रन्थ अध्ययन गर्न थाले । वेद, उपनिसद,
पुराणको अध्ययन पश्चात जब उन्ले स्त्री
लाई देवी, जननी र परमात्माको अल्हादिनी
शक्तीको रुपमा वर्णन भएको देखे र राधा कृष्ण,
राम सीता, उमा महेश, लक्ष्मी नारायण, आदी युगल जोडी र उन्को अमर
प्रेम का गाथा पढे
अनी मात्र एक पत्नी सँगको
विवाह र प्रेमको महत्व
बुझेर सोही दिव्य परम्परा यूरोपियन समाजमा पनि चलाऊन का निम्ती तत्कालिन
समाज मा रहेको विवाह
बिरोधी शाही नियम र सामाजिक कुरिती
तोड्न का निम्ती अनुशासनको
दायराभित्र हुने प्रेम र विवाह मा
इश्वरको कृपा र आशिर्वाद हुने
भन्दै सबै लाई आफुले प्रेम गरेको मान्छे सँग दु:ख सुखका
सबै परिस्थितीमा साथ हुने र जीवन पर्यन्त
सँगै रहने कसम का साथ विवाह
गराउने आन्दोलन सुरु गरेका थिए ।
तर यो कुरा को के आधार छ त ?
जिसस क्राइस्ट को जीवनकालको बयान भएको बाइबलमा बार्ह वर्ष देखी उनन्तिस वर्ष सम्म को समय को कुनै पनि अभिलेख भेटिदैन । यो सत्र वर्षको समय उनी कहाँ थिए भन्ने सम्बन्धमा समस्थ अभिलेखहरु लाई मेटाईएको छ । किन भने अनेकौ अध्ययन र अन्वेषणबाट जिसस माहा भारत क्षेत्रमा आएर सनातन ( हिन्दू ) धर्म को अध्ययन गरेर ध्यान साधन गरेको र तिब्बत सम्म पुगेको ईतिहास भेटिएको छ । हाल भारतमा पर्ने लद्दाखका केही बौद्ध गुम्बामा अझै पनि जिसस आएर अध्ययन गरेक अनेकन प्रमाण सुरक्षित राखिएको छ । क्रुश मा जुनड्याईएर मरेको भनेर गुफा मा छोडिएका जिससलाई सुरक्षित रुपमा हाल भारत मा पर्ने कश्मिरमा आएर बसेर धेरै वर्ष पछी त्यही नै मरेका थिए । आज सम्म पनि त्यस स्थान मा जिससको लास गाडीएको स्थान सुरक्षित राखिएको छ ।
यसरी भारत बाट नै ध्यान र साधना सिकेर गएका उनन्तिस बर्सिय जिससले बल्ल बेथ्लेहम इजराइलमा गएर अध्यात्माको बिगुल फुकेका थिए । र भ्यालेन्टाइन डे १४ फर्बरी मा मनाउनु अघी "प्यागन" अर्थात प्रक्रितीको पूजा गर्ने सम्प्रदायले सो समय मा जनबरको बली दिएर सो जनवरको छाला ले महिला लाई पिट्ने चलन थियो । तेसो गर्दा महिलामा गर्व सम्बन्धी समस्या नहुने विश्वाश थियो । त्यो पर्व लाई पछी पोप जुलेसियसले त्यो पर्व लाई क्रिस्चीयन परमपरामा ढाल्न का लागि सो हि दिन लाई भ्यालेन्टाइन डे का रुप मा मनाउने प्रचलन चलाएका थिए । जे होस् त्यो क्रुर परम्परा लाई परिवर्तन गरेर प्रेम को लागि बलिदान भएका सन्त को नाम मा अर्को परम्परा सुरु गर्नु भने राम्रो काम थियो ।
यसरी हेर्दा सम्पूर्ण क्रिस्चीयन परमपरामा धेरै कुरा लुकाईएको र फेरिएको देखिन्छ । त्यसै कारण सन्त भ्यालेन्टाइनको कथामा पनि धेरै कुरा लुकाईएको थियो । सनातन ( हिन्दू ) परम्परा ले क्रिस्चीयन परमपरालाई नजितोस भनेर अनेकौ हिन्दू परम्परा सँग मेल खाने क्रिस्चीयन परमपरा लाई लुकाईएको थियो ।
तर यो कुरा को के आधार छ त ?
यसरी भारत बाट नै ध्यान र साधना सिकेर गएका उनन्तिस बर्सिय जिससले बल्ल बेथ्लेहम इजराइलमा गएर अध्यात्माको बिगुल फुकेका थिए । र भ्यालेन्टाइन डे १४ फर्बरी मा मनाउनु अघी "प्यागन" अर्थात प्रक्रितीको पूजा गर्ने सम्प्रदायले सो समय मा जनबरको बली दिएर सो जनवरको छाला ले महिला लाई पिट्ने चलन थियो । तेसो गर्दा महिलामा गर्व सम्बन्धी समस्या नहुने विश्वाश थियो । त्यो पर्व लाई पछी पोप जुलेसियसले त्यो पर्व लाई क्रिस्चीयन परमपरामा ढाल्न का लागि सो हि दिन लाई भ्यालेन्टाइन डे का रुप मा मनाउने प्रचलन चलाएका थिए । जे होस् त्यो क्रुर परम्परा लाई परिवर्तन गरेर प्रेम को लागि बलिदान भएका सन्त को नाम मा अर्को परम्परा सुरु गर्नु भने राम्रो काम थियो ।
यसरी हेर्दा सम्पूर्ण क्रिस्चीयन परमपरामा धेरै कुरा लुकाईएको र फेरिएको देखिन्छ । त्यसै कारण सन्त भ्यालेन्टाइनको कथामा पनि धेरै कुरा लुकाईएको थियो । सनातन ( हिन्दू ) परम्परा ले क्रिस्चीयन परमपरालाई नजितोस भनेर अनेकौ हिन्दू परम्परा सँग मेल खाने क्रिस्चीयन परमपरा लाई लुकाईएको थियो ।
यसरी
उनले सबैलाई एक पुरुष वा
एक स्त्रीसँग विवाह गर, उसैसँग सम्बन्ध राख र आफ्नो जीवनलाई
संयमित बनाऊ भनेर प्रोत्साहित गर्न थाले । सन्त भ्यालेन्टाइनले
यसरी हिन्दू परम्परा बाट प्रभावित भएर युवा जमात लाई यो नयाँ पाठ
पढाईरहेको र युवायुवतीका जोडीहरू
तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेर निषेधाज्ञा तोडेको देखेपछी आफ्नो जङ्गली परम्परा नै नष्ठ हुने
देखेर सन्त भ्यालेन्टाइनलाई मार्नका लागि जेल चलान गरेका थिए ।
सन्त
भ्यालेन्टाइन को जीवनका बारेमा
प्रचलित कथा :
भनिन्छ कि सम्राट् क्लाउडियस
द्वितीयले युवा प्रेम र विवाहतिर लागे
सैनिक सेवा प्रभावित हुने, त्यस्तै स्त्रीहरुले आफ्ना राज सेवक वा सैनिक पतीले
राज्यका सम्बन्धमा भनेका गोप्य सुचना बहिर निस्किन सक्ने डर देखे ।
त्यस्तै सम्राट ले एक अध्ययन
गराएका थिए जस्मा विवाहित भन्दा अविवाहित युवा बढी शक्तिशाली देखिएका थिए, सम्राट निकै महत्वाकांक्षी भएका कारण धेरै युद्ध गर्ने र युद्धमा जित्नका
निम्ती धेरै बलिया सैनिक जरुरी पर्ने हुँदा पनि विवाहमा बन्देज लगाएर सैनिकको बल र शक्ती
सन्चय गर्न चाहन्थे ।
यो
कुरा सन्त भ्यालेन्टाइन लाई भने सह्य थिएन त्यसैले उन्ले खुलेर सम्राट्को निर्णयको बिरोध गरे र यो निर्णय
धर्मविरोधी हो भनेर सबैलाई
सुचित गरे । उनको बुझाइ
थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर
पनि खुसी हुन्छन् । त्यसैले उनले
राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि
प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको
आरोपमा उनलाई ई. पू. २७०
को फेब्रुअरी १४ मा मृत्युदण्ड
दिने घोषणा गरिएको थियो । मृत्युदण्ड पर्खिएर
जेलमा बसिरहेका सन्त भ्यालेन्टाइन लाई उन्ले भर्खर मात्र विवाह गराएर उद्धार गरेका केही प्रेमी भक्तहरुले रातो गुलाभ लिएर धन्यवाद दिन आउने पनि गर्दथे । त्यसै जेलको
जेलर कि एक दृष्टिबिहिन छोरी पनि थीईन उन्ले पनि सन्त भ्यालेन्टाइन को चर्चा सुनेर
जेल आउने र उनी सँग
प्रेम र जीवनका बारेमा
कुरा गर्ने गर्दथिन । भनिन्छ सन्त
भ्यालेन्टाइन ले करुणा पुर्वक
ति युवतीको आँखा सुम्सुम्याएर प्रार्थाना गर्दा उन्ले आँखा देख्न थालएकी थिईन। त्यस पस्चात ति युवती र
सन्त भ्यालेन्टाइन दुबैले एक अर्का लाई
मनपराउन थालएका थिए । झुन्ड्याएर मार्नलानु
अघी सन्त भ्यालेन्टाइनले ति युवतीको नाममा
एक पत्र लेखेका थिए जुन पत्रको अन्तिम मा लेखिएको थियो
“Love from your Valentine” ।
विश्वास गरिन्छ कि उनले ती
महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डे का दिन
आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । आज
संसार भर युवा युवती
हरु यसरी नै पत्र लेख्ने
वा कार्डमा केही रसिला कबिता वा भावना पोखेर
प्रेम बाढ्ने गर्दछन ।
जे
होस् बुझ्नु पर्ने कुरा के छ भने
"Want to be my Valentine?" भनिरहदा
यो भनाइ कुनै समय भने के म सँग
बिहे गर्छौ ? भनेर बुझ्ने गरिन्थ्यो आज भने के
मेरो प्रेमिका बन्छौ ? भनेको भन्ने बुझिन्छ ।
जे
होस् एक सन्तको करुणा
र अध्ययन ले गर्दा आज
सारा संसार यो समय मा
प्रेम को नाम मा
केही क्षण भए पनि शान्त
हुन्छ, करुणा र प्रेम ले
भरिन्छ । हामीले भने
अस्ती भर्खर मात्र बसन्त आगमनको पुर्वसन्ध्यामा बसन्त पञ्चमी मनाइ सक्यौ । माता सरस्वती
लाई प्रर्थाना गरेर बसन्त आगमन को उत्साहमा रहेका
पुर्विय सन्स्कृतिका अनुयायी हामी सबैको जीवन मा पनि एक
साचो प्रेम को अवतरण होस्
। प्रेम मा बन्धन हुँदैन
प्रेम ले स्वतन्त्र बनाउछ
भन्नुहुन्छ सत्गुरु ओशो । यो प्रेम
दिवस र यो वसन्त
ऋतुले हजुर को जीवनमा पनि
प्रेम र करुणाको सितल
बर्षा होस् मेरो सुबेक्षा ।
अस्तु
सुवास
अगम ।
Labels:
About Valentine's Day,
Saint Valentine,
Valentine's Day,
भ्यालेन्टाइन डे,
सन्त भ्यालेन्टाइन,
सेन्ट भ्यालेन्टाइन
Location:
Kathmandu 44600, Nepal
Subscribe to:
Posts (Atom)
What you seek is seeking you: Rumi
Loading...
Cha ke ke lukeko sajal ti nayan maa
Creativity is the greatest rebellion in existence : Osho
Loading...






